नेपालको संख्या एक मा रहेको बिधुतिय पत्रिका अनलाइनखबर डटकमको पहिलो अन्तराष्ट्रिय संस्करणका रुपमा ‘अष्ट्रेलिया संस्करण’ सुरु भएको छ l सिड्नीमा आयोजित एक बिशेष समारोह बिच गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आइतबार अनलाइनखबर अष्ट्रेलिया संस्करणको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष घलेले विश्वभर रहेका नेपालीलाई जोड्न मुख्य भूमीका खेलेको अनलाइनखबरले पहिलो सामुदायिक संस्करण सुरु गरेकोमा बधाइ ज्ञापन गर्दै सफलताका लागि शुभकामना ब्यक्त गरे ।
अनलाइनखबर डटकमका अध्यक्ष एवं प्रधान सम्पादक धर्मराज भुसालले अनलाइनखबरको विश्व मार्का तथा छबिलाई स्थानीय स्वाद सहित अष्ट्रेलियाका पाठकलाई पस्किएको बताए ।
‘नेपाली अनलाइन(बिधुतिय )पत्रकारिताको इतिहासमा यो एउटा नयाँ अध्याय हुनेछ भन्ने विश्वासका साथ पहिलो संस्करण अष्ट्रेलियाबाट सुरु गरेका छौं’ उनले भने, नेपालबाहिर हुर्कदै गरेको दोस्रो पुस्तालाई नेपाल र नेपालीसँग जोड्न यो अभियान सफल हुने हामीले विश्वास लिएका छौं ।’
प्रतिक्रिया