अमेरिकि राष्ट्रपति डोनाल्ड ट्र्म्प अमेरिकामा रहेका झन्डै १ मिलियन अन डकुमेन्टेड(कागजबिहिन) इमिग्रेण्ट(प्रबासि)हरुलाइ अमेरिकाकाबाट सरसफाइ गर्न उद्दत छन अहिले। यि सबैलाइ डाँडा कटाउन त्यति सजिलो चाहि छैन र भन्दैछन अपराधमा सम्लग्न कागजबिहिनहरुमा उनका कर्के आखा लगाएका हुन भने पनि अन्तत्वगत्वा उनि कागजबिहिन १ मिलियनलाइ नै बिदावारि गर्न चाहन्छन अमेरिकाकाबाट।
नामै पनि डरलाग्दो आइस अर्थात इमिग्रेशन कस्टम इनफोर्समेन्ट प्रहरि खटीसकेका छन र धेरै नियुक्ति गरिने पनि छन कागजबिहिनहरुलाइ तह लगाउन।
हाम्रा नेपालि समुदाय पनि जोसङ्ग कागज छैन र कति सख्यामा छन त्यो चाहि अहिले नै ठोकुवा गरेर भन्न सकिने अबस्था पनि छैन तर ट्रम्पको लिला नरोकिए हाम्रा दाजुभाइ दिदिबहिनि, काका काकि र बा आमा उमेरका जो सङ्ग कागज छैन, जो अमेरिकि कानुनको आखामा अपराध गरेको ठहरिएका छन, उनिहरु पनि निशानामा पर्नेछन र मकै पिन्दा जाँतोमा घुन पनि पिसिने सम्भाबना प्रबल छ भने भयो। तलका केहि टिप्स जोसङ्ग कागज छैन, लेखिदिए मैले उनिहरुलाइ सहयोग पुग्ला नै पढिदिए भने।
१) कागज हुनेले प्रमाण कपि बोकेर साथै हिड्ने र साथसाथै राख्नेपनि।
२) ग्रिनकार्ड र नागरिकताको प्रतिलिपि साथै राख्नु किनभने यो आइसले ड्राइभर लाइसेन्स, आइ डी चेक गर्दैनन कानुनि कागज हेर्न सक्छन।
३) कागज नहुनेहरुले भरपर्दो वकिलको सम्पर्कमा रहि कानुनि कागजका अन्य उपायहरुको पहल गर्न सकियोस।
४) नहुने काम, कानुनले बर्जित गरेका काम, भाइलेशन हुने कुनै पनि काम, कानुनको नजरमा पर्ने कामबाट जोगिनु।
५) जाड, रक्सि खाएर होहल्ला गर्ने, काममा झगडा गर्ने, रोजगारदाता सङ्ग फाइट गर्ने काम कदापि नगर्नु।
६) पुराना ड्राइभर लाइसेन्स तर मिति गुज्रिसकेको, नबिकरण हुन नसकिने तर मुर्ख्याइ गरि गाडी चलाउने, ड्राइभिङ्ग भाइलेशन कदापि नगर्नु।
७) काममा, रोजगारमा काम साहु वा मेनेजरसङ्ग आत्मियता राखि काम गर्नु। साहुले चाहे भने बचाउन पनि सक्छ र उस्तै परे फसाइदिन पनि सक्छ। बडो होशियारि अपनाउनु काम गर्दा।
८) काम गर्दा नगदमा काम पाउने ठाउ र काम साहु पत्ता लगाइ लो प्रोफाइलमा बसि काम गर्नु अहिलेलाइ।
९) आफ्नै भाइसाथि नेपालि नै किन नहुन बडो साबधानि अपनाउनु कहिलेकाहि आफ्नै साथि भन्नेले पनि भित्र भित्रै कैचि काट्ने हुदा यस्ता फ्राइण्डसिप नगरे राम्रो अहिलेलाइ।
१०) सार्बजनिक बस, यातायात चढ्दा हुलमुल, हल्लाखल्लि, चौबाटो, भिडभाडलाइ छल्नु नै उत्तम हुनेछ हाललाइ।
११) सकेसम्म बैङ्ग खाता भएको तर कागज नभएका हरुले डेबीट र क्रेडीट कार्ड चलाउदै नचलाउनु। नगदमै खरिद र किनमेल गर्दा राम्रो हुन्छ।
१२) रेकर्ड हुने काम र गतिबिधिमा हातै नहाल्नु।
१३) सेलफोन प्रि पेड चलाउनु, पोस्ट पेडमा सबै खाले रेकर्ड हुन्छ।
१४) सामाजिक सन्जालहरुमा जथाभाबि आफ्नो सुचना, जानकारि, आफ्नो ब्याक्तिगत इन्फो हुने खालका कुनै पनि कुराहरु नलेख्ने र शेयर पनि नगर्ने।
१५) हाललाइ कामबाट घर एपार्टमेन्ट र काम बाहेक ट्राभल कहि कतै नगर्नु, भलै अर्को राज्य नै किन नहोस।
१६) आफ्नो प्राइभेसि सकेसम्म कहि कतै शेयर र बाडचुड नगर्नु।
१७) अर्काको नाममा कर बुझाउने गरि कुनै रोजगारि पनि नगर्नु।
१८) गोरा र स्पानिश जातका मानिसहरुसङ्ग बडो होशियारि अपनाउनु। यि मोरामोरिहरु बदमास र फटाहा हुन्छन। मौका परे यिनले फसाइदिन सक्छन।
१९) राति राति र बिहानै बिहानै एक्लै दुक्लै नहिड्नु, हिडेपनि आफ्ना नजिकका ब्याक्ति र परिवारसङ्ग हरदम सम्पर्कमा बस्नु।
२०) गाजा, भाङ्ग, धतुरो, लागु औषध, जाड, रक्सि, झगडा, गेम्बलिङ्ग, अबिस्वासिहरुसङ्ग फ्राइण्डसिप र आफ्नो गलत गतिबिधि तपाइको सङ्कटा साढे सात भएकाले अहिले यि गतिबिधिहरुबाट टाढै बस्नु यदि आफ्नो कागज छैन भने।
२१) डलर बाहिर पठाउने, खल्तिमा धेरै नगद बोकेर हिड्ने, बाटामा हिड्दा शन्कास्पद, असाधारण गतिबिधि गर्ने र बाहिर रेष्टुरेण्ट, बार, नाचघर, डान्सबार, प्ले हाउस तिर आधा रात बिताउने यि सबै काम आफैले आफैलाइ खाल्डामा हाल्ने काम भएको हुदा यि गतिबिधि, कामकाज र बानिब्यहोरामा परिबर्तन ल्याउन जरुरि छ, यदि कागज छैन भने।
२२) कसैले आइसबाट भनेर खोजितलासि गर्यो भने उनका आधिकारिता हेर्ने, वारेण्ट कागज हेर्ने र आफु कुन कण्डीशनमा छु भन्ने आधिकार आफुसङ्ग भएकाले नहतारिने, नाअत्तिने।
२३) भाषा बुझ्न नसक्ने, बोल्न नसक्ने, जबाफ फर्काउन नसक्ने समस्या भए अग्रेजि बुझ्ने, जान्ने र अनुबाद गरिनसक्ने आफन्त, नजिकका भाइसाथिसङ्ग सम्पर्कमा बस्ने र उनिहरुको सेल नम्बर हरदम राखि राख्ने।
यति गरे कागजबिहिनका लागि केहि राहत र फाइदा हुनसक्नेछ भन्ने मलाइ लागेको छ। केहि परे, नबुझे मलाइ मेरो फेसबुकको इनबक्समा म्यासेज पठाउनु होला। मबाट हुने र सक्ने सक्दो सहयोग पाउनु हुनेछ।
प्रतिक्रिया