सर्वेन्द्र खनालले अब हेडक्वार्टरमा बसेर आईजीपीलाई सघाउँछन्ः पूर्व आइजीपी रवीन्द्रप्रताप शाह

इनेप्लिज २०७३ माघ १५ गते २:४८ मा प्रकाशित

बुधबार मध्यराति बसेको गृहमन्त्रीस्तरीय बैठकले ३९ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुलाई विभिन्न ठाउँमा सरुवा गरिएको छ ।
जसअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा छविलाल जोशी आएका छन् । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी ठुले राईलाई ल्याईएको छ ।

महानगरीय अपराध महाशाखामा दिनेश आमात्य आएका छन् । यसअघी महाशाखामा कार्यरत सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएको छ । यसै विषयमा दैनिक नेपालले पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रवीन्द्रप्रताप शाहसंग कुराकानी गरेको छः

१. लामो समयको विवादपछि नेपाल प्रहरीका प्रहरी एसएसपीहरुलाई सरुवा गरिएको छ के भन्नुहुन्छ ?

हुन त एसएसपीहरुको सरुवा अगाडि नै गरिनुपथ्र्यो, तर, जे होस् ढिलै भएपनि गृहमन्त्री, गृह सचिव र आइजीपीबीच भएको सहमतिको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेर सरुवा गरेको छ । आइजीपीको सल्लाहबीच सरकारले आफूअनुकुल प्रहरीले जहा मन लाग्यो त्यहाँ गर्ने काम भएन । राम्रै भयो ।

२. देशको राजधानी काठमाडौं जस्तो ठाउँमा विवादास्पद छवी भएका छविलाल जोशीले त्यहिपनि पहिलोपटक काठमाडौंको कमाण्डको जिम्मेवारी दिइएको छ, के भन्नुहुन्छ ?

हामीले विगतका कुराहरुलाई मात्रै ध्यान दिनु हुँदैन । आगामी दिनमा उसले के गर्न सक्छ भन्ने कुराहरुलाई पनि हेनुपर्छ । त्यो नियतको कुरा मात्रै हो । सुरक्षा व्यवस्थाको कुरा गर्दा उनले जिल्ला र अञ्चल हेरिसकेका छन् । अब काठमाडौं जस्तो भिआइपी, भिभिआइपीहरु बस्ने ठाउँको जिम्मेवारी छविलाई परेको छ । उनले पहिलोपटक काठमाडौंको जिम्मेवारी सम्हाल्दैछन्, त्यहि भएर चुनौति नआउनसक्छ भन्ने होइन् । तर, तीं चुनौतिहरुलाई चिर्दै अगाडि बढ्नुपर्छ । नसकिने भन्ने हुँदैन् ।  विभिन्न आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि अब छवि कै जिम्मेवारीभित्र परेको छ ।

३. एसएसपीहरुमा अपराध अनुसन्धामा पोख्त र अब्बल ठानिएका सर्वेन्द्र खनाललाई फिल्डमा खटाउनुको सट्टा हेडक्वाटरमा सरुवा गरिएको छ, यो उपयुक्त निर्णय हो ? रमेश खरेललाई पनि यूएन जगेडा पठाइयो ?

त्यस्तो हाइन् । सर्बेन्द्रले प्रायः सबै ठाउँका जिम्मेवारी सम्हालिसकेका छन् । हेडक्वाटरमा पनि केही काम हुँदैन भन्ने पनि होइन् ।
एसएसपी खनालले अब हेडक्वाटरमा बसेर आइजीपीलाई प्रत्यक्ष सघाउने काम गर्छन् । यो एक महत्वपूर्ण काम हो । यो निर्णय ठिकै हो । रमेश त विदेश मै छ मिसनमा । उसलाई त्यही ठिक (जगेडा) नै ठिक छ ।

४. प्रहरी सरुवाका बेला किन विवाद आइरहन्छ ?

अहिलेसम्मको अवस्थालाई हेर्दा सरकारले आफू अनुकुल प्रहरीलाई परिचालन गर्न खोज्छ । कहिलेकाँही आइजीपीका कुराहरुलाई ध्यान दिइँदैन ।  यस पटक एसएसपीको सरुवामा किन ढिलाई भयो त्यो त मलाई थाहा भएन । केही न केही विवादकै कारण ढिलो भएको होला ।

५. तपाई पूर्व प्रहरी प्रमुख भएको नाताले भन्नपर्दा प्रहरी संगठनलाई बलियो र विवाद रहित बनाउन के गर्नुपर्ला ?

प्रहरीमा एसपीभन्दा तल्लो तहका प्रहरीलाई आइजीपीले नै सरुवा गर्ने भएकाले खासै केही समस्या हँदैन । तर, एसएसपीभन्दा माथिका प्रहरी अधिकृतहरुलाई मन्त्रिपरिषदले नै सरुवा गर्ने भएकाले त्यसमा बेला बेलामा समस्या आइरहेको छ ।

यस्ता यावत कुराहरुको समाधान गर्न सर्वप्रथम प्रहरी ऐन २०१२ लाई संशोधन गर्नुपर्छ । अहिलेसम्म कुनै पनि सरकारले त्यसतर्फ ध्यान दिएका छैनन । मनपरी तरिकाले प्रहरी नियमावली बनाएर आफूखुसी प्रहरी संगठनलाई चलाउँदा संगठन कमजोर हुन्छ । प्रहरी ऐन बनेमा मात्रै प्रहरी संगठन बलियो र विवादरहित आफै हुन्छ ।

प्रतिक्रिया