अमेरिकामा नयाँ वर्ष २०१७ को आगमनसँगै नेपाली पात्रो

इनेप्लिज २०७३ पुष ८ गते २:१० मा प्रकाशित
 unnamed
अमेरिकामा नयाँ वर्ष २०१७ को आगमनसँगै नेपाली पात्रो तथा क्यालेन्डर प्रकाशन

-ज्योतिषी पण्डित राजेन्द्र खनाल, भर्जिनिया,
अमेरिकामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण नेपाली तथा भूटानीहरुको लागि ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्रमा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित “मारुतिनन्दन नेपाली पञ्चाङ्ग” र “मारुतिनन्दन नेपाली क्यालेन्डर” यही कै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय समयको आधारमा अथक् मिहिनेत र प्रयासका साथ प्रकाशन गर्न सफल भएका छौँ ।

unnamed-5

अमेरिका र क्यानडामा  बस्ने नेपालीहरुको समयको मागअनुरुप जथाभाबी प्रयोग गरिने भ्रमलाई निराकरण गर्ने उद्देश्यका साथ दर्ता भएको संस्था  “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”ले गरेको यो काम एक उदाहरणीयका साथै प्रशंसा  गर्न लायक  छ । ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र” ज्योतिष र हिन्दु संस्कारसम्बन्धी काम गर्नका लागि खोलिएको नाफामुक्त ( Non profit organisation) संस्था हो । अबदेखि नेपाल तथा भारतका लागि बनाइएका पात्रा तथा क्यालेन्डरहरुको आधारमा मनोमानी अन्दाजको भरमा प्रयोग गर्ने झन्जटबाट हामी सबै नेपाली मुक्त हुनेछौं। नेपाली चाडपर्व तथा अमेरिकी चाडपर्व र तिथिमिति थाहा पाउन यस्को प्रयोगबाट निकै सहज् हुनेछ भन्ने कुरामा दुई मत छैन ।  यो कुनै त्यस्तो व्यापारमुखी कार्य नभई यस्तो खालको अनुसन्धान मूलक काम को लागि कार्यालयीय ख़र्च र प्रकाशन तथा वितरण  खर्चमा भार नपरोस् भन्ने उद्देश्यले सहयोग स्वरुप पात्रोको लागि सात र क्यालेन्डरको लागि पॉच डलरको मूल्य तय गरेका छौँ, सहयोग गर्न सक्नु हुने महानुभावहरुले  त्यो भन्दा बढी  पनि गर्न सक्नुहुनेछ । लेखन तथा सम्पादनमा केही कमी कमज़ोरी भेटिएमा जानकारी तथा प्रतिकृया  जनाउनु होला, अर्को वर्ष हामी सुधार गरी छाप्नेछौं । आवश्यक हुनेले आफ्नो साथिभाई इस्टमित्रलाई पनि यसको बारेमा जानकारी दिनुहोला ।

unnamed-4

पञ्चाङ्गको बारेमा कुरा गर्नु पर्दा यसभित्र नेपालबाट निस्कने पात्रोहरुमा जस्तै धेरै जानकारीमूलक कुराहरु समावेश गरिएको छ ।

unnamed-3

जसमा नेपाली गते, बार, तिथि, नक्षत्र, योग र करणको घडिपला र घन्टा मिनट बजेमा राखिएको छ । नेपाली तथा अमेरिकन विदाहरुको बारेमा पनि सुचिकृत गरिएको छ । दिन घडिपलासहित घन्टा मिनट पनि समावेश गरिएको छ ।

unnamed-2

त्यस्तै क्यालेन्डरमा पनि सम्पूर्ण कुराहरुलाई समेट्ने प्रयास गरेका छौँ । जनवरीदेखि डिसेम्बरसम्म पर्ने चाडपर्व तथा ब्रतहरु र नेपाली साहित्यकार र नेपाली वर्णमालाको बारेमा संक्षिप्त जानकारी दिइएको छ, जसले गर्दा तपाई हाम्रा बालबच्चाहरुलाई नेपाली भाषाको ज्ञान वृद्धि गराउन सघाऊ पुग्नेछ । यो क्यालेन्डर  तथा पञ्चाङ्ग प्राप्त गर्नका लागि तल दिईएका नम्बरहरुमा सम्पर्क गर्नुहोला । हामी तपाईलाई हुलाकमार्फत तपाइकै घरमा पठाउने छौँ । यदि तपाई अमेरिकाको पूर्वी भूभागमा हुनुहुन्छ भने यहाँ रहेका “हाईल्यान्ड ग्रोसरी बाल्टिमोर”, भर्जिनियाको फल्सचर्चमा रहेको “नमस्ते मार्केट नेपाली ग्रोसरी स्टोर”, हरन्डनको “अदिती स्पाइसी ग्रोसरी स्टोर ” तथा अमेरिकामा रहेका विभिन्न नेपाली तथा इन्डियन ग्रोसरी स्टोरबाट लिन सक्नुहुनेछ । अन्त्यमा, सम्पूर्ण नेपाली, भूटानी तथा अन्य सबैमा नयाँ वर्ष २०१७ को हार्दिक मंगलमय शुभकामना !

धन्यवाद ।

unnamed-1

सम्पर्क :  ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र तथा हिन्दु कल्चरल सेन्टर
सम्पर्क व्यक्ति : राजेन्द्र खनाल

 703-870-6480or     [email protected]
डा. लक्ष्मीनारायण ढकाल
(502) 835-3987

प्रतिक्रिया