लण्डन,फाल्गुन ०३ । केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत हाल हव्किङ्ज निवासी थापा परिवारको घर फुटाई सुन तथा बहुमूल्य वस्तुहरु तस्करी भएको छ ।
वेलायतमा विशेषगरी ठुलो संख्यामा रहेका नेपाली समुदाय अल्डरसट,रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटन लगायत अरु विभिन्न ठाँउका नेपालीहरुको घरलाई विशेष निशाना बनाएर बाराम्बार चोरी भईरहेको पिडीत वर्गहरुले जानकारी दिएका छन् । गत महिना भित्र मात्रा अल्डरसट, स्विन्डन, आश्फोड र फोक्स्टमा बसोवास गरीरहेका नेपालीहरुको घरबाट करोडौंको सम्पत्ति दिनदहाडै लुटिएको पिडित पक्षबाट जानकारीमा आएको छ ।
चोरी हुने क्रम बढदो छ तर दोषि भने अहिले सम्म प्रकाउमा नआउनु यो पनि एक आश्चर्य जनक रहेको छ । किन बेलायतका प्रहरी यस्ता घटना प्रति मौन छन ? के दोषि हुनु भन्दा दोष सहेर बस्नु झन् गलत हो त?अब यो विषयमा बेलायती नेपालीहरुले गम्भीर भएर सोच्नुपर्ने समय आइसकेको छ ।
प्रहरी:
केन्ट प्रहरी वृतका अनुसार घटनामा नेपाली र भारतीय नागरिकको संलग्नता रहेको अनुमान गरिएको छ । आखिर यो सत्य हो भने कुनैपनी हालतमा त्यस्ता ब्यक्तिहरुलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिलाउनु पर्छ जस्ले गोर्खालीहरुले दुई सय बर्षको इतिहासलाई माटोमा मिलाउने प्रयास गरिरहेको देखिन्छ । यस्तो घटना हामि जो कसैलाई पनि कुनै समयमा पर्न सक्ने भएको हुनाले अब नेपालीहरु एकजुट भई अगाडि बढन आवश्यक देखिन्छ । चाहे त्यो चोर होस अथवा प्रहरी , यो चोर प्रहरीको खेलमा सामिल भईरहने हाम्रो समय भने अवश्य छैन ।
सावधानः
सुन तथा बहुमूल्य वस्तुहरुको बिमा गरी तस्वीर कÞैद गरिएमा खोज तलास गर्न सजिलो हुने केन्ट प्रहरी वृतले जानकारी दिएको छ । समुदायमा राम्रो सम्बन्ध, घर घरमा आलाराम अथवा सिसी क्यामेराको ब्यवस्था गर्न सकिए चोरीबाट बच्न सकिने फोक्स्टन निवासी संकरमणी नेपालले बताए । पिडित थापा मगरले ढोकामा चावि नछोडन सल्लाह दिएका छन् ।
आ–आफनो संस्कृतिक झल्काउन परम्परा अनुसार गरगहना लगाइए पनि कसरी बचत गर्न सकिन्छ आफै सचेत हुन जरुरी रहेको साथै बेलायतमा हुने विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु विवाह, व्रतवन्द , जातिय संस्था लगायतका कार्यक्रममा अत्यावश्यक भन्दा धेरै देखावटी रुप नगर्न नेपाली समुदायका केहि अगुवाहरुले सल्लाह दिएका छन् ।
प्रतिक्रिया