हास्य कलाकार आरपी भट्टराई तितो सत्यका ‘राजालाम’,को निधन

इनेप्लिज २०७३ मंसिर २४ गते ८:१९ मा प्रकाशित

rp-bhattraiविराटनगर, २४ मङ्सिर । हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ ।

विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि आज बिहान उहाँ ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको निधन हृदयघातको कारणले भएको अनुमान गरिएको छ । मोरङको मधुमारास्थित जयनेपाल चोकमा घर भएका उहाँले नेपाल टेलिभिजनको चर्चित सिरियल ‘तीतो सत्य’ मा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँको एक श्रीमती र दुई छोरा छन् । हाटखोलास्थित सिग्याहा घाटमा दाहसंस्कार गरिने उहाँका शुभेच्छुक हरि भट्टराईले जानकारी गराउनुभयो ।

प्रतिक्रिया