लन्डनमा राष्ट्रपति ट्रम्पलाई दिएको निम्तोलाई रद्ध गर्न व्यापक बिरोध जुलूस

इनेप्लिज २०७३ माघ २३ गते ०:४६ मा प्रकाशित

बेलायती नागरिकहरुले लन्डन स्थित संसद भवनमा जुलुस निकाल्दै अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प लाई दिइएको निमन्त्रणा हटाउन माग गरेका छन l हजारौ को संख्यामा निस्केको जुलुसले औपचारिक भ्रमणमा बेलायत कि प्रधान मन्त्रीले दिइएको निम्तोलाई खारेज गर्न दवाव दिने हेतुले बिरोध जुलुस निकालेका हुन् l

कन्जरभेटिव दलकी बेलायती प्रधान मन्त्रि थेरेसा मे ले गत हप्तामा वाशिंगटन डीसी अमेरिकि राष्ट्रपति संग भेटघाट गरेकी थिइन् l उनि ट्रम्पले राष्ट्रपतिको पदभार लिए पछि ट्रम्पलाई भेट्ने बाह्य मूलुककि प्रथम राष्ट्र प्रमुख भएकी थिइन् l आगामी ग्रिष्म कालिन समयमा भ्रमण गर्ने राष्ट्रपति ट्रम्पले जानकारी दिएका थिए l

आज मिति फेब्रुअरी ४ तारिख झन्डै दुई माइल लामो हजारौ को संख्यामा रहेको प्रदर्शनकारीले अमेरिकन राजदुताबास देखि बेलायती संसद सम्म भ्रमण गरेका थिए l प्रदर्शन कारीले थेरेसा मे धिक्कार छ तिमीलाई भनि नारा लगाएका थिए l

श्रोत: एपी

प्रतिक्रिया