ओबामाले ३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घन्टा भित्र अमेरिका छोड़न आदेश

इनेप्लिज २०७३ पुष १५ गते १:०३ मा प्रकाशित

fotoflexer_photo

अमेरिकन चुनाव प्रक्रियामा अनाधिकृत प्रवेश (ह्याक)गरेको आरोप र त्यस्मा संलग्न रहेको भन्दै ३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घन्टा भित्र अमेरिका छोड़न आदेश दिएको छ l आज दिसम्बर २९ तारीख अमेरिकन राष्ट्रपति ओबामाले अभूतपूर्व कदम चाल्दै २०१६ मा भएको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउदै यस्तो निर्णयमा पुगेको एक बक्तब्यमा भनिएको छ l

जस अनुसार ओबामा प्रशासनले रूस को संलग्नता को ब्याख्या गर्दै महत्वपूर्ण द्वेषपूर्ण साइबर ( साङ्गणिक) क्रियाकलाप गरेकोले ४ रुसी बिशेष ब्यक्ति तथा ५ रसियन संस्थालाई छोड़न अनुमोदन गरेको जनाएको छ l

ओबामा प्रशासनले ३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घन्टा भित्र अमेरिका छोड़न आदेश दिएको छ भने म्यारील्याण्ड र न्यू योर्कमा रहेको प्रांगण पनि बंद गरिएको छ l उक्त अनुमोदित गरिएको सुचिमा अमेरिकाले पहिलो पटक रुसी कूटनीतिज्ञ को निर्वाचनमा संलग्न गरेको भनी नाम नै सार्बजनिक गरेको छ l

व्हाइट हाउसले एक बिज्ञप्ती जारी गर्दै रूसको साइबर क्रियाकलापले अमेरिकन चुनाबलाई प्रभाव पर्ने उद्देश्यले गरिएको जस्ले अमेरिकन प्रजान्त्रिक संस्थालाई नष्ट गर्ने र चुनाब पद्धतिको अखंडता को बिजारोपण मा दुबिधा निम्त्याउने तथा अमेरिकन संस्थालाई नै कमजोरी बनाउने छ भनी उल्लेख गरेको छ l

यस्तो खालको क्रियाकलाप कदापि स्वीकार्य तथा मान्य नहुने भनी व्हाइट हाउसको बिज्ञप्तीमा जनाइएको छ l उक्त विज्ञप्ति अनुसार व्हाइट हाउस ,वित्तीय बिभाग तथा सरकारले ९ वटा संस्था तथा अन्य समेतले चुनाबमा हस्तक्षेप गरेको आरोप लगाउदै उक्त निर्णय अनुमोदन गरेको सिएनएनमा समाचार छ l

जीआरयु तथा एफ एसबी नामक दुई रुसी गुप्त समाचार सेवा तथा चार अन्य अधिकृत तथा अन्य तीन संस्थाहरु (कंपनी )ले जीआरयु लाई सहयोग गरेको बताएका छन l यसै बीचमा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले यो हाम्रो राष्ट्र अगाडि बढ़ने र ठुलो र उत्तम कुरा गर्ने हो भनी बक्तब्य समेत निकालेका छन l

रूसले पनि आफ्नो प्रतिक्रिया जनाई सकेको छ र यसको विरुद्ध कदम चाल्ने रूस का मंत्रालयका प्रतिनिधिले प्रतिउत्तर दिएका छन l तर तुरुन्तै यसको बदलामा के गर्ने जनाएको छैन l

अमेरिकन संसदका सभामुख पाउल रायनले अनुमोदित पुरानो भई सकेको भन्दै ८ बर्ष को रूस संगको असफल नीति को अन्त्य गर्ने उपयुक्त मार्ग भनी राष्ट्रपति ओबामा प्रशासनलाई ब्यङ्ग्य हानेका छन l

प्रतिक्रिया