दुर्गा तिवारी हत्याकाण्डः यस्तो छ रुपन्देहीको पछिल्लो अवस्था (भिडियोसहित)

इनेप्लिज २०७३ पुष ५ गते ०:०२ मा प्रकाशित

rupandehi

रुपन्देही, ४ पुस । नेकपा एमालेको भातृ सङ्गठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएपछि नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । ‘हत्यारालाई फाँसी दे, प्रचण्ड सरकार मुर्दावाद’ भन्दै बुटवलदेखि भैरहवासम्मको चोक चोकमा टायर बालेर युवाहरुले नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका छन् । ठाउँ ठाउँमा चक्काजाम समेत गरिएको छ । पाँच नम्बर प्रदेशबाट पहाड अलग गर्न नहुने भन्दै आन्दोलनमा सक्रिय रहेका तिवारीको सोमबार दिउँसो देवदहको खैरेनी बजारमा अज्ञात समूहले छातिमा गोली हानेर हत्या गरेको थियो । उनको हत्या आन्दोलन रोक्नका लागि गरिएको षडयन्त्र भएको एमालेले शंका गरेको छ । आक्रमणकारीको पहिचान भइनसकेकोले गम्भीर रुपमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हेर्नुस् घटनाको पछिल्लो अवस्था भिडियोमाः –

प्रतिक्रिया