मैले चिनेको कमलमणिसँगै साहित्यको एउटा अध्यायको अन्त्य

इनेप्लिज २०७३ पुष १५ गते ८:३१ मा प्रकाशित

govinda-sing-rawat (1)

नेपाली बाङ्मयको एउटा खाँबोका रुपमा चिनिदै आउनु भएका श्रदेय कमलमणि दीक्षितको निधनको समाचार डढेलो जस्तै संसारभरी नै फैलियो । नेपाली भाषा–साहित्यका धरोहर कमलमणी दीक्षितको बिहीबार बिहान निधन भएको छ । यो समाचारले म जस्तै धरैलाई स्तब्ध बनाएको छ । उनी नेपाली साहित्यका कहिल्यै नअस्ताउने ताराका रुपमा सधै चम्कीरहनु हुने छ । ७० वटा भन्दाबढी उत्कृष्ट र अन्वेषणात्मक कृति जन्माएर नेपाली साहित्यको ढुकुटी भरीदिएर उनले गरेको साहित्यिक योगदानको मूल्याङ्कन कसैले गर्न सक्दैन । उनको निधनपछि नेपाली भाषा र साहित्यका प्रथम अन्वेषक तथा साहित्यको एउटा स्वर्णिम इतिहासको अन्त्य भएको छ । उनको निधनबाट नेपाली साहित्यका लागि ठुलो क्षति भएको छ । धेरै मानिसलाई सादा जीवन मन पर्छ भने श्रदेय कमलमणिलाई साहित्य जीवन मन प¥थ्यो ।

उनी भीडबाट अलग्यै बसेर अन्वेषण गर्न रुचाउने मान्छे भएकोले कतै कुनै पदमा बसेको सुनिएन । राणाकालमा राणाहरुको एकतन्त्रिया शासन व्यवस्था चलेको बेला धेरैनै साहित्यकारहरु देश छोडेर प्रदेशबाट साहित्य कर्म गरेको बेला कमलमणिले देशमा नै बसेर राणाहरुकै रोहवरमा राणालाई नै संरक्षक बनाएर अहिलेसम्म कै प्रतिष्ठित पुरस्कार मदन पुरस्कारको स्थापना गराएर नेपाली साहित्य सेवीहरुको सम्मान दिने कार्यको थालनी गराउनु भयो । त्यस्तै जगदम्बा पुरस्कारलेको स्थापना गराएर नेपाली भाषा र संस्कृतिको उत्थान र विकासका लागि योगदान पु¥याउनेलाई सम्मान गराउदै आउनु भयो । मदन पुस्तकालयको स्थापना गराएर नेपाली साहित्यको संरक्षण गर्दै आउनु भएको थियो । नेपालको सरकारले गर्न नसकेको काम वहाँ एक्लैले गर्दै आउनु भएको थियो । सरकारको संरक्षणमा रहेको राष्ट्रिय पुस्तकालय र केशर शमशेर राणाले स्थापना गराएको सरकारको स्वामित्वमा रहेको पुस्तकालयहरुका अवस्थाका बारेमा हामीले छापाहरुबाट प्रचीन ग्रन्थहरु हराएको, च्यातिएको र नष्ट हुँदै गएको बारेमा थाहा पाउदा दुख लाग्नुको बाहेक अरु केही गर्न सकिदैन ।

कमलमणि दाइसँग मेरो पहिलो भेट सन् १९८२ तिर भएको थियो । आफ्नो स्नातकोत्तरको अध्ययन पुरा गर्नका लागि नेपाली साहित्यमा मेघालयको योगदान शीर्षकको कार्यपत्रमा काम गर्दै थिए । मदन पुस्तकालयमा पूर्वाञ्चल भारतको पहिलो पत्रिका हिमान्द्री हेर्न पाइन्छ कि भनेर गएको थिए । त्यसबेला वहाँले पत्रिका देखाउन नमिल्ने नियमबारे जानकारी मात्र नगराएर मलाई आसामको साहित्यका बारेमा लेखिएका लेखहरुका बारेमा जानकारी गराउनु भएको थियो । वहाँलाई आसाम मेघालयका साहित्यकारहरुका बारेमा सम्पूर्ण जानकारी थियो । धेरै कुरा वहाँबाट मैले पाएको थिए । त्यसपछि वहाँप्रति मेरो श्रद्धा बढ्दै गयो । भेट्ने क्रम पनि बढ्दै गयो । त्यसपछि मेघालयबाट आउनु हुने प्रत्येक साहित्यकारहरुलाई मदन पुस्तकालय लिएर भेटघाट गराउने जिम्मा जस्तै भएको थियो । सन् १९९४ तिर मेघालयको नर्थ ईस्टर्न हिल युनिभर्सिटीले आयोजना गरेको मेघालयमा नेपालीहरुको भाषा र संस्कृतिबारेको गोष्ठीमा मैले नेपालीहरुको आगमन र भाषा साहित्यबारे कार्यपत्र प्रस्तुत गर्ने मौका पाएको थिए । उक्त गोष्ठीमा नेपालबाट श्रदेय कमलमणि दाइ पनि आमन्त्रित हुनु भएको थियो । वहाँले त्यस बेला शिलाङ्गका नेपालीहरुको गतिविधि र बस्तीसँगै नेपाली लेखकहरुसँगको भेटघाट कार्यक्रममा सँगै सहभागि बन्ने मौका पाएको थिए । पूर्वाञ्चल भारतको नेपाली साहित्यलाई मूलधारमा ल्याउन वहाँ पु¥याएको योगदान अतुलनीय रहेको छ ।

क्यानाडामा आएपछि यहाँबाट पत्रिका निकाल्ने कुरा चल्दा मैले आफ्नो संपादनमा पहिलोपटक नेपालबाहिरबाट निकाल्ने पत्रिकामा वहाँलाई समेट्ने इच्छा जाहिर गरेर फोनबाट अन्तरर्वाताका लागि अनुरोध गर्दा वहाँले एकै वाक्यमा तपाईले विदेशमा गएर पनि नेपाली भाषा साहित्यको सेवा गर्दै हुनुहुन्छ र म जाबोले अन्तरर्वाता पनि नदिने भन्ने पनि कतै हुन्छ भनेर लिखित अन्तरर्वाता दिनु भएको थियो । यो अन्तरर्वाता टोरोन्टोको नेपालिज क्यानेडियन कम्यसनिटी सर्भिसेस संस्थाबाट २००५ मा प्रकाशित सौगात पत्रिकामा छापिएको छ । त्यसपछि वहाँ मैले खबर सम्प्रेषण वेभ साईट शूरु गर्दा त्यसबेला युनिकोटबाट प्रिती र प्रितीबाट युनिकोड फन्टमा सार्न सधै गाहे पर्ने हुँदा म वहाँलाई ईमेल पठाएर सोध्ने गर्थे र वहाँले आफुले जान्को कुरा भनि दिने र नजानेको भए मदन पुस्तकालयका वेभ प्राविधिज्ञको ईमेल पठाएर मैले उनलाई जानकारी गराएसकेको छु । तपाईले सम्पर्क राखेर समस्या समाधान गर्नु होला भनेर सहयोग गर्दै आउनु भएको थियो । यक्यानाडाबाट नेपाल भ्रमणमा जाँदा मैले वहाँलाई भेट्दै आईरहेको थिए । अन्तिमपटक गत २०१५ को मार्चमा भेटेर गंगा कथा संग्रह बुझाएको थिए । वहाँ नेपाली साहित्यका आधुनिक युगका मोतिराम थिए । सधै नेपाली सहित्यको अन्वेषणमा लागि पर्ने बानी र नेपाली साहित्यको सेवा गर्नेहरुलाई माया गर्ने बानीले गर्दा वहाँ सबैका प्रिय हुनु हुन्थ्यो । उनका भाञ्जा क्यानाडा निवासी कदम अर्याल नेपाल भ्रमण भ्रमणमा रहदा मामाभाञ्जाको भेटमा समेत वहाँले मेरो बारेमा सोधपुछ गर्नु भएको बारे कदमजीले भन्दा मलाई सहित्यमा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिल्ने ग¥थ्यो । नेपाली भाषालाई डिजिटलमा ल्याउन, नेपाली भाषाको डिजिटल शब्दकोष बनाउन र नेपाली भाषालाई सबैको पहुँचसम्म पु¥याउनका लागि वहाँले गरेको अथक परिश्रमको मूल्याङ्कन कहिल्यै हुन सक्दैन । उनले सधै प्रजातन्त्रको स्थायित्वका लागि वकालात गर्दै रहे । २०४६ चैत्र ३ गते पञ्चायतकालको विरोधमा साहित्यकार र कलाकारहरुले त्रिचन्द्र क्याम्पसमा कालो पट्टी मुखमा लगाएर विरोध गर्दा हामीसँग वहाँ पनि हुनु हुन्थ्यो ।

श्रदेय कमलमणिदाइलाई श्वासप्रश्वाससम्बन्धी समस्या र छातीमा देखिएको ‘इन्फेक्सन’का कारण झण्डै ३ महिनादेखि बी एण्ड बी अस्पतालमा उपचाररत रहदा श्रदेय दाइलाई पछिल्लो सातामा निमोनिया समेतले ग्रसित बनाएको थियो । नेपाली साहित्यका साधक तथा अन्वेषक आदरणीय कमलमणि दाइलाई यही रोगले सधैका लागि हामीबाट चुडेर लाग्यो । ८७ वर्षको उमेरमा डिसेम्बर २८ का दिन अस्पतालमा वहाँको निधन भएको थियो ।‘सभा–समारोहको बढी औपचारिकता नरुचाउने कमल मणि दाइको सधैंको स्वभाव र परिवारको पनि त्यस्तै चाहनाअनुसार सार्वजनिक श्रद्धान्जलीका लागि कुनै स्थलमा नराखी’ वहाँलाई बिहीबार बिहान पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको थियो ।

मदन पुस्तकालय, मदन पुरस्कार तथा जगदम्बाश्री पुरस्कारका संस्थापक, नेपाली ऐतिहासिक समालोचनाका अभियन्ता, ७० भन्दा बढी ग्रन्थका लेखक श्रदेय कमलमणि दीक्षितको जन्म भदौ कुशे औँशीका दिन काठमाण्डौको गैह्रिधारामा भएको थियो । साहित्यिक अनुसन्धानमा थुप्रै कलम चलाउनु भएका दीक्षितले हिमालखबर पत्रिकामा पुस्तक सम्पदा स्तम्भमा २५ लेखहरु प्रकाशित गराउनु भएको थियो । ति सबै लेखहरु नेपाली भाषामा प्रकाशित ऐतिहासिक २५ कृति जसले देश र समाजमा अहँ भूमिका खेलेको थियोका बारेमा चर्चा गरिएको थियो । वहाँ आफ्नो यि लेखहरुको सँग्रह प्रकाशन गर्ने तरखरमा हुनुहुन्थ्यो । यसका साथै “जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास” नामक कृतिपनि प्रकाशन गर्ने तरखरमा हुनुहुन्थ्यो । यसकोलागी वरिष्ठ समालोचक दयाराम श्रेष्ठ लगायतका कतिपय वरिष्ठ लेखकहरुको सँलग्नता रहेको छ । मदन पुरस्कार गुठिका अध्यक्ष रहेर नेपालको नोबेल पुरस्कार मानिने मदन पुरस्कार तथा जगदम्बा पुरस्कार वितरण गरेर नेपाली साहित्यमा प्रत्यक्ष र अग्रज भूमिका खेल्ने श्रदेय कमलदाइलाई छन्द कवितामा विशेष दखल राख्ने र छन्दको प्रचार प्रसार, सँबद्र्धन र प्रयोगमा दत्तचित्त दीक्षित काठमाण्डौमा हुने कोठे कविता गोष्ठिको सँरक्षकपनि हुनुहुन्थ्यो । त्यसैले सो गोष्ठिका अध्यक्ष तथा कवि रमेश खकुरेल भन्नुहुन्छ “मैले त अभिभावक नै गुमाएँ ।” श्रदेय मदनदाइ असाध्य मिलनसार र मृदुभाषी हुनुहुन्थ्यो । नयाँ लेखकहरुलाई आफै सम्पर्क गरेर तिनका कृतिप्रति टिप्पणी गरेर हौसला प्रदान गर्ने गरेको अनुभव धेरै पटक गरेको छु । अन्तिमपटकको भेटमा वहाँले क्यनाडामा गएगरिएका गतिविधि र यहाँबाट प्रकाशित पत्रिका र पुस्तकहरुका नामाङ्कन रहेको देखाउदै यसको खोजीनीति गर्ने बारे जानकारी गराउनु भएको थियो । गत वर्ष पुष ३ गतेमात्र वहाँकी श्रीमति अन्जुदेवी दीक्षितको लामो समय कोमामा रहेर निधन भएको थियो । साहित्यकार दीक्षितका दुई छोरा कनकमणि दीक्षित तथा कुन्द दीक्षित र छोरी रुपा जोशी रहेका छन् ।

वहाँको योगदानको सम्मान गर्दै साहित्यको क्षेत्रमा वहाँको नामबाट सबैभन्दा ठूलो पुरस्कारको स्थापना गर्न वहाँका परिवारमा अनुरोध गर्दै शब्द श्रद्धाञ्जली अर्पण गर्दछु ।

प्रतिक्रिया