डीसी तामांग सोनाम ल्होछारमा प्रख्यात गायक राजु लामाको बेजोड प्रस्तुति

इनेप्लिज २०७३ माघ २२ गते १२:३८ मा प्रकाशित

तामांग समाज बृहत वाशिंगटन डिसीको आयोजनामा तामांग जातिको नयाँ बर्ष (सोनाम ल्होछार) गत फेब्रुअरी ३ तारिख भब्य तथा बिशेष कार्यक्रमका विच मनाईएको छ । तामांग जातिको नयाँ बर्ष (सोनाम ल्होछार) कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) लगायत बिभिन्न अतिथिहरुको उपस्थितिमा सम्पन्न भएको छ l

दोश्रो चरणको सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकले भरपुर मनोरंजन लिएका थिए l स्थानीय कलाकारहरुको नृत्य ,गीत को साथै मंगोलियन हर्ट्स का राजु लामा तथा एन्जेल सगीत मण्डल का राजु लामा तथा हरिश माथेमा को प्रस्तुति बेजोड रहेको थियो l राजु लामाले उनको चर्चित गीत मेरो देश मेरो नेपाल भन्ने बोलको गीत बाट सुरु गरि आफ्ना पुराना ४ वटा गीत गाएका थिए l र लामो समय सम्म प्रतिक्षा गरेका दर्शकले हरेश माथेमा तथा राजु लामाको गीतमा साथ दिदै झुमेका थिए l

 

सोनाम ल्होछार पर्वमा राजदुत कार्की तथा बिभिन्न अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए l बिशेष कोर्नेल बिश्व बिद्यालयका द्वय प्राध्यापक डेविड होम्बर्ग तथा क्याथरिन मार्चको बिशेष उपस्थितिले अझ रौनक ल्याएको थियो l ४० बर्ष अगाडी अमेरिकन दम्पत्ति नेपाल गइ नेपाली भाषा को साथै तामांग भाषा समेत बोल्न सिकेका प्राध्यापक डेविड होम्बर्गले पर्वलाई संरक्षण तथा जगेर्ना गर्नु पर्ने बताए l

कार्यक्रममा अतिथिहरुलाई खाँदा लगाउनु को साथै श्याम लामा ,डिग बहादुर तामांग तथा प्रा डेविड होम्बर्ग तथा प्रा क्याथरिन मार्चलाई तामांग समुदायमा बिशेष योगदान गरे वापत प्रमुख अतिथिबाट पदक द्वारा सम्मान गरिएको थियो l यसै गरि नेपाल कि एसियन कराते खेलमा पदक प्राप्त गर्ने बिमला तामांगलाई पनि सम्मान गरिएको थियो l

नयाँ वर्षका रूपमा ल्होछार पर्व तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ ।

सोनाम ल्होछार पर्वमा लामा गुरु छिरिंग शेर्पाले पर्व बारेमा बोलेका थिए भने सन्दिप लामाले कार्यक्रम संचालन गरेका थिए l अध्यक्ष उत्तर लामाको सभापतित्वमा कार्यक्रम भएको थियो l

प्रतिक्रिया