महिलाको हत्या आरोपमा प्रिन्सीपल पक्राउ, निर्दोष रहेको भन्दै रिहाईको माग

इनेप्लिज २०७३ पुष २८ गते ४:२९ मा प्रकाशित

सुनसरी–सुनसरीको दुहबीस्थित माउन्ट मनास्लु बोर्डिङ्ग स्कुलमा एक महिलाको हत्या आरोपमा पक्राउ परेका स्कुलका संस्थापक एवम प्रिन्सीपल शंकर थापा निर्दोष भएको भन्दै रिहाईको माग गरिएको छ ।

दुहबी नागरिक समाजले पत्रकार सम्मेलन गदै थापालाई प्रहरीले बिनाकारण हत्यामा मुछ्न खोजेको भन्दै उनको रिहाईको माग गरेको हो ।
दुहबी ४ स्थित मनास्लु बोर्डिङ्ग स्कुलमा गत १४ गते पबित्रा बिष्टको घाँटी रेटी हत्या गरिएको अबस्थामा शव फेला परेको थियो । सोही बिद्यालयमा काम गर्ने बिष्टलाई थापाले नै हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरि हिरासतमा राखेर यातना दिनुका साथै परिवारका सदस्यलाई समेत भेट्न नदिएको पत्रकार सम्मेलनमा बताएका छन् ।

थापालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ ।

थापालाई स्वास्थ्य समस्या देखिएको भन्दै अदालतले अस्पताल राख्न आदेश दिदा समेत प्रहरीले नमानेको आफन्तजनको गुनासो छ । थापा प्याव्सनका केन्द्रिय सदस्य तथा दुहबी नागरिक समाजका पूर्व अध्यक्ष हुन् ।

स्रोत :रातो पाटी

प्रतिक्रिया