सञ्चारकर्मी कुशलले नायिका मञ्जितासँग विवाह गरे (भिडियो सहित)

इनेप्लिज २०७३ मंसिर २९ गते १३:२४ मा प्रकाशित

rahar_forkushal-khatri-and-manjita-kc

काठमाडौं÷ अहिलेकी व्यस्त एंव चर्चित मोडल तथा नायिका मञ्जिता केसीको युवा सञ्चारकर्मी तथा मोडल कुशल खत्रीसँग विवाह भएको छ । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । यो वास्तविकता नभई आधुनिक गीत रहरको म्युजिक भिडियोको दृश्य हो । लोकप्रिय संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीत रहेको यस गीतको रचना युवा सञ्चारकर्मी मनोज थापाले गरेका हुन् ।

rahar

आधुनिक गीत रहरकोे म्युजिक भिडियोमा चर्चित मोडल एंव नायिका मञ्जिता केसी, सञ्चारकर्मी तथा मोडलद्धय कुशल खत्री, राजेन्द्र लुईटेल, अभिनेत्री रश्मि भट्ट तथा हास्यकलाकार सुरेन्द्र केसीको अभिनय रहेको छ । मायामा धनले निम्त्याएको परिस्थिति अनि माया पाउन गरेको संघर्ष र कसैको सानो त्याग र सहयोगले मायाका जोडिले पाएको खुशीलाई भिडियोमा देखाउन खोजीएको निर्देशक तथा गीतकार मनोज थापाले बताए । गीतको भिडियोलाई सन्देशमुलक बनाउन खोजिएको छ । धेरै मेहनत गरेको कारण दर्शक स्रोताले मन जित्नेमा निर्देशक तथा गीतकार थापा आशावादी छन् । उत्कृष्ट गीत भएको कारण पनि भिडियो राम्रो बनेको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु बताउँछन् ।

manjita-kc

चोभार, बानेश्वर, टेकु तथा कुलेश्वरमा छायांकन गरीएको उक्त गीतलाई अहिलेका व्यस्त छायांकार अमृत सुनुवारले छायांकन गरेका छन् । म्युजिक भिडियो निर्देशन भने सञ्चारकर्मी तथा गीतकार मनोज थापाले नै गरेका छन् । भिडियो माधव वेल्वासेको सम्पादन गरेका छन् । रेस्पोन्सिभ भिडिया प्रा.लिले गीतलाई बजारमा ल्याएको हो ।

manjita-kc-3 manjita-kc-2 kushal-khatri rahar_formanjita-kc-and-rashmi-bhatta rahar_for-rajendra-luitel-and-manjita-kc

प्रतिक्रिया