अर्घाखाँचीमा यसरी लखेटिए माओवादी नेता, युवाले घेरेपछि उर्जामन्त्री टाप कसे (हेर्नुस् भिडियो)

इनेप्लिज २०७३ पुष २९ गते १०:५० मा प्रकाशित

अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपछी युवाहरुले ढुगांमुढा गरेका छन् ।

त्यस्तै उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने अभिव्यक्ति दिएका ऊर्जा मन्त्री जनार्दन शर्मा युवाहरुको घेराबन्दीमा परेका छन् ।

सन्धिखर्क्स्थित ट्राफिक चोकपछाडि आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका लागि पुगेका बेला शर्मा स्थानीय युवाहरुको घेराबन्दीमा परेका हुन् ।

सन्धिखर्क पुगेर पाँच नम्बर प्रदेश टुक्राइनु जायज भएको भन्दै उनले अर्घाखाँचीबासीलाइ पोखरा जान सुरुङमार्ग बनाइने बताएपछि स्थानीयबासी आक्रोशित भएका थिए ।

स्थानीयबासीको घेरामा परेका शर्मालाई सुरक्षाकर्मीले कायक्रमस्थलबाट निकालेका हुन ।

मन्तव्य पनि दिन नपाएका उनलाई कार्यक्रमस्थलबाट निकाल्न सुरक्षाकर्मी खटाइए पनि युवाहरुसँग घम्साघम्सी पर्ने अवस्था आएको थियो ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया