बेलायतमा नेपाली राजदूत डाक्टर सुवेदी नेपालीहरु माँझ लोकप्रिय
इनेप्लिज
२०७३ माघ १८ गते २:०२ मा प्रकाशित
लण्डन, माघ १८ । लण्डनस्थित नेपाली दुतवासका राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपालीहरुले भोक्दै आईरहेका समस्याहरुलाई मध्यनजर गरी दुताबासको कार्यशैलीमा आमुल परिवर्तन ल्याउनाले बेलायतवासी नेपालीहरु माँझ लोकप्रियता बढिरहेको छ ।
झापा जिल्लामा जन्मिएका सुवेदीले झापाबाट प्रवेशीकाको अध्ययन सके लगतै उच्च शिक्षा अध्ययनकालागि काठमाण्डौं लागेका थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको अध्ययन सकेपछि अन्तर्रा्ष्ट्रिय कुटनीतिक विषयमा स्नातकोत्तर अध्ययनकालागि बेलायत आएका थिए ।
आफुलाई बाल्यकाल देखि नै कुटनीतिकप्रति अत्यन्तै रुचि भएका कारण अध्ययन पनि त्यँहि मोड सँग-सँगै नेपाल र नेपालीहरु प्रतिको मायालाई भने उनले छाडेनन् ।
प्रगतिको मार्गलाई मात्र अग्रपंतिमा नराखि आफनो कर्म र जिम्मेवार प्रतिको इमान्दारीता साथै कडा संघर्षका कारण विभिन्न देशमा कुटनीतिज्ञका रुपमा कार्यभार समाली छोटो समयमै बेलायत जस्तो विकसीत र प्रजातान्त्रिक मुलुकमा कदरकासाथ नेपाल सरकारको प्रमुख कार्यालयले डा. सुवेदीलाई लण्डन दूतावासकालागि राजदूत पदमा नियुक्ति गरेको हो ।
‘नेपाल देश छ रत नेपाली हुनुमा गर्व गरिएको छ ।’ जस्को तात्तपर्य स्वरुप एक नेपालीले अर्को नेपालीको भावनालाई बुझ्ने अनि देशकालागि राम्रा कामहरु गरी नेपालको नाम उच्च बनाउनु पर्छ भन्ने डा. सुवेदीको सोचाईलाई हरेक बेलायतवासी नेपालीहरुले सामाजिक संन्जाल र अखबारतीर छापछ्प्ती गुनगान र कदर गर्न थालेका छन् ।
बहादुर शमशेर जबराको पालामा लण्डन दूतावास स्थापना भएको हो । १९ औ स्थानसम्म नियुक्ति भएको राजदूतहरुको कार्यशैली र योगदान प्रति बेलायतवासी नेपालीहरुले परिवर्तनको खासै अनुभव गरेका थिएन् । विभिन्न स्थानमा रहेका प्राय नेपालीहरुले दुताबास कार्यलयको कार्यशैली प्रति विभिन्न आलोचना र गुनासाहरुमात्र गरीरहेका हुन्थ्थे । तर आज बेलायतवासी नेपालीहरुको सुविधाका निम्ति कार्यभार सम्हालेका डा सुवेदीलाई छोटो समयमा नै नेपालीहरुले नर्विसने र गर्दा हुने निम्न उल्लेखित दूतावासको कार्यशैली परिर्वतन गरी जनताको ढुकढुकीमा छाउन सफल भईरहेका छन् ।
दुरदर्शिता र अब्बल नेतृत्वका धनि डा. सुवेदी हरेक नेपालीहरुको दुःख कष्ट बुझेका अनि नेपालीहरुले लण्डन दूतावासमा आउदा लाग्ने समय,साधन र खर्चलाई आफनै खर्च सम्झि आगमी दिनमा लण्डन दूतावासमै जानु पर्ने बाध्यतालाई मुल्यांकन गर्दै हुलाक मार्फत आफनै घरमा प्राप्त गर्न सकिने परियोजना रहेको छ जस्ले २ लाख ५० हजार बेलायतवासी नेपालीहरुको रोजिरोटीमा ठुलो सहयोग पुग्ने सम्भावना छ ।
उनले दुई देखि तिन दिनसम्म नेपाली भिषा, घर जग्गाको कागज–पत्र, भ्रमण–पत्र लगायत विभिन्न किसिमका समस्याहरुलाई एकै दिनमा वितरण गर्ने व्यवस्था लागुगर्दा नेपालीहरुलाई सहज बनिरहेको केहि नेपालीहरुले बताए ।
लण्डन दूतावासमा यसभन्दा अघि फोटोकपि मेशिन नहुदा फोटोकपि गर्नकालागि घण्टौ समय खर्चिन्दै फोटोकपि मेशिन खोज्न जानु पर्ने बाध्यता नेपालीहरुको समस्यालाई आफनै समस्या सम्झन्दै डा. सुवेदीले दुई वटा फोटोकपि मेशिन कार्यलयमा जडान गरीदिएका छन् ।
उनले भने-‘गोर्खालीप्रति उच्च पे्रम र कृतज्ञताको मिठो भावना रहेको छ ।’ गोर्खाहरुको बहादुरी,बफादारीता, ईमान्दारिता,कर्तव्यनिष्ठासहित उच्च कदर र प्रशंसाका साथ गोर्खाहरुले पाएका अतिविशिष्ट पदक भिक्टोरिया क्रस पाउने १३ जनाको तस्विर स्थायी रुपमा दूतावास कार्यलयमा अनावरण गरेर सतवार्षिकी महोत्सव मनाईने स्रोतले जानकारी दिएका छन् ।
दुतावास कार्यलयमा भिषाकालागि लिईन आवेदन–पत्रको समय अवधि २ बजेसम्म मात्र थियो । त्यस समयलाई बढाई ५ बजेसम्मकालागि कार्यनीति ल्याएका छन् । जुन नीतिले लण्डन भन्दा बाहिरका नेपालीहरु बढि मात्रमा लावन्धित भएका छन् ।
डा.सुवेदी नेपाली कला, संस्कृती र साहित्यलाई समेत उतिकै रुचि राख्ने पुष्टि हालै उहाँले अभिनय गर्नुभएको राष्ट्रिय भावनाले झल्किएको ‘भाषा,कला संस्कृति जोगाउने हो नेपाली मेला’ बोलको म्युजिक भिडियामा मुख्य भुमिकामा अभिनय निर्वाह गरी नेपाल र नेपाली प्रतिको भावनात्मक पे्रम दर्शाउनु भएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया