भर्जिनियाको विन्चेस्टरमा कविता, मुक्तक, गीत र हाँस्य ब्यङग कोठे कबि गोष्ठी सम्पन्न

इनेप्लिज २०७३ मंसिर ११ गते ३:११ मा प्रकाशित

 

अमेरिका/ नोभेम्बरको चिसोले अलिकती चुस्स छुन लाग्दा १९ तारिखको शनिबारको दिन अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाका करिब ७० जना साहित्यकार, कवि देखी कलाकार सम्म सबै आ आफ्नो कविता, मुक्तक, गीत र हाँस्य ब्यङग सहित जुटेका थिए अन्तर्राष्ट्रिय कलाकार मँच र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालको निवास भर्जिनियाको एतिहासिक शहर विन्चेस्टर शहरमा । अमेरिका स्थित नेपाली राजदुताबासका डेपुटी चिफ अफ मिशन जिबन प्रकाश श्रेष्ठ मात्र होइन मानबाधिकार आयोगका पूर्व सचिब, अग्रज साहित्यकार, लेखक विद्वान शंकर श्रेष्ठ देखी डा. रघुनाथ अर्याल, पेशाले डाक्टर करिब एक दर्जन ब्यक्तित्व र करिब ७० जना साहित्यकार, कवि देखी कलाकार सम्मको गरिमामय उपस्थितिमा छँदै थिए कोठे कवि गाेष्ठीका स्थाई कवि, साहित्यकारहरु पनि । आयोजक रामप्रसाद खनालले कविता बाचन गरेर शुरु गरेको कवि गाेष्ठी खनालकै गीतमा आएर समाप्त हुँदा सम्म कविता, मुक्तक, गीत, हाँस्यब्यंगको यस्तो बहार आयो साढे तीन घण्टा समय बितेको कसैले पत्तै पाएनन ।

 

प्रतिक्रिया