गायक सुरज श्रेष्ठले प्रेमिकालाई सोध्दै छन् ” भुलेउकी भुलेकी छैनौ” (नयाँ भिडियो समेत) -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ माघ ११ गते २२:३७ मा प्रकाशित

पर्वतको माझफाँटमा जन्मिएका गायक सुरज श्रेष्ठले भर्खरै नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । अंग्रजीमा स्नातकोत्तर तहको अध्यायन पुरा गरेका गायक सुरजले सांगेतिक क्षेत्रको अध्ययन समेत गरेका छन् । उनको सुर, एउटा कुरा, एउटी परि, मुद्दा हालिदिन्छु लगायतका चर्चित गीत र एल्वम पहिले नै नेपाली सांगेतिक बजारमा आईसकेका छन् । विभिन्न एवार्ड समेत हात पार्न सफल गायक सुरज श्रेष्ठ निरन्तर नेपाली सांगेतिक फाँटमा नयाँपन दिन लागिपरेको बताउँछन् । सांगेतिक क्षेत्रमा क्षणिक मनोरंजनका लागी नभएर निरन्तर साधना र लगावका साथ अगाडी बढ्ने र यसैबाट आफ्नो क्यारिएर बनाउने उनको दृढ संकल्प छ ।

नेपाली सांगेतिक क्षेत्रको विकासमा सांगेतिक फाँटमा लागेका सबै सर्जकहरुको आपसी सहकार्यको महत्वपुर्ण आवस्यकता रहने र विभिन्न छापा(पत्रपत्रिका) एवं विद्युतिय मिडियाले समेत आवस्यक समन्वय एवं प्रवर्धनमा सहयोग पुर्याउन सके नयाँ उदयमान गायक, गायिका, संगितकर्मीहरुमा समेत नयाँ जोश एवं आत्मविश्वास बढ्न सक्ने उनको दृष्टिकोण रहेको छ ।
 हालै सार्वजनिक भएको गीतको भिडियो ” भुलेकी भुलेकी छैनौ” को भिडियो छायांकन अमेरिकामा भएको थियो । जसमा पूर्णिमा, देव, जंग्बु को मुख्य अभिनय रहेको छ भने यसको छायांकन शम्भु मुक्तान, ज्ञानेन्द्र शर्माले गरेका थिए । त्यस्तै यस गीतमा विक्रम विवसको शव्द, संगित राजु सिंह, एरेन्जर गोपाल रसाईली, सम्पादन प्रविन श्रेष्ठ र निर्देशन बिक्की पुलामीको रहेको छ । आगामी दिनमा समेत स्रोता र दर्शकको रुची अनुसारको सांगेतिक कोसेली पस्कने उनको भावी योजना रहेको बुझिएको छ । गायक श्रेष्ठको सांगेतिक यात्रामा पुर्ण सफलता मिलोस् भनि हार्दिक शुभकामना छ ।
  (गीतको भिडियो)

प्रतिक्रिया