राप्ती समाज काठमाडौले पानी अभियान सम्बन्धी अन्तर्कृया कार्यक्रम गर्ने
यहि माघ १५ गते जनवरी २८ शनिबार दिनको २ बजे ” हरेक घरमा धारो , हरेक गाउँमा सिंचाइ ” नारामा आधारित रहेर “दाङमा करोड पानी अभियान सम्भावना र चुनौती ” विषयक अन्तर्कृया कार्यक्रम मिडिया इन्टरनेसनल अनामनगर काठमाडौमा हुन गैरहेको जानकारी राप्ती समाज काठमाडौले दिएको छ । उक्त संस्थाका अध्यक्ष श्री शशि शर्मा मज्गैयाद्दारा जारी प्रेस रिलिजमा भनिइएको छ । “यस समाजका सस्थापक अध्यक्ष सामाजिक अभियन्ता मित्रलाल पार्देद्वारा आरम्भ गरेको पानी अभियान आज विश्वव्यापी बनिरहेको छ । अभियान सबैको साझा बनिरहेको छ । यो महान अभियानप्रति चारैतिरबाट ऎक्यबद्दता मिलिरहेको छ । यसैक्रममा यहि माघ १५ गते शनिबार काठमाडौको अनामनगर स्थित मिडिया ईन्टरनेशनलमा सोही बिषयमा वृहत् अन्तर्कृया कार्यक्रम आयोजना हुदैछ । सम्बन्धित सबैलाई हार्दिक निमन्त्रणा ।”
स्मरण रहोस् उक्त कार्यक्रमको संयोजन राप्ती समाज काठमाडौका भुपु अध्यक्ष श्री गोपाल बस्नेतले गर्नुभएको छ भने सहसंयोजन सगरमाथा रेडियोका संचारकर्मी एवम गीतकार लोकराज अधिकारीले गर्नु भएको छ । अन्तर्कृया कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सीमा पुरी लगायत राप्ती समाज परिवारले गरेको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया