बस दुर्घटना हुँदा १३ घाइते

इनेप्लिज २०७३ पुष १२ गते ११:१४ मा प्रकाशित

a; b'3{6gfdf !# 3fOt] kf]v/f–@# lgd{nkf]v/Ll:yt lzjfno rf]sdf dªunaf/ laxfg a; b'3{6gf x'Fbf p4f/sf nflu k'u]sf :yfgLojf;L . u!v #!@@ g+ sf] a; kmsf{pg] qmddf ;8saf6 !#@ ld tn hªundf v:bf !# hgf 3fOt] ePsf 5g . tl:a/ M xl/ af:tf]nf, kf]v/f, /f;;

पोखरा, १२ पुस । पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरीस्थित शिवालय चोकमा आज बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

पोखरा–२४ कृस्तिनाच्ने चौरबाट बिहान छुटेको ग१ख ३१२२ नं को बस शिवालय चोकबाट फर्काउने क्रममा सडकबाट १३२ मि तल जङ्गलमा खसेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको, पाँच जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको तथा बाँकी उपचारपछि घर फर्किसकेको बताइएको छ ।

अधिकांश घाइतेको टाउको, हातखुट्टा लगायत शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ । बस फर्केपछि चढ्नुपर्ला भनी बाटोमा कुर्दै बसेका प्रत्यक्षदर्शी छोरेपाटन मावि ११का सबिन पौडेलले हेर्दाहेर्दै आँखा अगाडि बस जङ्गलमा खसेको बताउँदै दुर्घटनाको अवस्था हेर्दा मानवीय क्षति कम भएको जानकारी दिनुभयो ।

घटना हुनासाथ च्यापिएका बसका चालक र अर्का एक व्यक्तिलाई स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । गाडीका चालक र सहचालक गम्भीर घाइते छन् । उपचारमा आएकामध्ये पाँच जनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया