अमेरिकामा कार दुर्घटनामा मृत्यु भएकी ममता कंडेलको अन्तिम अन्त्येष्टि चितवनमा लगेर यसरी गरियो (बिशेष समाचार )थप तस्बिरहरु सहित

इनेप्लिज २०७३ पुष २० गते ०:१३ मा प्रकाशित

fotoflexer_photo

अमेरिकाको सियाटल वाशिंगटन राज्यमा कार दुर्घटनामा गत दिसम्बर १५ ,२०१६ मा निधन भएकी २१ बर्षीय प्रतिभाशाली विद्यार्थी ममता कंडेलको अन्तिम अन्त्येष्टि चितवनमा गरिएको छ l

गत दिसम्बर १५ ,२०१६ तारीख बिहीबार बिहान वाशिंगटन राज्यको १ सय ९५ राजमार्गमा दुर्घटना परि उनको घटनास्थल मै मृत्यु भएको थियो l अमेरिकाबाट उनको शवलाई नेपाल पुर्याउन झन्डै १५ दिन लागेको थियो l

उनको शवलाई अमेरिकाबाट थाई हवाई जहाज बाट गत दिसम्बर ३१ तारीख काठमाडौँ पुर्याइएको थियो भने उनको अन्त्येष्टि कार्यक्रम पूर्व प्रार्थना काठमाडौँको पुतली सड़क स्थित बेथशालोम चर्चमा गरिएको थियो l दिसम्बर ३१ तारिख नै रातारात उनको शवलाई काठमाडौँ बाट चितवन पुर्याएर जनवरी १,२०१७ तारीखका दिन अन्तिम अन्त्येष्टि गरिएको छ l

mamata-6

                                                    स्व ममता आफ्ना पिता संग डिसीमा 

उनलाई अंतिम मुख हेर्न कपिलवस्तु बाट हजूरबुवा ,हजुरआमा तथा अन्य स्थान बाट मामा माईजु र आफन्तहरु चितवन आएर अंतिम मुख हेरि सधैलाई ममता लाई भाव बिभोर हुँदै बिदा गरेका थिए l

वाशिंगटन राजमार्गमा उत्तर तर्फ गई रहेको अवस्थामा हिमपातको कारण सवारी साधन चिप्लिए पछि गाडी अनियन्त्रित भै अर्ध मालबाहक गाड़ीलाई ठोकिन पुगी त्यो गाडीले पनि अर्को गाडीलाई ठोके पछि ममताको मृत्यु भएको थियो l

लगनशील र होनहार स्व ममता कंडेल आइडाहो विश्वबिद्यालयमा समाज शास्त्रमा अध्ययनरत थिइन l जाड़ो मौसममा बिदाको लागि गत दिसम्बर १९ तारीख नेपाल जाने तैयारीमा समेत रहेकी ममताको मृत शरीर दिसम्बर ३१ तारीख बिहान काठमाडौँ पुगेको थियो l

mamata-10

                                                          स्व ममता डीसी का शर्मा परिवारको साथमा 

गत बर्ष डीसी महानगर क्षेत्रको भर्जिनियाको साउथ राइडिंग शहरमा आई ममताको पिता समेत डीसी वरपर आई घूमघाम गरेको सम्झना अझ ताजै रहेको र झल्झली ममताको याद आई रहने स्वास्थ्य परिचारिका दुर्गा पोखरेल शर्माले बताईन l

mamata-9

                                                       ममताले डीसीमा बसेको घरमा खिचेको तस्बिर 

इनेप्लिज संगको प्रत्यक्ष कुराकानीमा नेपाल बाट घूमघामको लागि छोरी भेट्न अमेरिका आएका आनन्दवन अस्पताल ,कुष्ठरोग नियोग नेपाल ( लेप्रोसी मिसन )का पूर्व प्रशिक्षक अधिकृत गोपाल हरि पोखरेलले स्व ममता कँडेल संग कार्यालय दुई बर्ष सम्म एउटै गाडीमा जाने गरेको स्मरण सुनाए l पोखरेलले स्व ममता मातापिता कि ज्ञानी छोरी तथा मेधावी बिद्यार्थी रहेको बताए l

mamata-7

                                               ममताले शर्मा दम्पति को सम्झना स्वरुप खिचेको तस्बिर 

ममता मा छायाचित्र खिच्ने अभिरुचि समेत रहेकोले ठुलो प्रकारको चित्रग्राहिणी(क्यामेरा ) समेत साथमा लिएर हिड्ने र चलाउने गरेको स्वास्थ्य परिचारिका दुर्गा पोखरेल शर्माले बताईन  l उनिले खिचिएका तस्बिरहरु पनि देखाईन l

पारिवारिक सूत्र अनुसार स्व ममता तथा उनका मातापिताले ईशाई धर्म मान्ने भएकोले ममतालाई ईशाई धर्म बिधि अनुसार उनको अन्तिम अन्त्येष्टि चितवनमा गरिएको हो l

mamata-3

              दुई बर्ष संग संगै कार्यालय गएका गोपाल हरि पोख्रेल र स्वास्थ्य परिचारिका दुर्गा पोख्रेल शर्मा 

स्व ममता को पिता दि लेप्रोसी मिसन नेपालका स्वदेश निर्देशक शोभाखर कंडेल हुन भने उनकी ममतामयी आमाको नाम लक्ष्मी कंडेल हो l ममता जून ६ ,१९९६ मा जन्मेर दिसम्बर १५, २०१६ मा अमेरिका कार दुर्घटना केवल २१ बर्ष को उमेरमा सवैलाई सधैको लागि संसार बाट विदा लिएर गएकी छिन् l

mamata-8

                                                    स्व ममताले डिसीमा खिचेको तस्बिर 

 स्व ममता कंडेललाई नेपाल पठाउन लाग्ने खर्च जुटाउन अमेरिकामा रहेको नेपालीहरुको बिद्यार्थी संगठन (एनएसए) गरेको कोष बृद्धि अभियान अन्तर्गत २० हजार डलर लक्ष्य राखेकोमा करीब २५ हजार डलर संकलन गरेको थियो l

mamata-9

                                                   स्व ममताले डिसीमा खिचेको तस्बिर 

mamata-5

                                          स्व ममताले डिसीमा  खिचेको  पैयू को फूल  

img_7746

चिरन्जीवी शर्माका छोरा को तस्बिर ३ बर्ष अगाडी ममताले काठमाडौँमा खिचेको 

img_7744

चितवनको यहि जंगलमा ममता को अन्तिम दाह संस्कार गरिएको 

img_7743 img_7739 img_7740 img_7741 img_7742

 तस्बिर सौजन्य : चिरिन्जीवी शर्मा ,काठमाडौँ  /सुरेन कुमार  थापा 

प्रतिक्रिया