मेरिल्याण्डका नेपाली समुदाय मंदिर तथा सामुदायिक भवन बनाउन जागे र कीर्तिमान कायम गर्ने लागे l

इनेप्लिज २०७३ पुष १६ गते ३:४७ मा प्रकाशित

bj

अमेरिकामा हड्डी चिसो पार्ने मौसम छ l यस्तो ठिहिमा पनि मेरी ल्याण्डका नेपाली समुदायले अरूको शरीर तथा मस्तिष्क तताउने प्रकारका गुरु योजना एक पछि अर्को ल्याएर आश्चर्य बनाई दिएका छन l

भनिन्छ ,जहाँ ईक्षा त्यहा उपाय भने झै अमेरिकाको मेरील्याण्ड राज्यमा बसोबास गर्ने नेपालीलाई समुदायको लागि केहि गर्ने ईक्षा अन्तर मन बाट जागेको महसूस गरिएको छ l जे गर्ने सोच्यो फत्ते गरेर छोड़ने मेरिल्याण्डका नेपाली समुदायलाई मठ मंदिर र सामुदायिक भवन बनाउने तर्फ भूत सवार भएको छ l

आँट गर्यो कि काम फत्ते गरेर छोड़ने हिम्मतवाला तथा जोशीला समुदाय अहोरात्र यस बिषयमा घोत्लिने देखिएको छ l सामाजिक सञ्जालमा यत्र तत्र सर्बत्र उदाहरणीय समाचार सुन्न र पढ़न पाइने भएको छ l

स्मरण रहोस, मेरिल्याण्ड राज्य अमेरिकाको सबै भन्दा धनि राज्य हो l जस्मा मध्यम वर्गको पारिवारिक आम्दानी कम्तिमा पनि ७५ हजार डलर भन्दा माथि छ भने सबै भन्दा धनि काउंटी (जिल्ला या प्रान्त) भर्जिनिया को लाउडन काउंटी हो l यी दुबै राज्य तथा जिल्लामा नेपालीको बस्ति बाक्लो छ l मेरिल्याण्डमा क्षेत्रमा प्रसस्त नेपालीहरु ब्यबसाय गरेर जमेर बसेका छन l बिगत एक दशक देखि नेपालीहरु धनि बन्दै गरेको अवस्था छ l तर नेपालीहरुको जनसंख्या न्यूनतम रहेको छ l काम गरेर खानेको पनि कमी छैन l

तथापि नेपालीहरुको बसोबास क्रमस बढ्दै गएकोले मंदिर तथा सामुदायिक भवन बनाउन ब्यक्ति तथा संघ/संस्थाहरु तातेका छन l होड़बाजी पनि हुने छाँट देखिएको छ l यस भेकमा नेपाली समुदाय भित्र दानवीर प्रसस्त रहेका छन l मन पनि छ धन पनि भएकोले मंदिर र सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग गर्न पछि नहटने देखिएको छ l समुदायको बेजोड़ यहि हौशला प्राप्त गरेको कारण मेरिल्याण्ड राज्यमा मात्र दुई वटा मंदिर र दुई वटा सामुदायिक भवन बन्ने भएकोमा सबैमा हर्ष जागेको छ

आखिर मेरिल्याण्डका नेपाली समुदाय मठ मंदिर तथा सामुदायिक भवन बनाउन किन जागेका छन ? मेरिल्याण्ड राज्यले अमेरिका भरका सबै राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई घोषणा गरे अनुसार मठ मंदिर र सामुदायिक भवन बनाए भने कीर्तिमान कायम गर्ने संभावना रहेको छ l मेरील्याण्डवासिका जोश जाँगर ,योजना ,समुदाय को समर्पण देख्दा निश्चित रुपमा यस राज्यमा ४ वटा छिटै मंदिर र सामुदायिक भवन देख्न अवश्य पाईने छ l प्रतीक्षा गरौ समयले बताउने छ l

हाल सम्म नेपाली समुदायको पहलमा बिगत १५ /१६ बर्ष देखि भिषण संघर्ष गर्दै यहि डीसी महानगर क्षेत्रका नेपाली समुदायको अथक प्रयास बाट नेपाल शिक्षा तथा सांस्कृतिक केंद्र ( इनईसीसी) तथा पशुपति बुद्ध मंदिर समेत निर्माण हुन सकेको छ l

मंदिरमा अझ पनि थुप्रै गर्नु पर्ने कामहरु रहेका छन l नेपाल शिक्षा तथा सांस्कृतिक केंद्र ( इनईसीसी) बनाउँदा पनि ठुलो आर्थिक संकट को सामना गर्नु परेको थियो l यस मंदिरलाई पनि नगद नदिई लागो (भाका ) राख्ने हरु प्रसस्त चन्दादाता रहेका थिए l असुलिको लागि अनुगमन गर्ने काम पनि नभएको हैन l

सबै नेपालीहरुको आस्थाको केंद्र बिंदु तथा सबैको साझा मंदिर पशुपति बुद्ध मंदिर हुन सकेकोमा हर्ष ब्यक्त गरे गर्दै सभापति खिलेंद्र नेउपानेले भारतीय समुदायले शहर ,टोल समेतमा मंदिर र सामुदायिक भवन बनाएका छन भने नेपालीले बनाउने हो भने त्यों भन्दा खुसीको कुरा केहि हुदैन भने l

यहि मेरिल्याण्ड राज्यमा बाल्टीमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना )ले पनि सन २०१२ देखि सामुदायिक भवन निर्माण हेतु १ लाख ६३ हजार डलर चंदादाताले लागो(बाकी) मुद्रा दिने भाका दिएका थिए l १ लाख ६३ हजार डलर लागो भन्नेहरुमा अहिले सम्म करीब २५ हजार डालर मात्र प्राप्त भएको आधिकारिक संजालमा देखिएको छ l

बानाका अध्यक्ष कुलमणि आश्चर्यले सामुदायिक भवन बनाउन हामी कटिबद्ध रहेको बताए l करीब २ महीना भित्र जग्गा को टुङ्गो लाग्ने बताए l बॉल्टिमोर क्षेत्रमा चंदा दिनेहरु संग संकलन गर्नु पर्ने भएको बताउँदै बाल्टीमोर क्षेत्रको लागि नेपाली समुदायको लागि बनाइने भएकोले यसलाई पहिला समुदायबाट फत्ते गर्दा राम्रो हुने बताए l बानाका पूर्व अध्यक्ष बिजय श्रेष्ठले यस भेकका नेपाली समुदायको हितको लागि सामुदायिक भवन बनाउन यज्ञ पनि गरेको स्मरण गराए l

आफुले पनि बोलेको रकम दिने कुरामा प्रतिबद्धता जाहिर गरेका छन l स्वयं सेवक रुपमा काम गर्नु पर्ने भएकोले सामुदायिक भवन बन्न ढिलो हुन गएको कुरा बताए l मेरिल्याण्ड राज्यमा बानाले पनि सामुदायिक भवन बनाउने दिशा तर्फ उन्मुख छ l बानामा २५ हजार डलर दिने सम्म चन्दा दाता रहेका छन l लागो (भोली पर्सी दिने भाका) को कारण रकम संकलन हुन सकेको देखिदैन l

मेरिल्याण्ड राज्य मै , गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखा ले पनि एनआरएन सामुदायिक भवन बनाउने योजना मा रहेको जेदू पोखरेलले बताए l र उनले गत दिसम्बर १२ तारीख समुदायलाई बोलाएर अन्तरक्रिया कार्यक्रम राखी सुझाव र सल्लाह मागेका थिए l

स्मरण रहोस , एनआरएन मेरील्याण्ड शाखाले जे बोल्छ त्यो गर्छ l प्रमाणित गरि सकेको छ l नेपाली समुदाय कै इतिहासमा नेपाली भाषामा सवारी साधन चालक अनुमति पत्र मा लिखित परीक्षा मेरिल्याण्ड राज्यको यातायात संस्थानबाट दिलाएको थियो l

यसै गरि मेरील्याण्ड राज्य कै बाल्टीमोरमा नेपाली अमेरिकन कल्चरल सेंटर ( नेपाली अमेरिकन सांस्कृतिक केंद्र ) को पहलमा गरिएको एउटा पहलमा समुदायले अभूतपूर्व सफल हासिल गरेका छन l मीठा र उत्प्रेरणा मूलक सन्देश द्वारा समुदाय लाई उत्प्रेरणा गर्दा १ लाख १६ हजार डलर चन्दा दाताको नाम समेत सूचि निकालिएको छ l

यति सम्म कि खरीद गर्ने भवन समेतको छायाचित्र देखाईएको छ l र किन्ने भवन को दाम १ लाख ५० हजार डलर राखिएको भएता पनि ९० हजार मा कुरा मिल्ने भएको छ l गत दिसम्बर २७ तारीख भित्र १ लाख २० हजार डलर उठेको छ l

सबैले भन्दा सहयोग गर्ने बचन बद्धता दिएका छन l ५ हजार देखि १० हजार डलर सम्म चन्दा दिने दानवीर हरु देखा परेका छन l मेरिल्याण्डका नेपाली समुदायले बोले पछि पुर्याउने छन l केहि दिन भित्र नै १ लाख २० हजार उठ्नु नै सबै भन्दा ठुलो उपलब्धि मान्नु पर्छ l हातमा न परेता पनि प्रतिबद्धता नै ठुलो कुरा हुन्छ l मंदिरको लागि दिने भनेको रकम लागो (पछि दिने ) रहेको बुझिएको छ l बोलेको कुरालाई केवल अनुगमन गर्नु पर्ने अपरिहार्य हुन्छ l

मेरिल्याण्डका नेपाली समुदाय यसरी जागेका छन l र ,मंदिर तथा सामुदायिक भवन बनाउन यसरी लागि परेका छन l अमेरिकाको कुनै पनि राज्य तथा शहरमा नेपाली समुदाय द्वारा यसरी बनाइएको अभिलेख अहिले सम्म प्राप्त नभएकोले यदि यी सबै काम को सुरुवात भए र फत्ते हुने भने मेरील्याण्डका नेपालीले कीर्तिमान कायम गर्ने छन l

नया बर्ष २०१७ को शुभकामना सहित मठ मंदिर र सामुदायिक भवन शिघ्र बनोस l

प्रतिक्रिया