ज्ञापन पत्र बुझाउने कार्यक्रम

इनेप्लिज २०७३ पुष ४ गते २३:५५ मा प्रकाशित
सानोवाङथली-७, काभ्रेकी लक्ष्मी परियार हत्या प्रकरणको विषयमा नेपालमा भइरहेको आन्दोलन र मागहरु प्रति ऐक्यबद्धता जनाउदै, घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको माग गर्दै र यसप्रकारका घटनाहरु दोहोरिन नदिन निरन्तर दबाब र खबरदारीका लागि नासो कम्यूनिटी अमेरिका लगायत स्थानीय संघ संस्थाहरुले यही डिसेम्बर २१ तारिक दिउँसो ठीक २:३० बजे नेपाली दुतावास मार्फत नेपालका प्रधानमन्त्री र गृहमन्त्रीलाई सयुक्त ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको  छ । वासिङटन डि.सि.वरपरका संघ-संस्था, अधिकारकर्मी, न्यायकर्मी र आमसंचार प्रतिनिधिहरु सवैलाई कार्यक्रम सहभागी हुन हार्दिक अनुरोध गर्दछौं |

ज्ञापन पत्र बुझाउने कार्यक्रम
नेपाली दुतावास अमेरिका

कहले : December 21, 2017
समय : 2:30 PM
स्थान :
2131 Leroy Place, NW
Washington, DC 20008

Contact: Gopal Bishwakarma –443-386-7049

प्रतिक्रिया