भ्रष्टाचार गर्न नेपालमा मन्त्री र कर्मचारीको गठबन्धन छ : कोइराला

इनेप्लिज २०७३ पुष ४ गते ३:३१ मा प्रकाशित

dr-bimal-koirala-555x335

पुर्व मुख्यसचिव डिा. विमल कोइरालाले भ्रष्टाचार गर्न नेपालमा मन्त्री र कर्मचारीहरु मिल्ने गरेको आरोप लगाएका छन् । उनका अनुसार कर्मचारीहरुले मन्त्रीहरुलाई पैसा आर्जन गर्न सहयोग गर्ने अनि मन्त्रीहरुले पनि कर्मचारीहरुलाई सहयोग गर्ने गरेका छन् । हालै सरकारका मन्त्री तथा प्रधानमन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे लगत्तै यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री तथा मन्त्रीहरुको हालै भएको सम्पत्ति सार्वजनिक कत्तिको सत्य छ ?

पत्यार गर्ने खालको भएन । राजनीतिक नेताहरुले व्यक्तिगत हिसावले आफ्नो सामाजिक साखपनि गुमाउँदै गएको र एउटा हिनताबोधले सताईएकाजस्ता देखिए । जनतालाई पत्याउने हिसावले कुरा आएको छैन । तर खोई, यो औपचारिक हिसावले भन्ने हो भने यो जनताले पत्याउने खालको सम्पत्ति सार्वजनिक भएको छैन् ।

हाम्रो प्रधानमन्त्री त गरिब देखिनुभयो नि, तपाईलाई यो कुरामा विश्वास लाग्छ ?

उहाँलाई के भ्रम छ भने मैले कम सम्पत्ति देखाएँ भने जनताले मलाई माया गर्छन भन्ने भ्रम छ । म वाहवाह बटुल्न सक्छु भन्ने भ्रम होला । तर नेपालमा अझैपनि गरिबकै कुरा गर्नुहुन्छ भने ६ प्रतिशत नानीहरु विद्यालय जान पाउँदैनन् । उमेर पुगेर पनि विद्यालय जान पाएका छैनन् । सुत्केरी महिलाहरु मर्छन, बच्चाहरु कुपोषण छन् । जसले शिक्षा दिक्षा पाएको छ एमएसम्मको । जसको लबाईखबाई रईसकोजस्तै देखिन्छ । जसको बोलाई, हिँडाई, खुवाई हेर्नुस त सम्पन्नजस्तो छ । तर सम्पत्ति प्रस्तुत गर्दा त गरिब जनतालाई अपमान गरेको जस्तो भयो ।

हाम्रा नेताहरुले सम्पत्ति किन लुकाउँछन् त ?

यो उहाँहरुको रहर होला तर यो रहर चाहीँ भ्रम नै हो । हिनताबोध छ । उहाँहरुमा हिनताबोध छ । जनतालाई म गरिब छु भनेर देखाउनुभएको हो । यस्तो देखाउँदा जनताले माया गर्छन भन्ने हो ।

भनेपछि हाम्रो देशमात्रै गरिब हो, नेताहरु त धनि नै छन नि ?

त्यो त देखिएकै छ नि । तर आफूले सम्पत्ति विवरण बुझाउनुको अर्थ के हो भने भ्रष्टाचार नियन्त्रणको एउटा उपाय पनि हो । सम्पत्ति सार्वजनिक गर्यो भने आफू पदमा रहँदा कस्तो आचरण गरेछ भन्ने कुरा जनतालाई थाहा हुन्छ ।

तर नेताहरुलाई पैसा आर्जन गर्न सहयोग गर्ने त कर्मचारीहरु नै हुन नि ?

दुईवटै हुन् । कर्मचारीहरुले मन्त्रीहरुलाई सहयोग गर्ने अनि मन्त्रीहरुले पनि कर्मचारीहरुलाई सहयोग गर्ने । यहाँ त दुईवटै भैरहेका छन् । यो त दुईवटाकै गठबन्धन हो । यही भन्दा हुन्छ । दुवैको मिलेमतो हुन्छ । गाँस बनाउँनको लागि त औंला मिलाउनै पर्यो नि ।

मन्त्रीहरुले सम्पत्ति लुकाउनको प्रमुख कारण चाहीँ के रहेछ ?
जनताको नजरमा ईमानदार देखिन खोजेको हो । तर यो त नाँगो जिउमा टाई लगाएको जस्तो भयो । जनताको नजरबाट यो कुरा छिपेको छैन् ।

नेताहरुको उद्योगपत्तिहरुसँग पनि साँठगाँठ हुन्छ ? यसलाई कसरी लिनुभएको छ ?

त्यो लिनु भनेको । आफ्नो सफा धनबाट उसले व्यवसाय गर्नु खराब होईन । होईन भन्न पनि नसक्ने अनि लुकिछिपी गरेर लगानी गर्नुचाहीँ खराब हो ।

तर प्रधानमन्त्री प्रचण्डले देखाएको सम्पत्ति विवरण कत्तिको चित्त बुझ्दो छ ?

उहाँको श्रीमतिको त कुनै आर्जन छैन । उहाँहरुले आफ्नो सम्पन्नता धान्नुभएको छ । तर त्यो सम्पन्नताको स्रोत खुलाईदिए राम्रो हुन्थ्यो ।

हाम्रो देश विकास हुन नसक्नुको मुख्य कारण चाहीँ के हो ?

यो त दुर्भाग्य हो । शासन व्यवस्था कमजोर हुनु हो । स्वच्छेचारी हिसावले कानून प्रयोग हुनु हो । कमजोर शासन प्रणाली कारण यस्तो भएको छ । म जनताको पक्षमा काम गर्छु भनेर काम सुरु गर्ने हो भन्ने सकारात्मक सुधारहरु देखा पर्छन् । तर यो कुरा हाम्रा नेताहरुले बोल्न त बोल्छन् । तर काम गर्न सकेका छैन । हजार शब्दभन्दा एउटा तस्विर नै काफी हुन्छ । त्यसैले कुराभन्दा पनि काम गर्नुपर्छ ।

प्रतिक्रिया