नेपालमा पनि ईस्वी सुरु गरौं ?

इनेप्लिज २०७३ पुष १६ गते १७:३७ मा प्रकाशित

bimal-nepal

आज रातिबाट नयाँ साल २०१७ सुरु हुदै छ l संसारका २०० भन्दा बढ़ी मुलुकहरुले नया सालको उत्सव मनाउदै छन l तर नेपाल र इथियोपिया ले मनाउदैनन l उनीहरुको गौरब – आफ्नै सरकारी संबत छ l अचम्म हैन त, कस्तो संयोग ? दुबै संसारकै सबैभन्दा पछि परेका तन्नम देश हुन l सत्य कुरा यही हो l

अर्को संयोग, यी दुबै देश पराधीन हुनु परेन l शक्तिशाली भएर हो की, दुर्गम यी देशमा खासै आर्थिक लाभ नदेखेर गोराहरुले नलिएका हुन ? इतिहास लाई थाहा छ l महेन्द्रमालाको स्कूलिंग गरेका र आफुलाई ‘बीर नेपाली’ ठान्ने पुस्ताले यो सत्य कुरा पचाउने छैन l

बिक्रम संबत नेपालीको गौरव हुदै होइन l लिच्छबि, मल्ल र शाह राजाहरुले पनि बिक्रम संबत मानेका थिएनन l यो त १९०३ एडी मा चंद्र शमशेरले सुरु गरेका हुन l नेपालका आफ्नै संबत र पात्रोहरू पनि छन l

यो ग्लोब्लाइजेसन को युगमा नेपाल सरकारको बिक्रम संबत पात्रोको ढीपीले करोडौं नेपाली र नेपाल संग डील गर्ने अरु करोडौं बिदेशी लाई सकस भएको छ l मिति कन्भर्ट गर्नु पर्ने हरेक कारोबारमा l सही मिति कन्भर्ट हुन नसक्दा लाखौं नेपालीका २ वटा जन्म दिन छन l एउटा बास्तविक, अर्को पासपोर्ट अनुसारको l अरु कागज पत्रका रेकर्ड पनि गोलमाल छन l

डा. तारानाथ शर्मा ले आज भन्दा करीब ४० बर्ष अगाडि नै पंचायत कालमा नेपालले ईश्वी संबत अपनाउन पर्छ भनेर निबंध लेखेका थिए l.अति ब्यबहारिक सुझाऊ थियो त्यो, गवांर पञ्चहरुले किन कुरा बुझथे र !

राजस्थानबाट बिक्रमादित्यले सुरु गरेको पात्रोलाई भारतले त त्यागेको छ भने नेपाल सरकारले राख्नुको कुनै तुक छैन l सरकारी कामकाज र ज्योतिषीको तिथि-साईत बाहेक यो पात्रो अंत प्रयोग हुन्न l नेपालका निजी क्षेत्र र इन्टरनेट पुस्ताले बिक्रम छाडिसके l

महेन्द्रमाला पुस्ता भने बिक्रम संबत नेपालीको मौलिक पहिचान हो भन्छ l तर नेपाल जाग्ने बेला आयो र नेपालको आधिकारिक पात्रो ईस्वी संबत बनाइयोस l भारत, चीन, जापान जस्ता देशले आफ्नो संबत छाडेर ईस्वी लिन हुन्छ भने नेपालले किन नहुने?

नया साल २०१७ ले सबैमा सदबुद्धि लिएर आओस !

प्रतिक्रिया