डिसिमा सगूनको मिनी आइपिओ (सानो प्रारम्भिक जन प्रस्ताव)तयारी भेलामा लगानीकर्ताहरु उत्साही

इनेप्लिज २०७३ पुष ७ गते १४:३३ मा प्रकाशित

img_7447डीसी महानगर क्षेत्रको भर्जिनियामा सगून डट कमले गत दिसम्बर १८ तारीखका दिन मिनि आइपीओ (इनिसियल पब्लिक अफरिङ्ग) स्विकृती प्राप्त भएपछि सार्वजनिक गर्ने तयारी भेला सम्पन्न गरेको छ ।

सगुनले सामाजिक सञ्जालकै इतिहासमा पहिलो पटक मिनी आइपिओ (सानो प्रारम्भिक जन प्रस्ताव)मार्फत लगानी जुटाउने महत्वाकांक्षी योजनाका साथ कदम बढाई रहेको छ l उक्त भेलामा सहभागी भएका लगानीकर्ताहरु निकै उत्साहित भएका छन l

img_7449अमेरिकी स्टक एक्सचेन्ज ( धितोपत्र कारोबार )बाट स्विकृत प्राप्त भएपछि मिनी आइपिओ मार्फत लगानी जुटाउने सामाजिक सञ्जालहरू मध्ये सगून विश्वमा पहिलो कम्पनि हुने भएको छ l

sagoon-5उक्त भेलामा सगुनका सह संस्थापक कविन्द्र सिटौलाले मिनी आइपिओ बारेमा जानकारी दिदै भूगोलले हामीलाई नरोक्ने बताए l बिदेशमा बसोबास गर्ने नेपाली समुदाय अरु भन्दा कमी नभएको उदाहरण प्रस्तुत गर्दै गूगल र याहू कसरी वन्यो भन्ने बारेमा सबैलाई जानकारी भएकोले कसरी सगून बन्दैन भन्दै लगानी कर्ता तथा सहभागीहरुलाई प्रश्न गरे l

सिटौलाले हामी ईतिहासको एक अध्याय हौ l सवै मिलेर आर्थिकरूपमा हामी सशक्त हूनू पर्ने कुरामा जोड़ दिए र सामाजिक संजालमा सगून मिनि आईपिओ प्रथम हूने छौ भने ।

sagoon-7सगूनले मिनि आइपीओ मार्फत २० मिलियन अमेरिकी डलर लगानी संकलन गर्ने योजना बनाएको र यो रकमबाट सगूनलाई अर्को तहमा पु¥याइ प्रयोगकर्ताहरुको बीचमा लोकप्रीय बनाउन सकिने विश्वास रहेको समेत सिटौलाले बताए ।

सोहि समयमा सिटौलाले सगून र यसमा मिनी आइपीओ मार्फत लगानी गर्ने अवसरको बारेमा विश्व भरि रहेका सबै समुदाय विशेष गरि नेपाली समुदायमा जानकारी पु¥याउने उद्धेश्यले हालसम्मका लगानीकर्ताहरु सबै रहने गरि एक टास्क फोर्स ( कार्यदल )गठन गरिएको जानकारी भेलामा गराए ।

sagoon-2सगुनका संस्थापक गोविन्द गिरीले नेपाल भ्रमण र भारत भ्रमणका बारेमा जानकारी दिए l उनले सगुनलाई बजारीकरण र सशक्त रुपमा बिस्तार गर्ने उद्धेश्यले संचार माध्यमसंग सहकार्य गरेको बताए l उनले मिनी आइपिओ को लागि आफुले बिशेष तैयारी गरेको प्रस्तुति गर्दै सन २०१७ र२०१८ मा कसरी २० मिलिएन (९२ करोड डलर) उठाउने र त्यसको सदुपयोग कहाँ कसरी गरिने छ भन्ने लक्ष्य बारेमा बिस्तृत बताए l

fullsizerenderलक्ष्य अनुसारको उपलब्धी हासिल भएमा जन्मभूमि नेपालमा सगून महा विधालय स्थापना गर्ने सपना बोकेको गिरीले बताए l गिरीले अन्य सामाजिक सञ्जाल भन्दा सगुन किन फरक भन्दै कारण सहित लगानी कर्तालाई यसअघि निजी प्रतिष्ठानमा सर्वसाधारणले लगानी गर्न पाउने कानुन नहुँदा फेसबुक, टुइटर जस्ता सामाजिक सञ्जालले मिनि आइपिओ मार्फत सर्वसाधारणको लगानी जुटाउन सकेका थिएनन् भने l त्यस्ता सञ्जालहरुले ठूला ठूला लगानीकर्ताबाट मात्र लगानी भित्र्याएका थिए गिरीले बताए । उनले अगाडी भने ति सामाजिक सञ्जालमा सर्वसाधारणले लगानी गर्ने अवसर पाउन सकेका थिएनन् ।

sagoon-6सगुनले भने आफ्ना प्रयोगकर्ता एवं इच्छुक लगानीकर्तालाई वाटर टेस्टिङ मार्फत लगानीको लागि इच्छा ब्यक्त गर्न आव्हान गरेबाट सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्न लागेको पुष्टी समेत भएको हो l

वाटर टेस्टिङ भनिने यो प्रक्रियामा उल्खेख्य मात्रामा सर्वसाधारणले लगानीको चासो समेत देखाएका छन् । हालसम्म दुइ हजार भन्दा बढी व्यक्तीहरूले ३५ लाख भन्दा बढी लगानी गर्न इच्छा व्यक्त गरिसकेका छन् । यो क्रम निरंतर बढ़ी रहेको जानकारी दिनुका साथै मिनी आइपिओ खुल्ला हुने बेलासम्म यो संख्या ठूलो हुने अनुमान गरिएको छ l यसरी लगानीके इच्छा व्यक्त गर्नके लागी https://www.sagoon.com/invest पृष्ठमा व्यवस्था गरिएके समेत जानकारी गराए ।

sagoon-9मिनी आइपिओ स्वीकृती प्राप्त गर्नका लागी सगुनले आफ्ना तर्फबाट सबै प्रक्रिया पुरा गरि अमेरिकी स्टक एक्सचेन्जमा आवदेन गरिसकेको छ। अमेरिकी नयाँ कानुन अनुसार प्राइभेट कम्पनीमा पनि सर्वसाधारणले लगानी गर्न पाउने भएपछि स्टार्टअप कम्पनीको रुपमा स्थापना भएको सगुनले सर्वसाधारणबाट लगानी जुटाउने अन्तिम तयारीमा जुटेको हो ।

कार्यक्रमको अन्त्यमा विश्व बैंकका अर्थशास्त्री प्रेम संग्रौलाले नेपालीहरुले सामाजिक सञ्जालको दुनियामा समेत फट्को मार्न लागेको यो क्षणमा सबै लगानीकर्ताहरुले विश्वका हरेक कुनामा यो अवसरको सन्देश प्रवाह गर्नु पर्ने कुरामा जोड दिंदै सगुनले आफ्ना थप प्रोडक्डहरुलाई चाँडो भन्दा चाँडो थप गर्दै प्रयोगकर्ताहरुलाई आकर्षित गर्नु पर्ने कुरामा समेत जोड दिए ।

सगून जस्तो स्टार्टअप कम्पनीमा लगानी गर्ने अवसर अहिलेसम्म प्राप्त नभएको तर यो अवसर सगूनले ल्याएकोमा धन्यवाद दिंदै यस्ता स्टार्टअप कम्पनीमा गरिएको लगानीको प्रतिफल अत्यन्तै धेरै हुने तर जोखिमको सम्भावना समेत त्यतिकै रहेको समेत बताए । अन्त्यमा भेलामा उपस्थित सबै लगानीकर्ताहरु तथा संस्थापकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

लगानीकर्ताहरूको उक्त भेला नेपाली राष्ट्रिय गीत बाट सूरूवात गरिएको थियो l उक्त भेलामा सगुनको आर्थिक मामिला संबंधी सूधिर बास्तोलाले जानकारी गराएका थिए भने कार्यक्रम संचालन परशू तिमल्सिनाले गरेका थिए ।

 सहभागीहरूले कार्यक्रममा जिज्ञाशा राखेका थिए भने त्यस्को उत्तर संस्थापकहरुले दिएका थिए l

img_7448

प्रतिक्रिया