बिहीबार, असार १० २०७८
काठमाडौं ०३:२९
वासिङटन डिसी 17:44

गैर आवासीय नेपाली संघ, (एनआरएन) अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७३ पुष २८ गते २३:४७ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही जनवरी १४ टेक्ससको ड्यालसमा हुन लागेको पाँचौ बार्षिक साधारण सभाको तयारी पुरा भएको छ । ‘Enhancing unity & integration- Our action for Vision 2020 & beyond’ भन्ने नाराका साथ हुन लागेको यो सभामा अमेरिकाभरिबाट पाँचसयभन्दा बढी नेपालीहरुको उपस्थिती हुने अनुमान रहेको छ । एनआरएन अमेरिकाका १७ वटा च्याप्टरहरुबाट समेत सम्मेलनमा सहभागिता हुनेछ । सम्मेलनमा नेपालबाट माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायत अन्य देशहरुबाट समेत अतिथीका रुपमा थुप्रै नेपालीहरुको आगमन हुनेछ ।

सम्मेलनका लागि अमेरिकामा रहेका नेपाली समुदाय निकै उत्साहित भएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल भन्नुहुन्छ–‘नेपाली समुदायको यो उत्साहलाई हामीले असाध्यै सकारात्मक रुपमा लिएका छौं । यसले एनआरएन अमेरिकालाई अझै सशक्त रुपमा अघि बढाउन हौसला दिएको छ ।’

सम्मेलनको मुख्य आकर्षणको रुपमा Economic diplomacy & Diaspora Investment का बारेमा पनि व्यापक छलफल हुनेछ । यो शत्रलाई माननीय परराष्ट्रमन्त्री डा. महत, अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्की, एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतले संबोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सम्मेलन नेपालीबीच एक आपसमा भेटघाट, आत्मियताको साटासाट गर्ने थलो हुनुका साथै नेपाली समुदायको उपस्थितीलाई अमेरिकामा अझै सबल रुपमा अघि बढाउनका लागि योजना बनाउने थलो समेत हुनेछ । कार्यक्रममा सहभागी हुन आउनुहुने सबैलाई ड्यालसमा न्यायो स्वागतको लागि सबै तयारी पुरा भइसकेको व्यहोरा समेत अनुरोध गर्दछु ।

(राम सी पोखरेल)
संयोजक
पाँचौ बार्षिक साधारण सभा
गैर आवासीय नेपाली संघ, (एनआरएन) अमेरिका

प्रतिक्रिया