किन मारिन्छन पत्रकार ?

इनेप्लिज २०७३ पुष १० गते १३:४१ मा प्रकाशित

d

भनिन्छ ‘पत्रकारिताको क्षणलाई निहाल्दै जादा काब्य बन्न सक्छ । हिजोको बर्तमान आजको इतिहास, आजको बर्तमान भोलिको काल खण्ड हो । त्यसैले पत्रकार भनेको राज्यको चौथो अङ्ग हो ।’ स्वतन्त्र भएर कलम चलाउन पाउँनु पत्रकारको पहिचान हो । कुनै पनि विषयमा पत्रकारले कलम चलाउनु पर्दा, त्यस वेला कलमको मसी रगत भन्दा शुद्ध भएको ठान्नु पर्दछ । पत्रकारले आफ्नो अगाडी जे देख्छ, सधै त्यहि लेख्छ । पत्रकारलाई कसैले यो वा त्यो लेख भनेर सिकाउनु पदैन र आवश्यक पनि छैन ।

1475061525_press-attackfinal

जसलाई सुझावको खाँचो छ, त्यसैलाई सुझाव दिदाँ उपयुक्त हुन्छ । राजनैतिक दलको भातृसंगठनमा आवद्ध भएका पत्रकार हुन भन्दैमा पत्रकार कसैका अन्धभक्त हैनन् । राज्यले पनि पत्रकारलाई चौथो अङ्गको विल्ला भिडाएर पानी माथिको ओभानो बन्न खोच्नु पत्रकार जगतका लागि ‘वैरी’ नै हो । राज्यले घोषाणा गरेको चौथो अङ्ग अनुसार पत्रकारले शान्ति सुरक्षा लगाएको प्रत्याभूति गर्न पाएका छन कि छैनन् ? गरेका छन, भने किन दिन दाहदै मारिएको छन ? खाउँला लाउँला भन्ने उम्मेरमै किन ‘यमलोक’ पुग्ने गर्दछन ? यति मात्र नभई मिसन, ब्यवसायिक र खोज पत्रकारिता गर्दा आफ्नै सहकर्मीबाट झन जोखिम उठाउनु पर्छ ।

यो पंक्तिकार पनि कुनै वेला कलम चलाउँदै गर्दा आफ्नै सहकर्मी र सरकारी पदमा वाहालवाला कमर्चारीको मिलेमतोम गरिएको हत्याको योजनाबाट अर्थात मृत्युको मुखबाट बाँच्न सफल गएको थियो । त्यसवेला संख्यात्मक रुपमा एक जुट र योजनाबद्ध तरीकाले विहान एक्लै अफिस जादैं गरको मौकाछोपि विच वाटोबाट अपहरण गरी सार्वजनिक स्थलमा सवैले देख्न सक्छन भनेर एउटा होटलको कोटामा लिएका थिए । त्यहाँ उनीहरुले सक्ने जति सवै गरे तर ज्यान लिन आफै डराए । सायद ‘उनीहरुमा सत्यका अगाडी मूखताको घमण्ड थियो ।’ ‘द्वेषी’ हरुले बनाएको योजना र प्रयोग र्ने तरीका आलाकाँचोपन थियो । उनीहरुमा ‘बल भन्दा बुद्धीले काम गर्दछ ।’ भन्ने भनाईको बुझाई कम थियो । संयोगले ‘अरि’ बाट बचियो । त्यसैले ‘जसलाई चोट लागेको हुन्छ, त्यसलाई मात्र पीडा थाहाँ हुन्छ ।’ अनुभव र अनूभूति नभएकाहरुलाई त्यसको के थाहाँ हुन्छ ? त्यसैले एउटा पत्रकारको न त जीवनको सुरक्षा छ, न त्यसको भविष्य नै छ । कुन वेला कहाँ आफुले ज्यान गुमाउनु पर्ने हो, चिन्ता, डर र त्रासको वियय मात्र छ । जसको ज्वलन्त उदाहरण हो, करिव यहि हप्ता विश्व सञ्चार स्वतन्त्रता समुह (प्रेस फ्रिड्म ग्रुप) ले सन् २०१६ को अवधिभित्र ५७ जना पत्रकारको मारिएका तथ्य सार्वजनिक गुर्न ।

यसले गर्दा मलाई समेत पुरानो घाँउ पुर्नःबल्झाई दिएको छ । सुन्दा पनि अप्रत्यारसिलो तथ्य सार्वजनिक हुदाँ आफ्नै पेशाप्रति घणा र राज्य, विद्रोहि र अज्ञत समुह प्रति वितृष्णा पैदा भएको छ । ‘नखाउत दिन भरीको सिकार, खाउत कान्छा बाको अनुहार ।’ भनेको जस्तो भएको छ । कलम चलाउँदै गर्दा पत्रकारको गल्ति पनि हुन सक्छन । ‘गल्ति नगर्ने मान्छे पनि हुँदैन, गल्ति दोहो¥याउने मान्छे पनी हुँदैन ।’ हुनु पर्ने समाजमा रुपान्तरित नै हो । ‘जहाँ समस्या हुन्छ, त्यहाँ समस्याको समधान पनि हुन्छ ।’ यदि पत्रकाले लेखेको विषयमा चित बुझेको छैन, आफ्नो मानहानी भएको छ भने, त्यसको १५ दिनभित्र पीडित पक्षले न्यायको ढोकासम्म पुग्न सक्छ । तर कानुनि प्रक्रियाको बाटो छदाछदै किन पत्रकारको ज्यान नै लिन पुग्छन ? ज्यान दिएपछि सवै समस्यको समधान हुन्छ ? यदि पत्रकारको मात्र नभएर कसैले कसैको ज्यान लिएर समस्याको समधान खोज्नु भयो भने, जीवनमा त्यो भन्दा ठूलो भूल अरु हुने छैन र त्यसको भारी मुल्य चुकाउनु पर्ने छ । त्यसैले आउहोस अन्याय परेको छ भने, छलफल गरौं, मध्यमार्ग बाटोको खोजि गरौं, पीडितलाई न्याय दिलाउन लागौं । असत्य नै हो भने सम्बन्धी सञ्चारमध्यमबाट सच्याउन लगाऔं । प्रमाण सहित खण्डन लेखि प्रसारण÷प्रकाशन गर्न लगाऔं । प्रेस विज्ञप्ती जारी गरौं । यस्ता तनाम मार्ग प्रशसस्त्रका बाटाहरु छदाछदैं किन पत्रकारको ज्यान नै लिनु पर्ने ? के पत्रकारलाई घरपरिवार, समाज, राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता लगाएका अन्य विषयको माया ममर्ता भएको हुदैन ? पेशा पत्रकार भएपनि पत्रकारले गर्ने काम सामाजिक, आर्थिक, राजनीतिक, देशको समृद्धी, आवाज विहिनहरुको आवाज वन्नु, अन्यायमा परेकाहरुलाई न्यायको ढोकासम्म पु¥याउनु, संसारमा भएका सम्पूर्ण गतिविधिलाई नागरिकसम्म पु¥याई कसैलाई सूचनाको हकबाट बन्चित नगराउनु नै हो । यो काम गर्नु पत्रकारको गल्ति हो ? गल्ति हो भने, जो कोहीले एउटा कुराको सधै ख्याल गर्नु अनिवार्य छ । एउटा दुईटा पत्रकारलाई निशाना बनाएर सिध्याउनु होला तर उसको विचारलाई मार्न सक्नुहुने छैन । संसारका आमूल परिवर्तनहरु पत्रकार विना भएका छैन । जव पत्रकारको आवाजलाई बन्द गर्ने खोज्यो भने त्यसका दिन गन्ति सुरु हुन्छन । त्यो चाहे सहकर्मी, राज्य, विद्रोही वा अज्ञत समूह किन नहोस । पछिल्लो रिर्पोटले सिरिया, अफगानिस्तान, मेक्स्किो, फ्रान्स, इराक लगाएका देशमा पत्रकारको हत्या धेरै हुने गरेको देखाएको छ । यो पत्रकारका लागि एकदम दुःखत खबर हो । सन २०१५ मा ६७ जना पत्रकार मारिएका थिए । यो वर्ष पत्रकारको मृत्युको संख्यामा कमि आएपनि मुत्युको अवस्था भने गत वर्षको भन्दा निकै दर्दनाक, पिडादायी र विभङस तरिकाले गरिएको छ ।

समाचार संकलन गर्नको लागि खटिएका पत्रकार नै अत्यन्तै खोखिम मोलिरहेको अवस्थामा दुवै पक्षबाट मारिएका छन । आखिर पत्रकार नै किन मारिन्छन ? पत्रकारले के चाहेका हुन्छन ? किन पत्रकार मारिन्छन ? यसको जवाफ कसले दिने ? सम्बन्धी सञ्चारमाध्यमा केही समाचार प्रकाशित÷प्रशारण हुन्छ, केही समयमै ज्यान मार्ने धम्की आउँछ, उस्तै परे धम्किको केही सयम वित्न नपाउँदै पत्रकार मारिएको खवर सोही सञ्चारमाध्यमबाट प्रकाशित÷प्रशारित हुन्छ । हेर्नुहोस त ! सम्बन्धी निकाय मैन हुन्छ । आखिर पत्रकारलाई यस्तो अवस्था किन आयो ? के पत्रकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेका हुन ? हैन भने आफ्नो पक्षको समाचार सम्प्रेषण नभएकै वाहाना बनाएर पत्रकार किन मारिन्छ ? यस्ता यस्तै प्रश्नको उत्तर दिन सक्नु पर्दछ सम्बन्धि घटनासँग जोडिएकहले ? पछिल्लो समयमा पत्रकारितालाई राजनीतिक क्षेत्र मनाउने गरियो । कोही नेताबाट पत्रकार बने, कोही पत्रकारबाट नेता बने । त्यसैको परिणाम आज पत्रकारहरु भोग्दै गएका छन । पत्रकार समाजमा सत्य, तथ्य, नीति, आचार, दर्शन र विचारमा कलम चलाउनेहरु कहिल्यै स्वतन्त्र भएनन् । पत्रकारिता क्षेत्रलाई कसैले राम्रो मान्ने गरेका छन त कसैले नराम्रो मान्ने मानेका छन । किन की समाज वर्गीय छ । यहाँ फरक–फरक विचार बोकेका मानिसहरुको बसोवास छ । कसैले पौरव गरेर जीवन निर्वाह गरेको देख्न चाहान्छ त कसैले चाहादैंनन् । यस्तै वर्गीय समाजसँग जोडिएको छ, विश्वको जगतको पत्रकारिता । पत्रकारहरु पनि कुनै अर्को ग्रहवाट आएका वा छुट्टै धातुले बनेका बिशिष्ठ प्राणी होइनन् । नागरिकलाई सुसूचित गर्ने मुलभूत उद्देश्य र सोही अनुरुपको काम गर्ने पत्रकार हुन । त्यसैले पत्रकार भनेका कसैका शुत्रु हैनन् मित्र हुन भन्ने बुझनु जरुरी छ । अहिले आफ्नो अतित्व, पहिचाहन र राष्ट्रियताको विषयलाई लिएर प्राय सवै देशहरुमा धेरै उत्तावचढाव भईरहेको छ । युद्धमा समामेल भएका देशमा संक्रमण काल छ । त्यहाँ सोध र प्रतिसोधनको प्रतिस्पर्धा छ । समाज विकृति र विसंगतिले ग्रसिद छ । कतिपय देशहरुमा मानव अधिकारको हनन्मात्र भएका छैनन् । नागरिकले बाँच्न पाउनु अधिकारको समेत कुण्ठित गरिएको छ । लाखौं नागरिकहरु आफ्नो जन्मभूमि छोडी अन्य देशको शरण लिन पुगेका छन । ब्यवसायिक पत्रकारिताका नाममा ब्यापारले पत्रकारितालाई उपभोग गरिहेका छन । लोभलालचमा पत्रकारलाई प्रयोग गरिएको छ । यस्ता यस्तै यावत विषय वस्तुसँग जोडिएर पत्रकारहरुले ज्यान गुमाउन परेको छ । अवका ती सवै देशहरुले हिंसाको बाटो हैन अहिंसाको बाटो रोच्नु पर्दछ । पत्रकार नागरिक समाज भन्दा बाहिर रहेर कलम चलाउन सक्दैन । राजनीतिक विषयवस्तुलाई प्राथमिकतामा राखि पत्रकारहरुलाई राजनीतिक दलको विल्ला लगाई आफुलाई मात्र मूलधारका र ब्यावसायिक ठान्ने पत्रकारहरु नभई सत्य, तथ्य, निष्पक्ष र समावेशी समाचार सम्प्रेषण गरेपछि मात्र आफ्नो सम्मान आफैबाट भएको महशुस हुने छ, भने दिनदाहडै कसैको निशाना बन्ने पनि छैनन् ।

अन्तिममा पत्रकारिता पेशालाई आत्मसाथ गर्दागदैं मुत्यु भएका सम्पूर्ण पत्रकार सहकर्मीप्रती हार्दिक समवेदना प्रकट गदै सवैको दिवंगत आत्माले चिरशान्ति पाहोस भनि इश्वसँग प्रार्थना गर्दछु ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।
सम्पर्क नम्बर 9779812553618 + 9779748082068
[email protected]

प्रतिक्रिया