गीतको सुरमा तालको खेति गरिरहन मन लाग्छ ; गायक विनोद खम्वु (म्युजिक भिडियो)

इनेप्लिज २०७३ पुष ८ गते १९:४७ मा प्रकाशित

binod

लण्डन, पौष ०८ । गायक तथा संगीतकार विनोद खम्बुको आफ्नै स्वर संगीत रहेको ‘दुई मुटु हाम्रो’ बोलको म्युजिक भिडियोलाई म्युजिक नेपालले सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

गीतकार किराती जेबी राईले रचना गरेको शव्दलाई चन्दु गोर्खालीले एरेंन्ज गरेका छन् । गीतकार जेविले आफ्नो सम्पुर्ण सम्झेको प्रियशीसँग अप्रत्याशित बिछोडिएपछि उनको यादमा बिछिप्त वनेको मनहरुलाई आफै सम्हाल्दै गीत मार्फत बेदना प्रस्तुत गरेका छन् ।

उक्त गीतको भिडियोमा मोडल नाजु, संगम र पूजाको जीवन्त अभिनित भिडियोमा गायक विनोदले फिचरिङ गरेका छन् । भूपेंद्र तुम्बाहाम्फेको उत्कृष्ट छायांकनलाई बिज्ञान राईले सम्पादन गरेका हुन् भने राकेश किरातीले निर्देशन गरेका छन् ।

नेपाली संगीतको सम्बर्द्धन संरक्षणकोलागि अहिलेको नयाँ पुस्ताका रक् तथा आधुनिक गायक तथा संगीतकार बिनोद खम्बु धेरै सम्बेदनशील भएर लागिपरेका छन् । गायक बिनोद खम्बु वास्तवमा पुर्व मोरङबाट गायक बन्न भनेर काठमाण्डौ भित्रिएका थिए तर उनले गरेको संगीतले चर्चा पाईरहदा आफ्नो स्वरका गीतहरु भने ओझेल परिरहेका थिए । उनले राजेश पायल राईको ‘दर्शन नमस्ते’ एल्वमको ‘शेली आई लभ यू’ बोलको गीतमा संगीत गरेपछि आफु संगीतकारको रुपमा चर्चित बन्दै गए ।

२०५४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उतीर्ण गरेपछि करीव २०६६ सालदेखि आफुलाई व्यवसायिक रुपमा सङ्गीतमा स्थापित गर्दै आईरहेका छन् । मंसीरको जाडो सँगै सांगीतिक यात्राको क्रममा नेपालको बिभिन्न जिल्लाका महोत्सवहरुमा गायक खम्वु व्यस्त भईरहेको उनले बताए ।

भर्खर मात्र झापाको धारागोला कृषि पर्यटन बर्ष २०७३ को आयोजनामा आफ्नो सांगीतिक कार्यक्रम सकेका छन् । त्यस पछि अरु थुप्रै ठाँउहरु मोरंङ, खोटांङ, र अन्त्यमा धनकुट्टामा कार्यक्रम सकेपछि गायक विनोद मलेशिया सांगीतिक यात्रामा लाग्ने उनले बताए ।

उनको गीत गाउने तथा संगीत गर्ने शैली सबै पुस्ताका श्रोताहरुलाई सुहाउने प्रकारको हुन्छ, रक,आधुनिक,लोक तथा पप सबै प्रकारका गीतहरुमा संगीत भरी सकेका छन् । अझ स्टेज शोहरुमा दर्शकहरुले स्टेजका किंग नै उपाधि दिएका छन् ।

उनले करीव एक दर्जन भन्दा बड़ी चलचित्रहरुमा संगीत गरिसकेका छन् । ‘बसमा छैन यो मन’ चलचित्रको गीत निक्कै चर्चित बनेको थियो । भर्खर मात्र आफ्नै स्वर सङ्गीतमा ‘दुइ मुटु हाम्रो’ बोलको म्यूजिक भिडियो यूट्यूब मार्फत सार्बजनिक गरेका छन् ।

गायक खम्बुको ‘झन झन खायो झन झन मिठो’ , ‘धेरै साथीहरु बिच’, ‘मोहनी मायाले’ आदि उत्कृष्ट गीतहरुका गाएका हुन भने थुप्रै गीतहरुमा उत्कृष्ट संगीत समेत भरेका छन् ।

आकाशमा करोडौ ताराहरुको बिचमा एउटा ध्रुबतारा जति चम्किलो हुन्छ,उसै गरी, सयौ गायक मध्येका एक गायक हुन् विनोद खम्वु । गायक विनोदले सबै भन्दा व्यस्त गायकको उपाधि चुमिरहेका छन् ।

नेपाली संगीत क्षेत्रमा जादूमय संगीत भरेको ‘छाडि जाने भए जाउ मायालु ’ वोलको गीत मोरङ निवासी गायिका मेलिना राईले गाउदा उनलाई सांगीतिक रंगमञ्चको उच्च शिखरमा पुर्यायो । पछिल्लो समय जिल्लामा हुने उत्सव कार्यक्रमले गायक विनोदलार्ई थप उचाई प्रदान गरेको छ । मोरङका गायिका मेलिना राई र विनोद खम्वुलाई पुर्ववाट उदाएका चम्किला ताराका उपाधि नेपाली श्रोताहरुले दिईरहेका छन् ।

नेपाली संगीत क्षेत्रमा उनको सम्भावना झन् दरिलो हुदै गएको छ । उनले बरिष्ठ गायक राजेस पायल राईको स्वरमा ‘बसमा छैन यो मन’, ‘झझल्को आइरहन्छ नि लै लै’, दर्शन नमस्ते १ देखि दर्शन नमस्ते ३ सम्मै आफनो स्वरमा ‘मुग्लानकी हौ कि तिमी सुरखेतकी हौ’ जस्ता दर्जनौ गीतहरुले दर्शक श्रोताको मन जितेका गायक विनोद अहिले स्वदेश तथा विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त रहेका छन् ।

स्टेज पस्तुतिका बहुआयमिक मानिने गायक विनोदलाई बेलायतको सांगीतिक कार्यक्रममा निमन्त्रणा गरिने स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया