इरान ले पनि अमेरिकन पर्यटकलाई ईरान आउन प्रतिबन्ध गर्ने

इनेप्लिज २०७३ माघ १६ गते १:२० मा प्रकाशित

इरानले पनि अमेरिकन पर्यटकलाई ईरान आउन प्रतिबन्ध गर्ने जनाएको छ l ईरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान सहित ६ अन्य मुसलमान भएको देशलाई अस्थाई शरणार्थी ल्याउन प्रतिबन्ध लगाएकोले ईरानले पनि त्यस्को बदला मा अमेरिकन पर्यटकलाई रोक लगाउने भनेको छ l

अमेरिकन जनता लाई आदर गर्दै अमेरिकन सरकारको प्रतिकूल नया नीति भएकोले जब सम्म अमेरिकाले त्यस्लाई हटाउदैन ईरानले पनि त्यहि पारस्परिक नीति लागू गर्ने इरानको विदेश मन्त्रालयको वक्तब्यमा लेखेको रोयटर्सले जनाएको छ l

अमेरिकाले गरेको प्रतिबन्ध बाट अमेरिकामा रहेका झन्डै १० लाख ईरानीका नातेदार ,आफन्त तथा साथीभाईहरु संग भेटघाट गर्न असम्भव बनाएको छ l  ईरानी राष्ट्रपति हसन रुहानीले अमेरिकाका राष्ट्रपतिको ट्रम्प को नाम नलिई अहिले पर्खाल बनाउने समय नभएको भन्दै बिश्व व्यापार सम्झौता खारेज गर्न आलोचना गरेका थिए l

गत बुधबार डोनाल्ड ट्रम्पले मेक्सिको सिमामा पर्खाल लगाउन कार्यकारी आदेश दिएका थिए l र त्यस सम्बन्धि चर्चा गर्दै दुई राष्ट्र बीच पर्खाल खडा गर्ने अहिले न समय नभएको भनि सद्नेश दिएका छन l

उनले इरानियन सरकारी दूरदर्शन मार्फत उनीहरुले बर्लिनको पर्खाल भत्किएको बिर्सीएछन भनि अमेरिका तर्फ लक्षित गरे l

समाचार श्रोत रोयटर्स : तस्बिर :थोमस कोल्हर 

प्रतिक्रिया