पूर्वराजाले बढी बोले दुःख पाउने प्रचण्डको चेतावनी, दरबार हत्याकाण्ड छानविन गर्ने

इनेप्लिज २०७३ पुष ९ गते १२:५८ मा प्रकाशित

;'v]{tsf] jL/]Gb|gu/df cfoflht kqsf/ ;Ddn]gdf ;xefuL x'Fb} k|wfgdGqL k'iksdn bfxfn k|r08 . pxfF ^ g+ k|b]zsf sfo{qmtfnfO{ ;Djf]wg ug{ ;'v]{t cfpg' ePsf] xf] . tl:a/ M x]dGt s] ;L, hfh/sf]6 ,/f;;

घोराही, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उच्चस्तरीय आयोग बनाएर दरबार हत्याकाण्डको छानविन गर्ने तयारीमा रहेको बताउनु भएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तब्यलाई लक्षित गर्दै अब सरकारले दरवार हत्याकाण्डको छानविन गर्ने दाबी गर्नु भएको हो । वर्तमान समसामयिक राजनिति घटनाक्रमको समिक्षा गर्ने क्रममा सरकारका एकजना मन्त्रीले दरबार हत्याकाण्डको विषयमा छानविन गर्नुपर्ने भनेर चर्चा गरेको भन्दै मन्त्रिपरिषदमा हत्याकाण्डको छानविन गर्नुपर्छ भनेर प्रस्ताव नआएको उल्लेख गर्नुभयो ।

‘पुर्वराजाको वक्तब्य आएपछी हामीले मन्त्रिपरिषदमा राजनीतिक घटनाक्रममको समिक्षा गर्ने क्रममा सरकारको एकजना मन्त्रीले त्यो कुराको चर्चा गर्नु भएको हो, छानविन गर्ने भनेर प्रस्ताव ल्याउनु भएको होइन्,’ उहाँले भन्नुभयो– ‘मैले सुरुमा प्रधानमन्त्री हुने बेला नै दरबार हत्याकाण्डको छानविन हुनुपर्छ भनेको हुँ, नारायणहिटी सर्वसाधारणका लागि खुला गर्नेक्रममा जुन मैले अभिब्यक्ती दिएको थिए, त्यही अनुसार सरकारले यो हत्याकाण्डको पनि उच्चस्तरीय आयोग बनाएर छानविन गर्छ ।’ प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले वक्तब्य निकालेर आफ्नो छटपटि प्रष्ट रुपमा देखाएको भन्दै दलहरुको विवादमा खेलेर धमिलो पानिमा माछा मार्न खोजेको जिकिर गर्नुभयो ।

ज्ञानेन्द्रले संविधान, गणतन्त्र र संघियताविरुद्ध बढी बोल्दै गए उनले दुःख पाउनेसमेत चेतावानी समेत दिनुभयो । ‘लोकमानलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दल्नु गलत’ यस्तै प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतभित्रै अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नु राम्रो कार्य नभएको बताउनुभयो । ‘सर्वोच्चभित्र नै लोकमानसिंह कार्कीमाथि जुन घटना भयो, त्यो राम्रो कुरा होइन, यसो गर्नु हुँदैनथ्यो,’ उहाँले भन्नुभयो– ‘यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ, अदालतभित्रको सुरक्षाअवस्थामा कमजोरी देखिएको हो ।’ संविधान संशोधनलाई लिएर प्रतिपक्ष दलहरुले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदीय पद्धतिबाट नै निकास निकाल्न सरकार तयार रहेको बताउनुभयो । प्रजातन्त्रका कुरा गर्ने कांग्रेस र एमालेले सदनबाटै निकास निकाल्नुपर्ने भन्दै भोलिदेखि संसद खुलाउन आफू काठमाडौं गएर प्रतिपक्ष दलहरुसंग छलफल, वार्ता र सम्बाद गर्ने जानकारी दिनुभयो । संशोधन प्रस्ताव पारित गराएर छाड्ने दावी गर्नु भएका उहाँले प्रतिपक्ष दलहरुलाई संसदीय पद्धतिबाट प्रस्ताव फेल गराउन चुनौति दिनुभयो । संविधान कार्यान्वयनका लागी दलहरु मिल्नुको बिकल्प नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया