नेदर्ल्यान्डमा कांग्रेस नेता पौडेल को भब्य स्वागत ।

इनेप्लिज २०७३ फागुन ३ गते ०:४९ मा प्रकाशित

नेदर्ल्यान्डको राजधानी आमस्टर्दाममा नेपाली कांग्रेसका बरीस्ठ नेता तथा पुर्व उप – प्रधानमन्त्री राम चन्द्र पौडेल लाई भब्य रुपमा स्वागत गरिएको छ । नेपाली जनसम्पर्क समिती नेदर्ल्यान्डको २ दिने बिशेस कार्यक्रम लाई सम्बोधन गर्न प्रमुख अतिथी को रुपमा श्री पौडेल नेदर्ल्यान्ड आउनुभएको हो ।

फेब्रुअरी १३ तरिखका दिन “नेपालको सम्बिधानको कार्यनवयन तथा चुनौति” बिषयक अन्तरकृया कार्यक्रम राखिएको समितिका अद्यक्छ उत्तम कंडेल ले जानकारी गराउनु भयो । देशको समसामहिक बिषयमा छलफल गर्दै पार्टी ले बर्तमान अवस्थामा खेल्नुपर्ने भूमिकाको बिषयमा ब्याख्या गर्दै प्रवासमा बसेर धेरै चिन्तित नहुन श्री पौडेलले अग्रह गर्नुभयो ।

नेदर्ल्यान्डको बिकाश र संस्कृतिको ब्यख्या गर्दै नेदर्ल्यान्डका पर्यटन दुत श्री शशी पौडेलले आफ्नु मन्तब्य राख्नुभएको थियो । स्वागत पस्चात समितिका अद्यछ उत्तम कंडेलको सभापतित्वमा औपचारिक कार्यक्रम राखिएको थियो भने कार्यक्रम सन्चालन महामन्त्री शालिक गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया