पृथ्वीनारायण शाह, जंगबहादुर राणा र महेन्द्रजस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता

इनेप्लिज २०७३ मंसिर २० गते १३:४१ मा प्रकाशित

untitled

प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको छ । नेपालमा संविधान निर्माण गर्ने सभासदहरु,सांसदहरु र नेताहरुले नै संविधान–२०७२ लाई नमानि रहेको र पालना नगरेको अवस्था छ । यसकारण नेपालमा संविधान सभाबाट वि.सं. २०७२ साल असोज ०३ गते जारी संविधान मरिसकेको छ । ¬¬जस्तैः २५ जना भन्दा बढी मन्त्रीमण्डल विस्तार गर्न पाइदैन । तर बढी मन्त्रीमण्डल विस्तार गरेका छन् आदि आदि जस्ता र संविधानसभा नै बहिष्कार गर्ने जलाउनेहरुलाई पनि सरकारमा सहभागि गराएका छन् ।

Exif_JPEG_420

संविधानसभामा बहिष्कार गर्ने र संविधान जलाउनेलाई सरकारमा सामेल गराउन हुने मैले संविधानको श्राद्ध गर्न किन नहुने ?

Exif_JPEG_420

संविधानसभालाई नै बहिष्कार गर्ने (संविधान जलाउने) हरुलाई सरकारमा लैजानुको औचित्य के ? मुलुकको हितका लागि संविधान निर्माणमा सहभागिता गराउनु सक्नु पथ्र्यो ।

 

सत्तालिप्सा बाँडफाँटको भागबण्डामा नौ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पालो, नौ महिना नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पालो यसपछि भागबण्डाको पालो कस्को ?

Exif_JPEG_420

विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी भएको संविधान हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो । यो संविधान दिर्घकालिन सम्म टिकाउ संविधान होइन । यो संविधान फेल भएर जानेछ ।
विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । धर्म निरपेक्षता लादियो । यसरी वि.सं. २०६२÷२०६३ सालमा नेपालीहरुको धर्म माथि त प्रहार भयो नै अब संस्कार , संस्कृति र भाषा माथि पनि प्रहार हुँदैछ । विध्यार्थीलाई विद्यार्थी, विदयुतलाई विधुत नेपालीहरुलाई शुद्ध भाषा बोल्न र लेख्न नदिने, लिपी नै परिवर्तन गराई दिने, व्याकरण लेस गराइ दिने जस्ता चलखेल र षडयन्त्र हाम्रो मुलुकमा भइरहेको छ ।

Exif_JPEG_420

हामी आम नेपाली नागरिकहरुको विवेक, बुद्धि, ज्ञान र सचेतना कहिले आउने हो । हामी आम नागरिकहरु धनी छौं । तर हाम्रो मुलुक गरिब छ र सम्पन्न छैन । नागरिक र व्यक्तिहरु जति धनी भएपनि काम छैन । मुलुक धनी र सम्पन्नन हुनुपर्दछ । हाम्रो मुलुकमा आउने दिनहरुको भविष्य ठिक देखि रहेको छैन । मुलुकमा थप जटिलता आउने हो की ? खतराको संकेत महसुस भइरहेको छ ।

Exif_JPEG_420

मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई प्रधानमन्त्री, मन्त्री, सांँसद र नेताहरुबाट धरापमा पार्ने काम भएको छ । यसका लागि दोषी र जिम्मेवार हामी नागरिकहरु छौं । हामी नागरिकहरुले २१ औं शताब्दीमा आएर पेट्रोलियम पदार्थहरु र ग्याँसको दुःख र सास्ती जीवनमा व्यहोर्नु पर्ला कहिले सोचेका थियौं । यसतै अवस्था मुलुकको रहि रहने हो भने रुवान्डा, सिरिया, अफगानिस्तान, हाइटी, टर्की, लेवनान, सुडान र इथोपिया आदि आदि जस्ता राष्ट्र हुन के बेर । कति समय लाग्छ र ?सपार्नलाई समय लाग्छ । तर बिग्रनलाई पल भर समय पनि लाग्दैन यसकारण बेलामा आम नागरिकहरु सचेत र जागरुक हुन जरुरी छ ।

नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्मनिरपेक्षता लादे, पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए । दोस्रो संविधान सभाबाट वि.सं. २०७२ साल असोज ३ गते संविधान जारी पश्चात पनि मुलुकमा आन्दोलनरत दलहरुलाई नेपाल सरकार र शीर्ष नेताहरुले समेट्न नसकेको र द्वन्द्वको अन्त्य गर्न नसकेकोले मुलुकमा थप जटिल परिस्थिति र मुलुक जर्जर अवस्थामा रहेको छ । हाम्रो मुलुकको इतिहासमा नै २०५२ सालदेखिको संक्रमण काल अवस्था आजसम्म रही आएको र अझै कतिन्जेल संक्रमणकाल अवस्था रही रहने हो ? यस संक्रमणकाललाई हटाउन नसकेको मुलुकमा अराजकता र अस्थिरता जस्ता समस्याहरु देखिएका छन् । यस समस्याहरुलाई सुल्झाउन, मुलुकलाई निकास दिन नसकेको र अनिर्णयको बन्दी बनाइराखेकोले नेपालमा राजनीतिक दलहरुको सरकार, सांसद र नेताहरु मुलुक चलाउन र मुलुकलाई निकास दिन असफल भएकाले अब नेपालमा मुलुकको हित र रक्षाका लागि श्री ५बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र, जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेकोले पाञ्चायन पुजा गर्न लागिएको हो ।

नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, स्वाधिनता, प्रजातन्त्रको रक्षा, पाँच प्रदेश, हिन्दु राष्ट्र कायम गर्न, राज्यकोष ढुकुटी दुरुपयोग, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन मुलुकको हित र रक्षाका लागि श्री ५बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेको छ ।

राज्य विभाजन हुनु (टुक्रिनु) हुँदैन र अखण्ड नेपाल नै रहि रहनुपर्छ भन्ने आम नेपाली नागरिकहरुको भनाई रहेको छ । आम नेपाली नागरिकहरुले विकेन्द्रिकरण खोजेका हुन् । विगत देखि हालसम्म पाँच वटा विकास क्षेत्र विकेन्द्रिकरण भएर पनि नाम मात्र को विकेन्द्रिकरण भएर थन्केर रहिरह्यो । आम नेपाली नागरिकहरुले विकेन्द्रिकरण भएका ठाउँहरुबाट सेवा सुविधाहरु छिटो भन्दा छिटो पाउन खोजेका हुन् ।

पुर्वाञ्चल विकाश क्षेत्र, मध्यमाञ्चल विकाश क्षेत्र, पश्चिमाञ्चल विकाश क्षेत्र, मध्यपश्चिमाञ्चल विकाश क्षेत्र र सुदुरपश्चिमाञ्चल विकाश क्षेत्र यी ५ वटा विकाश क्षेत्रलाई (१) पुर्वाञ्चल प्रदेश (२) मध्यमाञ्चल प्रदेश (३) पश्चिमाञ्चल प्रदेश (४) मध्यपश्चिमाञ्चल प्रदेश (५) सुदुरपश्चिमाञ्चल प्रदेश नाम राखेर विकेन्द्रिकरण गरिनु पर्छ । राजनीतिक दलहरुका नेताहरु र सांसद (सभासद) हरुको अनिर्णय र अराजकताका कारण मुलुकको हित र रक्षाका लागि श्री ५बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता

(Requirement of Rise Nationalist New Power) रहेको छ ।

स्वतन्त्र नेपाली नागरिकः राकेश कुमार शर्मा, साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६ हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, मो. नं. ९८४८०५५७७६ ÷ ९८१२४९१३९७

नोट:
ड्ड संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते गर्दा प्रहरीद्धारा पक्राउ,
ड्ड संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते,
ड्ड संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटांैडामा वि.सं. २०७३ साल भाद्र ९ गते संविधानको श्राद्ध गरियो ।

नोट ः २०७३ साल मंसिर २० गते बिहान ८ बजे जिल्ला मकवानपुर को हेटौँडा KO SANOPOKHARA CHOWK MA स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले राष्ट्रवादी नयाँ शक्तिका लागि पाञ्चायन पुजा गरेका छन् । पुजा पण्डित डिकनाथ पौडेलले गराएका छन् ।

प्रतिक्रिया