अमेरिकाको नर्थ कारोलिना राज्य मा दिसम्बर ६ लाई नेपाल दिवस को घोषणा

इनेप्लिज २०७३ मंसिर २५ गते १:०६ मा प्रकाशित

madhav-1

अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले दिसम्बर ६ लाई नेपाल दिवस को घोषणा गरेको छ l नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यान ले दिसम्बर ६ लाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेका छन l

नेपालीहरुको घना वस्ती रहेको नर्थ कारोलिना राज्यको मोरिसभील शहर अब नेपालीले अमेरिकन सरकारको आधिकारिक रुपमा नेपालीको पहिचानलाई स्थापित गरेको छ । एक विशेष कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको समुस्पस्थिती एवं गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल , नेपालीज समाज नर्थ क्यारोलिनाका सभापति डा शुष्मा प्रधान , एनसीएनसी संस्थापक सभापति ईस्वर देवकोटा ,पूर्व अध्यक्ष डा ठाकुर कार्की उप नगर प्रमुख ,  स्टीव राओ ,राज्य परिषद् सदस्य सतीस गरिमेल्ला ,समाजसेवी रविन्द्र कार्की, रामकृष्ण वाग्ले, बालकृष्ण शर्मा, रेवती अधिकारी लगायत समुदायका नेतृत्वको विशेष उपस्थिति रहेको थियो ।

madhav-2

सो कार्यक्रममा नेपाल र नेपालीको हित अनि एनआरएन का अमेरिकी मूलधारमा सक्रियता र सहभागिता कसरी बढाउन सकिन्छ र नेपाल सरकारले गैर आवासीय नेपालीलाई सदैव नेपालीको लागि नेपाली नै हुन भन्ने वास्तविकतालाई प्रशंसा एवं उच्च मूल्यांकन गरेको कुरा पूर्व प्रधानमन्त्री नेपालले बताएका थिए l सो कार्यक्रममा एनसीएनसीका पदाधिकारीले स्वागत गरेका थिए l

अब आज देखि हामी प्रत्येक गैर आवासीय नेपालीले यस शहरमा गर्वकासाथ आफनो नेपालीको परिचय स्थापित भएको महशुस गर्नेछौं । यो महत्वपूर्ण कार्यक्रम स्थानीय समाजसेवी रविन्द्र कार्कीको संयोजनमा वहांको निवास स्थलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया