एनआरएन अमेरिकाको एजीएम जनवरी १४ तारिखमा टेक्सासको ड्यालसमा हुने ।

इनेप्लिज २०७३ मंसिर २२ गते ०:५८ मा प्रकाशित
nrna1
अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषदले एनआरएनए अमेरिकाको बिधान अनुसार बार्षिक साधारण सभा गर्नु पर्ने भएकोले यही जनवरी १४,२०१७ शनिवारको दिन टेक्सास राज्यको डलासमा गर्ने भएको छ । उक्त  साधारण सभाको कन्भेनरमा एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष राम सि पोख्रेललाई तोक्ने निर्णय कन्फ्रेन्सकल वैठकले गरेको हो ।
उक्त साधारणसभाको लागि अमेरिकाको विभिन्न स्टेटका सम्पूर्ण च्याप्टरका अध्यक्ष महानुभावहरू, च्याप्टरका सम्पूर्ण पदाधिकारीहरू,साथै एनआरएनएका सदस्यहरु लगायत सम्पूर्ण संघ-संस्था, पत्रकार, बर्तमान कार्यसमितीका, सल्लाहकार, पूर्वकार्यसमितिका पदाधिकारीहरु तेसैगरी आइसिसीका सदस्य, क्षेत्रिय उपसंयोजक, क्षेत्रिय संयोजक, प्याट्रन, सल्लाहकार लगायत सम्बद्धसबैलाई  जानकारीतथा निमन्त्रणा दिन नवनियुक्त कन्भेनरलाई अनुरोध गरिनुका साथै यसै समाचार वमोजिम पनि जानकारी तथा निमन्त्रणा गरिन्छ ।
उक्त साधारण सभामा उपस्थितिका लागि यस संस्थामा अावध्द सम्पूर्ण सदस्यज्यूहरू, निवर्तमान तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरू, वर्तमान तथा निवर्तमान अाइसीसीका पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू, सम्पूर्ण च्याप्टरका अध्यक्षज्यूहरू तथा पदाधिकारीज्यूहरूलाई चाँडो भन्दा चाँडो होटल तथा प्लेन टिकट वुक गराई सस्तोमा सीट सुरक्षित गर्न हुन विशेष अनुरोध गरिन्छ ।
 उक्त कन्फ्रेन्स कल मिटींगको वैठक एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अध्यक्षता माँ सम्पन्न भयों भने सो वैठकको कार्यक्रम सन्चालन एनआरएनएका महा सचिव तिलक श्रेष्ठले गर्नु भएको थियो । स्मरणीय रहोस सो साधारण भेलामा सम्पूर्ण नेपालीहरू जो कोहीलाई पनि निमन्त्रणा छ र पाल्न सक्नुहुने छ ।
पुन:श्च गैर अावासीय नेपाली संघ (एनअारएन) राष्ट्रिय कार्यसमिति अमेरिकाको पाँचैाँ साधारण सभा देहाय अनुसारको मिति, समय र स्थानमा टेक्सासको ड्यालस शहरमा भव्य रूपमा गर्ने योजना रहेको व्यहोरा यहाँहरूलाइ अवगत गराउँदछैाँ ।
मितिः शनिबार जनवरी १४, २०१७
समयःबिहान ९ बजे देिख ७ बजे सम्म
स्थानः Four Points Hotel by Sheraton
           (Dallas Fortworth Airport North)
           1580 Point west Blvd.
           Coppell, TX 75019
सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

प्रतिक्रिया