अमेरिकामा आएका नेपाली महिला तथा पुरुषका घोडा बेचेर सुत्ने दिन आउदै

इनेप्लिज २०७३ मंसिर १४ गते १:३० मा प्रकाशित

bijay

मानिसको मन खुसि र जीवनमा हर्षको वर्षा भयो भने मानिस घोडा बेचेर सुतेको जस्तै चिर निन्द्रामा पर्दछ l मानिस आनन्दले सुत्न चाहन्छन l अमेरिका आएका नेपाली कामको लोथले पर्लक्क खाटमा पल्टे पछि भोलि बिहान मात्र जागाराम हुन्छन l तर ज्यादा खटाई भए पछि शरीरमा पिडा भए पछि निन्द्रा नलाग्नु भनेको अर्को कुरा हुन्छ l तर झपक्क निन्द्रा लागे निन्द्रा पुग्ने पनि हुन्छ l

अमेरिकामा नेपाल जस्तो भाते निन्द्रा लाग्दैन l टन्न खाए पछि निन्द्रा लाग्दछ l मानिसको पेट भोको भए निन्द्रा लाग्दैन कि मानिसको मनमा धेरै कुरा खेले अनिन्द्रो हुन्छ l मानिसलाई शान्ति भए पछि कुम्भकर्ण शैलीमा सुत्दछ l जीवन भर मानिस शान्तिको खोजीमा पनि हुन्छ l अमेरिकामा ज्यादा भौतिक सुबिधा उपयोग गर्ने भएकोले नेपाल भन्दा निन्द्रा लाग्दछ l

अमेरिकामा एक अर्काको भर पर्नु पर्दैन l नेपाल जस्तो पति संग पैसा नमाग्दा पनि काम चल्छ किनभने आफै कमाइने हुन्छ l वातावरण नै राम्रो लाग्छ l जे चिज पनि राम्रो लाग्ने हुन्छ l गर्मीले पनि नछुने र जाडोले पनि नछुने l महिलालाई पहेलो धातु किन्न पतिको आशा पनि गर्नु पर्दैन जस्तो पनि लगाउन पाइने हुन्छ l

तर नेपालमा लोग्नेले नदिन पनि सक्ने हुनाले सुन चाड पर्वमा नलगाउन पनि पाइन्छ l तर यहाँ पाखुरी चलाएर मेहनत गरेको हुनाले चाहेको जस्तो जे पनि किन्न पाइन्छ l नेपालमा सवारी साधन पुरुषले कुदाउने भए पछि कम मात्रामा महिलाले चलाउने हुनाले छोरा मान्छेको भर पर्नु पर्ने हुन्छ l तर यहा नाकको चालले गाडी चलाउन जान्ने पर्छ l

अमेरिका जस्तो देशमा गाडी सरर कुदाउदा मन नै फुरुंग हुन्छ l काम गर्ने बानि हुनाले फुर्तिलो पनि बन्ने हुनाले आनन्द लाग्छ l अनि घोर निन्द्रामा सुतिन्छ l सबै तिर वातानुकुलित अवस्था भएकोले मज्जाले निन्द्रा लाग्छ l नेपालमा सिरटो चल्छ तर कोठा भित्र न्यानो नै हुदैन l स्याठ आउछ तर यहाँ केन्द्रिय वातानुकुलित घर कोठा हुन्छन अनि घोडा बेचेको जस्तो निन्द्रा नलाग्ने भन्ने सवाल नै हुदैन l महिला सशक्तिकरण हुन्छ l रोकतोक नेपाल जस्तो हुदैन l स्वतन्त्रता पनि हुन्छ l अनि यस्तो अवस्था हुँदा अमेरिका आएका पुरुष तथा महिलालाई घोडा बेचेर सुते जस्तो नहुने भन्ने प्रश्न नै भएन l वर्तमानमा काम गरे बुढेस कालमा सुबिधा प्राप्त हुने हुनाले झन् मस्तले निन्द्रा आउने हुन्छ l

अमेरिकामा दैनिकी एकनास हुदैन l मानिसले हण्डर धेरै खान्छन l धेरै कुराको दुख भएता पनि अमेरिकामा छु भन्ने भएकोले मानिस रामो संग निदाउछ्न l अमेरिकामा पहिलो पुस्ता र दोश्रो पुस्ता नेपाली समुदाय छन् l पहिलो पुस्ताका नेपालीले नेपालबाट आफ्नो पुर्खौली सम्पत्ति अंश बाबुआमा बाट प्राप्त गरेका छन् l

नेपालको कानुनले पैतृक सम्पत्ति पाउने प्राबधान छ l तर यहाँ जन्मेका र नेपालबाट सानै उमेरमा ल्याईएका बालबालिकालाई अंश सम्बन्धि चासो राख्दैनन् l अज्ञानता पनि छ l

अमेरिका आएका दोश्रो पुस्ताकालाई अंशबन्डामा बिषयमा लुतो न कन्याई हुन्छ l पढ्ने र कमाउने बाहेक उनीहरु अरु भाषा बुझ्दैनन् l पहिलो पुस्ताका ले अंश भाग बन्डा बारेमा उनीहरुलाई जानकारी पनि दिदैनन र जरुरि पनि हुदैन l

अमेरिका भासिएका र लामो समय देखि अमेरिकामा बसोबास भएता पनि नेपालको अंशको लागि नेपाल धाएर भए पनि बूढा बुढी भएका आमा बुवालाई रुवाएर भए पनि अंश खोज्ने त्यो सोचाई परिवर्तन गर्न सकेका छैनौ l

हामी भित्र निहित त्यो लोभ र लालच को कारण विदेशिएको भएता पनि पैतृक अंश सम्बन्धि हामी अझ गरिब मानसिकता बोकेर हिडेका नै छौ l अमेरिकामा राम्रो कमाईएता पनि हामी अंश भने पछि १० औं पटक लाखौ खर्च गरेर नेपाल पुगेर भए पनि बाआमाको अंश कुम्ल्याउछौ l

अमेरिकामा आएका बाआमाले कमाएको सम्पत्ति अंशमा आफ्ना सन्तानलाई दिन्न भन्न पाईने भएकोले नेपाली आमाबुवालाई गज्जबको बाटो खुलेको छ l हाई सन्चो हुने दिन चाडै आउने भएको छ l पैतृक सम्पत्ति बिषयमा छोराछोरी संग चर्काचर्की नहुने हुँदा मस्तले सुत्ने दिन आएको छ l अमेरिकामा अंशमा तनाबमुक्त हुने भएको छ l बाबुछोरा र दाजुभाईमा काटाकाट तथा मारामार नहुने भएको छ l

मनमा अशान्ति भन्ने कुरा नहुने भएकोले घुप्लुक्क सुत्ने दिन पनि आएका छन् l सुते पछि छर्लंग भए पछि एकै चोटी झल्यास्स हुने गरि बाआमा उठ्ने भएका छन l अमेरिका आएका अभिभावकलाई राम्रो निन्द्रा पर्न थालेको छ l

बाबुआमाले कमाएको सम्पत्तिमा अमेरिकामा छोराछोरीले मुद्धा हाल्न नपाईने र हक दाबी गर्न पाउदैनन l अनि किन खुट्टा लम्पसार गरि किन नसुत्ने ? खाटमा पल्ट्यो कि घुरेर सुत्ने अवस्था आउने दिन नजिकिदै छ l अमेरिकामा आफ्ना बाबुआमा बाट केहि लिएका हुदैनन् भने उनीहरुका बाबु आमाले पनि हजुर बुवाबाट केहि पाएका हुदैनन् l अनि बुवाआमा बाट अपेक्षा पनि गर्दैनन् l

बुवा आमाको शेख पछि सम्पत्ति आफुले खाउला भनि आशा पनि गर्दैनन् lअंश कै लागि रातभर जागाराम हुने स्थिति नै हुदैन l जिजु बुवा पनि घोडा बेचेको जस्तै सुत्दथे भने हजुर पनि यस्तै गरि निन्द्रामा पर्थे l बुवा पनि यस्तै गरि आनन्दको निन्द्रामा पर्थे l नेपालमा महलमा मस्त संग सुत्ने परिवार यहि अंशको बाँडफांडले एक कोठामा सुत्न नसकी छटपटिएका छन l

अमेरिकाका युवा ,किशोर किशोरीहरु संघर्ष ,मेहनत र कडा परिश्रमबाट आफ्नो बाटो निर्माण आफै गर्ने मानसिकता भएकोले बुवाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउदैनन l जसको कारण बाआमालाई हाई सन्चो भै खुब निन्द्रा लाग्ने छाट देखिएको छ l

अमेरिका भासिएका पहिलो पुस्ताका बाआमाले अंशको लागि अब दुख झेल्नु नपर्ने भएको छ l अंशको लागि पिर र पिडाले रातभर खटपटिनु बाट मुक्त हुने भएको छ l अमेरिकामा बसोबास गर्ने पहिलो पुस्ताका बाआमाका घोडा बेचेर मस्त निन्द्रामा सुत्ने जस्ता दिन चाडै आउने पक्का भएको छ l

पहिला पुस्ताका अभिभावकलाई अग्रिम शुभकामना ! पशुपतिनाथले रक्षा गरुन !

प्रतिक्रिया