नेजाद्धारा डिसी महानगर क्षेत्रका नेपाली समुदाय र संघसंस्थालाई हार्दिक अपील

इनेप्लिज २०७३ माघ २७ गते २३:०९ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को ११ औँ वार्षिक साधारण सभा यही मे महिनाको ५, ६ र ७ तारिक शुक्रबार, शनिबार र आइतवारका दिन वाशिंगटन डिसी क्षेत्रमा हुन लागेको सहर्ष जानकारी गराउन चाहन्छौं ।

यस सभालाई भव्य र सभ्य रुपमा सफल बनाउन आआफ्नो स्थानबाट सहयोग गरिदिनु हुन तथा सो समयमा वाशिंगटन डिसी र मेरिल्याण्ड क्षेत्रमा कुनै पनि सामुदायिक कार्यक्रमहरु नराखिदिनु हुन स्थानीय समुदाय, संघ संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

आ-आफ्नो स्तरबाट नेजासंग गर्न सकिने समन्वय, सहकार्य, सहयोग तथा अन्य कुनै पनि विषयमा विस्तृत जानकारीको लागि नेजा उपाध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक गुणराज लुइटेललाई 703-720-0360 वा इमेल [email protected] मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गरिन्छ । साथै सो सभामा यहांहरुको सुखद उपस्थितिका लागि समेत अनुरोध गरिन्छ ।

नेजा एघारौं वार्षिक साधारण सभा तयारी समिति

कार्यक्रम: नेजा एघारौं वार्षिक साधारण सभा
मिति: मे ५, ६ र ७, २०१७, शुक्रबार, शनिबार र आइतवार
स्थान: Best Western Battlefield inn.
10820 Balls Ford Rd Manassas, VA 20109

प्रतिक्रिया