युएईमा अबस्थित ग्रीनलाइन ट्राभलले संचालनको ५ बर्ष पुगेको अबसरमा ग्राहकलाई बिशेष छुट दिदै

इनेप्लिज २०७३ मंसिर २० गते ५:४४ मा प्रकाशित

15232284_1343262772371529_7309178578504083042_n

युएई अबुधाबी : युएईको राजधानी शहर अबुधाबीमा प्रधान कार्यलय रही युएईको विभिन्न शहरमा आफ्नो शाखा विस्तार गरि नेपाली देखि सम्पूर्ण मुलुक निबासी हरुलाई सेवा प्रदान गर्दै आएको ग्रीनलाइन ट्राभल एण्ड टुर्स संचालनको ५ बर्ष पुगेको अबसरमा आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुका लागि एक महिना लागि बिशेष छुटको योजना लिएर आएको छ ।नेपालीहरुको लगानीमा युएईमा पहिलो तथा धेरै शाखा भएको यस ट्राभल सन २०११ देखि संचालनमा आएको हो ।

12345495_1069838666380609_1687106116581695470_n

भिजिट भिसा, हवाई टिकट तथा टुरिजम प्याकेजमा नेपालीहरुको लागि डिसेम्बर महिना भरि बिशेष छुटको ब्याबस्था गरिएको ग्रीनलाइन ट्राभल एण्ड टुर्सका संचालक बालकृष्ण खडकाले बताए । २०११ देखि युएईमा संचालनमा आएको ग्रीनलाइन ट्राभलले ग्रीनलाइन ट्राभल एण्ड टुर्स ग्रुप अफ कम्पनि बनाएर युएईकै बिभिन्न राज्यमा ८ वटा शाखा र कतारमा अल कूट ट्रभल संचालनमा ल्याएको संचालक खड्काले बताए । युएईमा ग्रीनलाइन ट्राभल एण्ड टुर्सको ब्यबस्थापनमा ग्रीनलाइन फार्म हाउस समेत संचालनमा रहेको छ । फार्म हाउस ५० जनालाई खाना बस्नका लागि राम्रो र ब्यबस्थित कटेज र १० हजार जना जना संख्या सम्म अट्न सक्ने क्षमता भएको ५० रोपनी क्षेत्रफलमा फैलिएको खड्काले बताए ।

15232284_1343262772371529_7309178578504083042_n-1
ग्रीनलाइन ट्राभल एण्ड टुर्सको कुनै पनि शाखा बाट डिसेम्बर महिना भरि टिकट खरिद गर्ने सबैलाई निशुल्क एयरपोर्ट आवत जावत यातायातको सुबिधा समेत दिने बताउदै खडकाले ट्राभलमा नेपाली ,इन्डियान ,फिलिपिनी , श्रीलंका , बंगलादेशी जोडनका गरि ५ दर्जनले रोजगारी पाइरहेका छन ।आफनो डेजर्ट क्याम तथा होटल संचालनको लक्ष्य लिएको बताउदै खड्काले ग्रीनलाइनलाई युएईको टप १० ट्राभल एजेन्सी बनाउने उदेश्य रहेको बताएका छन । ग्रीनलाइन ट्राभल ग्रुप अफ कम्पनि सधै आफ्नो ग्राहकहरुको सेवामा इमान्दारी साथ सर्बसुलभ तरिकाले लागेको हुदा सम्पूर्ण ग्राहकहरुको रोजाइमा समेत परेको छ l ग्रीनलाइन ट्राभल ग्रुप अफ कम्पनि बालकृष्ण खड्का र ठाकुर प्रसाद ढुंगानाको संयुक्त लगानीमा लगानीमा संचालनमा आएको छ भने यसको शाखा कार्यलय नेपालमा समेत रहेको छ l

प्रतिक्रिया