प्रणय दिवसको अवसरमा संस्कृतीक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ फागुन २ गते १:३३ मा प्रकाशित

 

कोलोराडो अमेरीका ,फेब्रुअरी ११, २०१७ प्रणय दिबसको पूर्व संध्यामा कोलोराडो स्थित नेपाली समुदायले सनीबार सांझ एक कार्यक्रम गरी एक आपसमा माया तथा प्यार साटासाट गरेका छन् ।
लङमन्ट स्थित स्थानीय एभरेष्ट रेष्टुरेन्टमा एक संस्कृतीक कार्यक्रमको आयोजना गरि एक आपसमा माया तथा प्यार साटासाट गर्दै प्रणय दिवस मनाएका हुन् ।

एभरेष्ट रेष्टुरेन्टका संचालक प्रेमकाजी श्रेष्ठ तथा लक्ष्मी श्रेष्ठको आतिथ्यमा सम्पन्न कार्यक्रममा डेड दर्जन भन्दा बढि जोडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित जोडीहरुले आङ्खनो जिवन संगी तथा जिवन संगिनीहरुलाई गुलाफको फुल, गीत ,नाच तथा मन्तब्य मार्फत मनकाको भावना पस्कदै जिवन भरि साथ र सहगोग गर्ने बाचा गरेका थिए ।

प्रतिक्रिया