.भब्य ऐतिहासिक “होली” कार्यक्रमको आयोजना हुने.. -श्रीजन ताम्राकार

इनेप्लिज २०७३ फागुन १२ गते १७:३२ मा प्रकाशित
…नजिकिँदै गरेको नेपालीहरुको महान पर्व “होली” को विशेष अवसर पारेर बाल्टिमोर – मेरिल्याण्डमा पन्चे बाजा, लाईभ म्युजिक, नृत्य र डि. जे. म्युजिक सहितको एक ऐतिहासिक भब्य “होली” कार्यक्रमको आयोजना गरिने भएको छ।
यहि आउँदो मार्च १२ तारिख, आईतवारका दिन स्थानीय बाल्टिमोरमा रहेको PARKER’S रेष्टुरेन्टको पछाडी रहेको विशाल खुल्ला मैदानमा आयोजना गरिन लागेको यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नै बाल्टिमोर-मेरिल्याण्डवासी नेपाली परिवारहरु बिच एकता, सद्भाव र आपसी आत्मीय परिचय गराउनुका साथै आफ्नो मौलिक पर्व “होली” लाई धुमधामले मनाउनु रहेको छ।
यस “होली” कार्यक्रमको मार्फत हाल बाल्टिमोर मेरिल्याण्डमा बन्दै गरेको भब्य “हिन्दु बौद्ध मन्दिर सहितको सामुदायिक सांस्कृतिक केन्द्र” निर्माण अभियान बारे जनसमुदायलाई हाल सम्म प्राप्त थप उपलब्धि र प्रगतिका बिस्तृत विवरणहरु जानकारी गराउने र थाहा नपाएका र महाअभियानमा अझै जोडिन बाँकी रहेका नेपाली परिवारहरुलाई महाअभियानको महत्व बारे जानकारी गराउँदै महाअभियानमा उहाँहरुको अमुल्य सहभागीता गराउनु पनि हो।
“होली” सम्पुर्ण नेपालीहरु कै एक महान पर्व भएकोले यो कार्यक्रममा बाल्टिमोर – मेरिल्याण्डभर छरिएर रहनु भएका बिद्यार्थी, ब्यबसायी, समाजसेवी, पत्रकार, कलाकार लगायत विभिन्न क्षेत्रका नेपाली समुदायको बाक्लो उपस्थिति रहने र अहिले सम्म कै भब्य र ऐतिहासिक “होली” कार्यक्रम हुने आशा आयोजकहरुले गरेका छन्।
कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइनुका साथै राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रत्यक्ष आकर्षक प्रस्तुतिहरु रहने हुनाले होली” कार्यक्रम पुर्ण पारिवारिक मनोरञ्जनात्मक कार्यक्रम हुनेछ साथै सो कार्यक्रमबाट उठेको सम्पुर्ण रकम “हिन्दु बौद्ध मन्दिर” निर्माणको सहयोगार्थ हस्तान्तरण गरिने भएकोले पनि यस ऐतिहासिक कार्यक्रममा सहभागी हुनका लागि बाल्टिमोर मेरिल्याण्डवासी नेपाली परिवारहरुमा थप उत्साह थपिएको छ।
यस कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि संगम आचार्य Sangam Nepali Acharya, दिपक शर्मा Deepak Rijal, माया चौहान, श्री कृष्ण रेग्मी Shreekrishna ReGmi, कृष उप्रेती Krish Uprety, नरेश के.सी., लगायतका थुप्रै स्वयंसेवकहरु अहोरात्र लागि परेका छ्न्। यदि तपाईंहरु पनि गायन, नृत्य वा अन्य कुनै आफ्ना आकर्षक प्रस्तुतिहरु मार्फत वा स्वयंसेवक भइ यस होली महोत्सवका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन इच्छुक हुनुहुन्छ भने हामी कार्यक्रमका स्वयंसेवकहरुलाई यथासिघ्र सम्पर्क गर्न हुन पनि हार्दिक अनुरोध गर्दछौं।
Address : 11131 PULASKI Highway
WHITE MARSH, MD 21162
Date : 12 March, 2017, SUNDAY
Time : 11:00AM to 4:00PM
© मेरिल्याण्डका हामी नेपाली, 2017

प्रतिक्रिया