डिसीमा भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बा संग अन्तरक्रिया कार्यक्रम

इनेप्लिज २०७३ मंसिर २५ गते ११:१४ मा प्रकाशित

नेपाल धरान घर भै हाल लामो समय देखि हंगकंग बस्नु हुने भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बा संग डीसीमाँ अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ l अमेरिकाको बिभिन्न राज्यहरुमा बिभिन्न कार्यक्रममा सहभागी हुदै वाशिंगटन डीसी आई पुग्नु भएका सुब्बा संग डीसी महानगर क्षेत्रमा बिभिन्न पेसामा समलग्न ब्यक्तिहरुको पहलमा उक्त कार्यक्रम भएको हो l   कार्यक्रममा आसन ग्रहण तथा अन्य औपचारिक कार्यक्रमलाई थाती राख्दै भयवादी साहित्यिक धाराका अभियन्ता हर्ष सुब्बलाई मन्तब्य राख्न दिइएको थियो l सुब्बाले आफ्नी मन्तब्य बिस्तृत संग राखेका थिए भने मन्तब्य पछि केहि जिज्ञासा समेत राखिएको थियो l

प्रतिक्रिया