श्रम गरे के हुन्न!!!

इनेप्लिज २०७३ पुष २८ गते २३:३२ मा प्रकाशित
ध्रुब क्षेत्री -दोहा ,बिदेशी भुमिमा सबैका लागि प्रेरणादायी सफल एक नेपाली ब्यक्तित्व सुर्य  भण्डारी केहि गर्छु भन्ने तर आँट  गर्न नसक्ने नेपाली युवाका लागि एक उदाहरण हुन् भन्दा यो पंक्तिकार गलत नहोला!  बैदेशिक रोजगारीको शिलसिलामा करिब ४०  लाख भन्दा बढ़ी  नेपालीहरु देश बाहिर छन र त्यसको ठुलो हिस्सा वा करिब ८० प्रतिसत खाडी र मलेसिया भएको अनुमान छ। सबैमा जगजायेर बिषय  के हो भने यहाँ खाडीमा आएर काम गर्नु नेपालीहरुको रहर नभएर  बाध्यता पनि हो । मुलत: आफ्नो देशमा  भने जस्तो रोजगारीको अवसर नहुँदा नेपालीहरु दिनहु खाडी ओहिरेका छन र त्यो बाध्यात्मक नै भन्नु पर्छ । खाडीमा  आएर आफ्नो श्रम बेच्ने सबै नेपालीहरु सफल भएका छन भन्दा यहाँ उचित नहोला किन कि सिमित ब्यक्तीहरुले मात्र सफताको शिखर चुम्ने मौका पाएका छन। यसरि आफ्नो परिवार र जन्म भुमि छाडेर खाडीमा आएर सफताको शिखर चुम्ने सिमित ब्यक्तित्वहरुको बिचमा सुर्य भण्डारी पनि एक पात्र हुन् जो  आज अरबमा एक प्रतिश्ठित काम गर्ने नेपालीहरु मध्येमा आफुलाई दर्ज गर्न सफल भएका छन्!
 खाडी देशमा डेढ दशक अगाडि छिर्नु भएका एक नेपाली  फुच्चे केटाको सफलताको  राज था पाउदा  सायद सबैका लागि उदाहरण हुन सक्छ  भन्ने ठानेर यो पंक्तिकारले  उहा को आज्ञामा यो पेज सम्प्रेषण गर्न गई रहेको छ। आफ्नो मेहनत,निरन्तरता,इमान्दारिताका कारण आजको स्थितीमा आइपुग्नु भएका भण्डारी  बिगत १५ बर्षदेखी आफ्नो पेशामा तनमनका साथ लागि पर्नु भएका कारण सफलता हात परेको बताउनु हुञ्छ । राजधानीबाट नजिक रहेर पनि दुर्गम जिल्लाको लिस्टमा परेको रामेछापको गगाल बहादुरे गाबिस-३ आपचौरमा बुबा श्री नेत्र  भण्डारी  र  आमा  सीता  भण्डारी  को कोखबाट बि स २०३९ सालमा जेठो छोराको रुपमा जन्मनु भएको थियो। उहाका अनुसार १५ बर्षको उमेर पुग्दा नपुग्दै धन कमाउने रहरमा पढाई छोडेर साथीहरुको लहलहैमा काठमान्डौ छिर्नु भएको र  न्यूरोडको तृप्ति रेस्टुरेन्टमा पहिलो पटक काम शुरु गरेको बताउनु भयो। एक बर्ष पछाडि बिशाल बजारको घुम्ती रेस्टुरेन्ट एन्ड बारमा नेपालका चर्चित कलाकारहरु भुपेन्द्र रायमाझी,राम कृष्ण ढकाल,नरेद्र प्यासी,देबिका प्रधान,राजु अग्रवाल का साथ मा रही अति नै रमर्णिय  रुपमा काम गर्ने मौका पाएको र होटेल मालिक चेतनारायण  खरेल अतिनै समजदार र आफुलाई  माया गर्ने ब्यक्तित्व हुँदा त्यहा १ बर्ष बिताउन समस्या नभएको र धेरै काम सिकेको उहा बताउनु हुन्छ !
 घुम्ती रेस्टुरेन्टको तालिम र सिपको करण ले काठमाडौ स्थित  दरबार मार्गको उडल्यान्ड होटेलमा काम सुरु गर्दै, नगरकोट  सुन्र्राइज होटेलमा  काम गर्दा गर्दै उहाले H.M.T.T.C BAT cooking training सिद्दाये लगतै दुबईको चर्चित होटेल All Habtoor होटेलमा  काम गर्ने मौका पाउनु भयो । सन २००४ मा  दुबई जानु भएका भण्डारी  दुई बर्ष काम पुरा  गरे पछी छुट्टीमा नेपाल जानु हुँदा दशै मान्न भनी गाउ जान दोलालघाटबाट Rafting जादा ओभरलोड भएर  पल्टदा उहाकै आँखा अगाडि सात जनाले ज्यान गुमाउनु परेको दु:खद  घटना  जिबनमा कहिले भुल्न नसकिने  भएको उहाले बताउनु भयो।
  करिब ३० दिनको बिदा सकेर पुन DUBAI  फर्केर उहाले होटेलबाट धेरै प्रसंसा  पत्रहरु बटुल्नु भएको छ र स्थानिय टप स्कुलका विद्यार्थीहरुलाई पिजा बनाउने ट्रेनिङ दिए वापत  बिभिन्न पत्रपत्रिका हरुमा उहाको तस्बिर छापिएको दिन आफुले अति खुसि  भएको बताउनु भयो । होटेलले उहाको कामको द्क्षता देखेर बर्षको उत्कृष्ट कर्मचारीअवार्ड पनि दिएको थियो साथै दुई बर्ष पुग्नासाथ  प्रमोसन पाउदा आफ्नु काम को कदर भएको महसुश भएको बताउनु भयो।
 DUBAI  पछी सन २००६ मा एक प्रमोसन लिएर डेमी सेफ डि पार्टीमा (DCP ) उहा Dubai को  बुर्जकलिफ को  होटेल  अल  मन्जिल   छिर्नु भएको थियो, उक्त  होटेलमा एक बर्ष काम गरे लगत्तै उहालाई एस्ट अफ्रिकाको Libaya भन्ने देश मा  एक प्रमोसन लिएर (CDP ) मा काम गर्ने मौका पाएको बताउनु हुन्छ। आफु त्यहाँ बस्दा देखेको गृह युद्दका कारण अत्यन्त कारुणिक  जिबन यापन गर्नु परेका  लिबियानहरुको  दैनिकी आज पनि उहाको दिमागमा छ  । युएनको मिसन रहेको  हुनाले उहाले काम गर्ने  Radison Blu  होटेल निकै ब्यस्त रहन्थ्यो र केहि सुरक्षित पनि थियो। त्यस ताकाका सयुक्त रास्ट संघका महासचिब कोफी अन्नान,कतारका राजा लगायतका हाई प्रोफाइल ब्यक्तीहरुलाई खाना बनाएर दिदा भण्डारीले  निकै प्रसंसा बटुल्नु भएको थियो । उक्त देशमा पाच तारे होटेल भनेको त्यही एउटा मात्र भएका कारण त्यसको ठुलो महत्व रहेको भण्डारी बताउनु हुन्छ। सन २००९  मा भण्डारी पुन कुबेत फर्कनु भयो र कुबेती कम्पनिको अनुरोधमा फेरि  युद्द ग्रस्त ईराकमा काम गर्न  जानु भयो! उहाले  इराक मिसनमा पनि निकै प्रसंसा पाएको र इराक प्रिडम सर्टीफिकेटद्वारा सम्मान गरेको बताउनु भयो। इराकबाट पुन कुबेत फर्के पछाडी उहाले फ्रान्सको चेन फुसनको ओपनरको रुपमा काम गर्ने मौका पाउनु भयो र जहाँ उहालाई सुसेफ ( Sue -Chef ) पद पनि सम्हाल्न दिइयो । सु-सेफ भए पछी उहाका सफलताका बाटाहरु खुल्दै गए , त्यती ठुलो होटेलमा एक जना पनि नेपाली  सुपरर्भाइजर नभएको अबस्थामा  आफुले  मेनेजर लेबलको जागिर मा पुग्दा  नेपाली सुसेफ भनेर सबै नेपालीहरुले सिर उच्च गर्ने मौका पाएको कुरा उहा संग कामगर्ने तत्कालिन साथीहरु  बताउछन  । सन २०१२ मा उहा  Qatar को प्रतिष्ठित होटेल स्टारवुड ग्रुप अन्तर्गत THE W होटेल मा काम गर्ने अबसर पाएपछि झन् आफुलाई खुसि महसुश हुनु का साथै आफ्नो परिश्रम को फल केहि हद पाएकोमा झन् बढ़ी  काम गर्ने प्रेरणा  मिलेको उहा बताउनु हुन्छ। जब सन २०१४ मा  उहाको शिरमा थप अभिभारा  थपियो जस अन्तर्गत चार आउटलेटको किचन इन्चार्जको रुपमा उहालाई जिम्मेवारी सुम्पियो र उहाको परिश्रम  र लगनसिलता  देखेर हालसालै कम्पनि ले सेफ दि कुसिन ( Chef  The  Cu-sen  ) को जिम्मेवारी सुम्पिएको उहाले बताउनु भयो!
यसरी आफ्नो कर्म र श्रम मा बिस्वाश गर्ने भण्डारी आफ्ना साथी  वा पाठकलाइ कुनै सानो वा अप्ठ्यारो काम भनेर हेला नगरी सके जति कोसिश गर्न सके आफ्नो श्रमको फल अबश्य  एक दिन पाउन समय नलाग्ने र  अरुको अगाडी उभिएर आत्म सम्मानका साथ बस्न र हिड्न सक्ने अबसर  मिल्ने कुरामा बिस्वस्त बनाउन चाहनु हुन्छ!! साथै उहाले काम गर्दाका समयमा  विभिन्न  मिडियाहरुले ऊहाका  सफलता को प्रसंसा गरेको पनि बताउनु भयो!
 हाल दोहा को W होटेलमा “सेफ दि कुसिन” पेसा मा काम गर्ने भण्डारीको परिवारमा आमा,बुवा,एक भाई,र ३ जना दिदी बहिनी हुनुहुन्छ। पहाडी जिल्ला रामेछाप बाट कर्म सुरु गरेका भण्डारीले आफ्नै कमाइ बाट  हाल राजधानीमा पक्की र सुबिधा  सम्पन्न  घर बनाउनुका साथै आफ्ना बहिनीहरुलाई राम्रो स्कुलमा अध्यापन गराउनु भएका भण्डारी अत्यन्त मिलनसार र  पारिश्रमिक भएको ऊहाका  सहकर्मीहरु बताउछन!!!

प्रतिक्रिया