प्रेस विज्ञप्ती धनञ्जयनरसिंह केसी बरिष्ठ उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिकाको

इनेप्लिज २०७३ मंसिर २७ गते ९:५९ मा प्रकाशित

fullsizerender

मिति १२ डिसेम्बर, २०१६
नेपाली जनसम्पर्क समिति अन्र्तगतका
विभिन्न च्याप्टरका सभापति ज्यूहरु,
केन्द्रीय कार्यसमितिका आदरणीय साथीहरु तथा
जनसम्पर्क समिति सम्बद्ध सम्पूर्ण पदाधिकारी साथीहरु ।
जय नेपाल ।

विज्ञप्ति
नेपाली जनसम्पर्क समिति अमेरिका नेपाली काँग्रेसको एउटा प्रवासी संगठन भएको कुरा उहाँहरु सबैमा जग जाहेरै छ । अमेरिकामा रहेर यो संस्थाले मातृभूमि र त्यहाँका जनताप्रति निर्वाह गरेको भूमिका यहाँहरु सबैमा घाम जत्तिकै छर्लङ्ग छ । अमेरिकामा रहेपनि हामीले नेपाल र नेपालीजनहरुप्रति मन, बचन र कर्मदेखि नै सेवा, सहयोग गर्दै आइरहेका थियौं ।  तर गर्तवर्ष गएको महाभूकम्पमा पीडित बनेकाहरुको पीडा रुपी घाउमा मल्हम पट्टी र उनीरुलाई सहयोग गर्न हामीले अमेरिकामा केही धनराशी संकलन गरेका थियौं ।

तर उक्त धनराशी अझ सम्म पिडित समक्ष नपुग्नुमा नेतृत्व पुर्ण रूपले दोषि छ । यहि  गैर जिम्मेवारीपूर्ण  क्रियाकलापका बारेमा नेपाली काँग्रेसको केन्द्रीय कार्यालयलाई समेत पटक पटक जानकारी गराई सकिएको हो ।

तर पार्टी कार्यालयले दिएको निर्देशनलाई पनि उहाँले कहिल्यै मान्न चाहनुभएन र आफ्नो असली स्वरुप देखाइरहनुभयो । यही विषयलाई लिएर पछिल्लो समयमा नेजस अमेरिकाभित्र चरम विवाद देखिएको छ । विवाद बढ्दै गएपछि केन्द्रीय कार्यालयबाट केही शिर्ष नेताहरुले नै तत्काल यसलाई मिलाउन पटकपटक लिखित तथा मौखिक निर्देशन समेत दिनुभएको थियो । म लगायत कार्यसमितिका बहुमत सदस्यहरुले पटक पटक सभापतिलाई भेटेर विवाद मिलाउन आग्रह समेत नगरेका होइनौं । तर केन्द्रीय कार्यसमितिका बहुमत सदस्यको सल्लाह विपरित जुन ढंगले सभापति अघि बढ्नुभयो, यसले नेपाली जनसम्पर्क समिति अमेरिकालाई थप कमजोर बनाएको छ । नेजस अमेरिका जस्तो संस्थाको सभापतिमा देखिएको संकीर्ण सोच र गैर सांगठनिक क्षमताको चपेठटामा आज संस्था परको छ । अमेरिका जस्तो शक्तिसम्पन्न मुलुकमा रहेको नेपालको एउटा प्रजातान्त्रिक पार्टीको प्रवासी संगठनमा विवाद देखिन हुँदैन भनेर केही समय अघि अमेरिका आएका बेलामा  पार्टीका महामन्त्री सशांक कोइरालाको रोहबरमा भएको सहमति र निर्देशन अनुसार संगठनका एकताको खातिर देखिएका सम्पुर्ण विवादको अन्त्य गर्ने सहमति भएको थियो । तर सभापतिले उक्त सहमति र निर्देशनलाई समेत धोती लगाईदिनुभएको छ । उहाँ अरुको कुरा त सुन्नै चाहनुहुन्न । मेरो गोरुको बाह्रै टक्का भने झै जनसम्पर्क समितिका कुनैपनि बैठकमा सभापतिले यो विषयलाई सम्बोधन गर्न नै चाहनुभएन । एकताको कुरा सुन्न समेत नचाहने सभापतिको संकीर्ण सोचका कारण अहिले नेजस अमेरिका इतिहाँसमै सबैभन्दा कमजोर र विवादित अवस्थामा आइपुगेको छ । आफूलाई सहयोग गर्नेलाई काखी च्याप्ने र जायज मागमा अडिक रहनेलाई बाइपास गर्ने उहाँको खराब कार्यशैलीका कारण सिँगो कार्यसमिति उहाँप्रति रुष्ट छ ।
हिजो हार्डफोर्ट कनेटिकटको अधिवेशनबाट राजनीतिक यात्रा शुरु गरेका सबै साथीहरुलाई सभापतिले दुस्मन सोच्ने गर्नुभएको छ । ती साथीहरु माथि उठ्नै नदिने उहाँको गलत सोचले संस्था कमजोर बनेको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाको टेक्सासमा दर्ता गरिएको समितिलाई पार्टीले आधिकारिक मान्यता दिँदै सोही मार्फत आर्थिक लगायत अन्य काम कारबाही अघि बढाउन निर्देशन दिएको भएपनि सभापतिले आफूखुसी ढंगले दर्ता गराएको संस्थाबाट फाइव जिरो वान सी लिनु आफैंमा आश्चर्यजनक छ । उहाँले हरेक क्षेत्रमा छलकपट गर्दै आफूलाई बलियो बनाउने र संस्था धराशायी बनाउने अभियान थाल्नुभएको छ। यही गतिविधिले उहाँ आज जुन स्थानमा पुग्नुभएको छ, त्यसको परिणाम अहिले जनसम्पर्क समितिले भोगिरहेको छ । उहाँको अक्षमताको परिणामले जनसम्पर्क समितिलाई मात्रै होइन सिँगो काँग्रेस पार्टीलाई समेत बद्नाम गरेका छ भन्ने मेरो ठम्याई छ । त्यसैले यही विज्ञप्ति मार्फत् म सम्पर्क समिति सम्बद्ध सबै महानुभावहरुलाई के जानकारी गराउन चाहन्छु भने, मैले विगतदेखि पटक–पटक आम प्रजातान्त्रबादीहरुको हितको लागि एकता गर्न चाहे पनि अध्यक्षलगायत केही उहाँका आसेपासेकै कारण यो प्रयास तत्कालका लागि असफल भएको छ ।
नेजस अमेरिकाको नेतृत्वलाई मिलेर अघि बढ्नका लागि सम्पूर्ण च्याप्टर सभापति, प्रजातन्त्रवादी, सल्लाहकार, सुभेच्छुकलगायतले पटक पटक आग्रह नगरेका होइनन् । तर एकाध मान्छेलाई साथ लिएर सिंगो संगठनको हित विपरित सभापति विष्ट लाग्नु दुर्भाग्यपूर्ण छ । म आफैंले विगतमा २ पटकसम्म सार्वजनिक विज्ञप्ति नै निकालेर अहिलेको विवाद मिलाउनका लागि आग्रह समेत गरेको कुरा यहाँलाई विदितै छ । म, महासचिव लगायतका साथिहरूले सभापतिसँगको वार्तामा अहिलेको यो विवादलाई मिलाएर अघिबढ्न विनम्र अनुरोध समेत गरेका थियौं । त्यसका लागि हामीले एकताको खातिर हदैसम्मको लचकता पनि अपनाएका थियौं । तर सभापतिले हाम्रो कुरा सुन्नै चाहनुभएन । पार्टीका केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई समेत गुम्राहामा पारेर सभापतिले एकलौटी ढंगले निर्णय गरी अघिबड्न खोजेका  कारण संगठनमा अझ बडी विवाद भित्रीएको छ ।

संगठनलाई एकताबद्ध बनाउनका लागि सभापतिसगँ हामीले पटक पटक टेलिफोनमा र केहि साथिहरूले प्रतक्ष भेटेर  समेत छलफल गरी  मिलन बिन्दु खोज्ने प्रयास गरेका थियौं।जसअनुसार विगतमा पार्टीका महामन्त्रीको रोहबरमा भएको सहमति र निर्देशनलाई न्यूनतम पालना गर्ने मौखिक सहमित भै बैठकमा जाने तयारी हुँदै गर्दा सभापतिले एक्कासी यी सबै विषयमा सहमति गर्न नसकिने तथा आफूले एकताको विषयमा कुनै कुरा नगरेको भनी गैरजिम्मेवारर पूर्ण अभिव्यक्ति दिँदा हामी मर्माहत भएका छौं । नेजस अमेरिका सभापति जस्तो व्यक्तिले यस्तो गैरजिम्मेवारी अभिव्यक्ति दिनुहोला भन्ने हामीले कल्पना समेत गरेका थिएनौं।अध्यक्षबाट यस्तो गैरजिम्मेवारपूर्ण जवाफ आए पनि एकता बैठकमा हामी सहभागी हुन सकेनौं ।

सभापतिको यही अदुरदर्शीता तथा संर्कीण सोचको उपज आज जनसम्पर्क समिति विरामी बनेको छ । जनसम्पर्क समितिको विवाद मिलाउनुको साटो उहाँ अनेक खाले षड्यन्त्रको तानाबाना बुन्नमा व्यस्त रहनुभयो । जसले संगठनलाई थप कमजोर बनायो । यस्ता अदुरदर्शी व्यक्तिले संगठनलाई भोलिका दिनमा कुन अवस्थामा पुर्याउला भन्ने चिन्ता अहिले नेजससम्बद्ध सबैमा छाएको छ । सभापतिको सांगठनिक क्षमताको अभाव र ‘टुप्पोबाट पलाएको’ अल्पबुद्धिका कारण नेजस अमेरिका जस्तो संस्था अत्यन्तै धराशायी बन्न पुगेको छ । जुन कुरा अब लुकाएर पनि लुक्न सक्दैन ।
पार्टीका महामन्त्रीले दिएको निर्देशनलाई समेत वेवास्ता गर्दै ‘महामन्त्रीले भनेर हुन्छ ? म मेरो अधिकार प्रयोग गर्छु’ भन्ने सभापतिले कार्यसमितिलाई त कसरी टेर्लान् र ? यो विषम परिस्थितिमा जनसम्पर्क समिति भित्र देखिने सबै खाले परिणामको जिम्मेवार अब सभापति विष्ट नै हुनुपर्ने छ । बहुमत केन्द्रीय सदस्यहरुको भावनालाई कुल्चेर अघि बढेका कारण भोलिका दिनमा उन्पन्न हुने सबै खाले परिस्थितिको जिम्मेवारी सभापति स्वयंले लिनुपर्ने हुन्छ । त्यसैले नेजस अमेरिकाका सभापति आनन्द विष्टको यो कार्यशैलीप्रति खेद व्यक्त गर्दै एकताका लागि अहिलेसम्म भएका प्रयासहरु विफल भएको यो दुःखद जानकारी यही वक्तव्य मार्फत् गराउन चाहन्छु । तर अहिले पनि म लगायत हाम्रो बहुमत कार्यसमिति सदस्य एकताकै पक्षमा छौं । हामी तमाम सुभेच्छुक, सल्लाहकार तथा च्याप्टर सभापतिको भावना विपरित कदापि अघि बढ्ने छैनौं । अन्तिम समयसम्म पनि हामी एकताकै पक्षमा लागिरहने कुरा यही विज्ञप्ति मार्फत् स्पष्ट पार्न चाहन्छौं ।

धनञ्जयनरसिंह केसी
बरिष्ठ उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति अमेरिका

img_3374

प्रतिक्रिया