एमाले नेता नेम्वाङको प्रश्न- कसैले चुनाव हुन दिन्नौं भनेर हुन्छ ?

इनेप्लिज २०७३ माघ १० गते १२:२७ मा प्रकाशित

एक वर्षभित्रै देशमा तीवटै निकायका निर्वाचन गर्नुपर्ने बाध्यता छ । सरकारले बैशाखको अन्तिम साताभित्र स्थानीय निर्वाचन गनुपर्ने आवश्यकता औंल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चुनावको मिति घोषणा गर्ने उद्घोष गरिसकेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि जसरी पनि निर्वाचन गर्नुपर्ने भन्दै मिति घोषणा गर्न माग गरिरहेको छ । तर, मधेशवादी दलहरुले पनि संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नगरेसम्म चुनाव हुन नदिने अडान राखेको छ । यस्तो अवस्थामा चुनाव हुन कतिसम्म सम्भव छ त भन्ने बारेमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंशः

१) चुनावको माग गर्ने र गर्न नदिने अभिव्यक्ति आइरहँदा अब चुनाव गर्न सजिलो छ त ?

संवैधानिक हिसाबले हामीले एक वर्षमा सबै निर्वाचन गरिसक्नुपर्ने हुन्छ । प्रमुख दलहरुले चुनाव गर्नुपर्छ भन्ने सहमति गरिसकेका छन् । चुनाव आवश्यक छ । तर, पनि यो कुरा सरकारले गर्ने काममा निर्भर रहन्छ । हिजो प्रधानमन्त्री प्रचण्डजीले समेत चुनाव गर्नुपर्छ भन्नुभएको छ । काम गराईमा आशंका छ । हेरौं, अब उहाँले के गर्नुहुन्छ ?

२) मधेशवादी दलले त चुनाव गर्ने कुरालाई हावादारी भनेका छन्, चुनाव हुन दिन्नौं पनि भनेका छन् नि ?

मधेशबादी दलहरुको कुरा सुनेर भएन । अधिकांश जनता चुनावको पक्षमा छन् । सरकारले गर्नुपर्ने काम नगर्दा नै अहिलेको स्थिति सृजना भएको हो । चुनाव गर्न सरकारको इच्छाशक्तिमा भर पर्छ । कसैले चुनाव हुन दिन्नौं भनेर हुन्छ ?
३) प्रधानमन्त्रीले त निर्वाचन नभए ०१७ साल भन्दा गम्भिर स्थिति आउँछ भनिसक्नुभएको छ नि ?

त्यो थाहा रहेछ । त्यसो हो भने, किन निर्वाचन नगरेको त उहाँले रु देशलाई बचाउन त चुनावको मिति घोषणा गरेर चुनावमा जान पर्यो नि ।

४) तर मधेशी दलका मागहरू सम्बोधन गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ ?

त्यो पक्षमा म पनि छु । एमाले पनि छ । तर तपाईले माग सम्बोधन गर्न सक्नु भएन भने निर्वाचन गर्न सक्दैन भन्न मिल्छ ? यसकारण चुनाव गर्न सक्दैन भन्न मिल्छ । संविधानमा त्यहि लेखिएको छ ?

५) शीर्ष नेताकोबीचमा प्रधानमन्त्रीले गरेको बाचा पुरा हुन्छ भन्नेमा तपाई विश्वस्त हुनुहुन्छ ?

संसदीय पत्रकारीतामा लागेका सम्पूर्ण पत्रकारकाबीचमा गन्ती गर्दै अबको पाँच दिनभित्र चुनाव घोषणा गर्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । मधेशवादी दलका मागहरू पुरा गर्नतर्फ लाग्नुपर्छ । ७० बर्षपछि ल्याएको कानुन कार्यान्वयन नगरे हुन्छ ? केपी शर्मा ओली र सुशील कोइरालाबीचको चुनावमा भोट हाल्नुभयो । प्रचण्डको लागि भोट दिनुभयो । उहाँहरूले कसरी संविधानअनुसार त चल्नैपर्छ नि ।

 

 

प्रतिक्रिया