अमेरिकामा पनि काममा ढिलो पुग्नेको संख्यामा कमि छैन ?

इनेप्लिज २०७३ पुष १३ गते ३:१७ मा प्रकाशित

 

img_7416-copy

समय पैसा हो l समयको महत्व बारे कसैलाई पनि ब्याख्या गरि रहनु नपर्ला l अमेरिकामा समयको ज्यादै महत्व छ l पालना गर्ने पर्छ l यसो नगरे जीवनमा धेरै दुःख स्वयंले पाउदछ l समय पालना नगर्ने लाई जागीर बाट निष्काशित गर्न केहि समय नै लाग्दैन l

अमेरिकामा समय संग कहिले पनि समझौता गरिदैन l तथापि अमेरिकामा पनि ढिलो कार्यालय पुग्नेको संख्या पनि कमी छैन l अमेरिकाका करीब पचास प्रतिसत भन्दा ज्यादाले समय मा काममा पुग्ने बताएका छन l

अमेरिकामा कम्तिमा पनि हप्तामा एक पटक प्रायः जसो मानिस काममा ढिलो पुगेको स्वीकार छन l एक आंकड़ा अनुसार करीब १९ प्रतिसत अमेरिकन कम्तिमा हप्तामा एक पटक बिलम्ब काममा पुग्ने भनी आफुले स्वीकार गरेका छन l

अमेरिकामा कम्तिमा ५ जनामा १ जना काममा ढिलो पुग्ने तथ्याङ्कले देखाएको छ l तर ४० प्रतिसत ले समयमा नै काममा पुग्ने तथ्याङ्कले देखाएको छ l तथ्याङ्क अनुसार १८ देखि ३४ बर्ष ,३४ देखि ५४ बर्ष ,र ५५ बर्ष माथिका समूहमा गरिएको अनुसन्धान र अंतर वार्ता अनुसार यस्तो नतीजा देखिएको छ l

१८ देखि ३४ बर्ष का कर्मचारीले काममा ढिलो पुगेको अवस्थालाई ग्लानी गरेका छन भने कमसेकम ढिलो पुगेको मा क्षमापार्थी भन्न चाहेका छन l ३४ देखि ५४ र ५५ बर्ष देखि माथि उमेरका कामदारहरु भन्दा १८ देखि ३४ बर्षका कामदार कहिले पनि काममा ढिलो नपुग्ने दाबी पनि गर्छन l

late-charts

सिडनी हाफेनले गरेको सर्बेक्षण अनुसार हाकिमले १५ मिनट भन्दा ज्यादालाई ढिलो ठान्ने भएता पनि उनीहरुले ५ मिनट भन्दा ढिलो पुगेमा आफू ढिलो पुगेको महसूस गर्ने गरेको उक्त तथ्यांकमा उल्लेख गरेको छ l

युगब अनुसार ४१ प्रतिसतले यातायातको समस्याले ढिलो मुख्य कारक तत्व बताएका छन l र ,२८ प्रतिसतले मौसमको कारण ढिलो काममा पुग्ने समेत जनाएका छन l ४३ प्रतिसतले छोराछोरी तथा पारिवारिक कारण ले उनीहरुलाई रेखदेख गर्नु पर्ने भएकोले पनि काममा ढिलो पुग्ने स्वीकार गरेका छन l

तर सबै भन्दा ज्यादा हिमपातको समयमा सबै भन्दा ढिलो काममा पुग्ने उक्त सर्बेक्षणमा देखाएको छ l औसतमा ज्यादा सुत्ने र मौसमको कारण काममा ढिलो हुने सहर्ष स्वीकार गरेका छन l

प्रतिक्रिया