एमालेबिनै संशोधन प्रस्ताव पारित हुन्छ, तर प्रधानमन्त्री लागिपर्नुपर्यो

इनेप्लिज २०७३ माघ ६ गते १२:२६ मा प्रकाशित

 

मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहेको खण्डमा संविधान संशोधन विद्येयक पारित हुने दावी गरेका छन्। उनले प्रधानमन्त्रीले संशोधन विद्येयक पारित गराउनको लागि पहल गर्नुपर्ने बताएका छन्। यादवले प्रधानमन्त्री प्रचण्ड संशोधन विद्येयक पारित गराउनेबारे त्यति गम्भिर भएको भान आफूलाई नभएको जिकिर समेत गरे। उनले प्रमुख दलका शीर्ष नेताहरुवीच सम्वाद नहुनुको मुख्य कारण भनेको नै कुर्सीको लडाई भएको समेत आरोप लगाएका छन्। यीनै विषयमा केन्द्रित भएकार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंशः

अब देशको निकासको लागि सञ्जिवनी बुटि को सँग छ ? कसले दिने ? प्रधानमन्त्री कि तपाई कि कसले ?
प्रधानमन्त्रीसँग छ ।

तर उहाँले त अहिलेसम्म दिन सक्नु भएन नि?

आँफैले बिसिर्नुभयो। उहाँ अल्मलिनु भएको छ ।

सञ्जिवनी बुटि छ त्यसो भए ?
नभएर देशको प्रधानमन्त्री हुन्। जान्ने नजान्ने आफ्नो ठाउँमा छ।

संविधान संशोधनको लागि दुई तिहाई चाहिन्छ त्यत तिर ध्यान दिनु भएको छ ?

उहाँहरूको ९० प्रतिशत छँदैछ । पास गरिहाल्नु हुन्छ नि।

झलनाथ खनालले कुनै पनि हालतमा पारित हुँदैन भन्नु भएको छ नि ?

त्यो जिम्मा प्रचण्डको हो ।

प्रचण्डले सक्नु भएन भने, के हुन्छ?

सक्नुभएन भने राजनीतिक प्रश्न खडा हुन्छ।

यो मौका हो प्रचण्डका लागि उसो भए ?

पक्कै पनि हो। निश्चित रुपमा राजनीतिक जीवनमा ठुलो मौका हो।

त्यतिखेर राजीनामा दिनुपर्छ भन्नेमा हो तपाईहरू ?

हामीहरू त होईन। नैतिकताले भन्छ ।

दुई तिहाई पुर्याउनको लागि प्रधानमन्त्री लाग्नु भएको छैन भन्ने तपाईको गुनासो हो ?

मलाई त्यति गम्भिर हुनभएको छ भन्ने भान भएको छैन् ।

धेरै राजनीतिक छलफलहरूमा सँगै बस्नुहुन्छ नि थाहा हुँदैन?

छल धेरै आउँछ फल थोरै पनि आउँदैन ।

प्रधानमन्त्रीको तर्फबाट छलमात्रै आयो भन्ने हो तपाईको भनाई ?
हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाजीसँग कुरा भएको छैन् ?

दल जति भएपनि नेता त एउटै हो । कुरा त यस्तै हो नि ।

नेताहरूवीच यति विमति किन ?

यो सब कुर्सीकोलागि मात्र बिमति छ। अरु सबै कुरामा कहाँ विमति छ ?

नेताहरूमा एकता किन हुन सकेन, आज बताउनुस त जनता जान्न चाहन्छन् ?

एकता नभईकन संविधान बनेको हो ? अर्कोतर्फ देश चौपट भएकोेछ, कलकारखाना भत्किए, भष्ट्रचार मौलायो यो सब नमिलि भएको हो त ? यति ठुलो योगदान उहाँहरूको बीचमा सहमति बिना सम्भव थिएन नि ।

सीमाङकनको बिषयमा कानुनले दिएको छैन रे ? यो काम चलाउ संसद हो रे ?

संसद संसारमा काम चलाउ हुँदैन । सरकार काम चलाउ हुन्छ । कहाँबाट आयो यो उल्टो बुद्धि एमाले पार्टीलाई ।

सबै राजनीतिक दलहरू चुनावमा जाने भए, तपाईहरू नजाने ?

त्यो हाम्रो कुरा हो ।उँहाहरूलाई कसले रोकेको छ र ? गए हुन्छ । हाम्रो लडाई वेग्लै छ।

के छ त्यस्तो बेग्लै लडाई  ?

हाम्रो लडाई समावेशी लोकतन्त्र ल्याउनु हो, देशमा सम्पन्नताको लागि हो । मधेशी, जनजाति, आदिवासीको अधिकारको सुनिश्चित गर्नु छ। बिगतमा भएका सम्झौता कार्यान्वयन गर्नु छ । भष्ट्रचारको अन्त्य हो । हाम्रो लक्ष्य गाउँको निर्वाचन होईन ।

तपाई त प्रजातान्त्रि व्यक्ति हो नि ? विधीको शासनमा बिरोध गर्न मिल्छ ?

यो पनि प्रजातन्त्र हो । हामीले विधिको शासनको बिरोध गरेको छैनौ । चुनावको पनि बिरोध गरेका छैनौ । अहिलेको आवश्यकता भनेको संविधान संशोधन नै हो ।

एमाले पार्टीको सहमति बिना संशोधन सम्भव छ ?

सम्भव छ । प्रधानमन्त्री लाग्नु भयो भने सक्नु हुन्छ।

संशोधन परिमार्जनको खाँचो छ कि छैन् ?

खाँचो छ ।

कुन-कुन बिषयमा पमिार्जन हुनुपर्ने हो ?

जति पनि बिद्येयक छ त्यो सबैमा हाम्रो सहमति छैन् ।

मन्त्रीमण्डल विस्तार हुने भयो नि ? के छ यसमा यहाँको धारणा?

९० प्रतिशतले बनाएको मन्त्रीमण्डल कति जनाको हुनुपर्ने छ ?

२५ जना मात्र ?

अहिले कति जना भयो ?

४० जना भन्दा बढि भयो ?

अनि त्यो के हो ? त्यो असंवैधानिक भएन । आफै संविधान बनाउने आफै लात हान्ने अनि विश्वको उत्कृष्ट संविधान कुन मुखले भनेका होलान् हँ?

प्रतिक्रिया