पत्रकार बोहराकी धर्मपत्नीको उपचारका लागि अर्थ सङ्कलन

इनेप्लिज २०७३ मंसिर १७ गते १२:२० मा प्रकाशित

काठमाडौँ, १७ मङ्सिर । नेपाल पत्रकार महासङ्घले आफ्नो कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहराकी धर्मपत्नी ममताको उपचारका लागि ‘आर्थिक सङ्कलन अभियान’ सञ्चालन गरेको छ ।

बोहराको निधनपछि ममताको उपचारमा आर्थिक समस्या परेकाले अभियान सञ्चालन गरिएको कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी गराउनुभयो । दुवै मिर्गाैला बिग्री सात महिनादेखि काठमाडौँमा उपचाररत ममताको राजधानीस्थित भेनस अस्पतालमा उपचार भइरहेको छ ।
महासङ्घले अभियानमा साथ दिन र ममताको जीवन बचाउन आफ्ना सबै सदस्य र सञ्चारकर्मी तथा स्वदेश एवम् विदेशमा रहेका अन्य महानुभावलाई आग्रह गरेको छ ।

महासङ्घले आआफ्नो संस्था, शाखामार्फत वा महासङ्घका नाममा रहेको कमलादीस्थित नेपाल बङ्गलादेश बैंक लिको ००१०३६३५२ ए खातामा सहयोग जम्मा गरिदिनुहुन आग्रह गरेको छ । सुदूरपश्चिमको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याउनु भएका बोहराको यही मङ्सिर १० गते काठमाडौँमा निधन भएको थियो ।

प्रतिक्रिया