“पुरानो डुङ्गा” को शुभ-यात्रा शुरु भयो दर्शकहरुको अपार मायाको महासागरमा..

इनेप्लिज २०७३ मंसिर ११ गते ०:३१ मा प्रकाशित

 picsart_11-25-06-16-47

आजै नेपालभरका विभिन्न हलहरुमा मानव सागरको लहरसंगै आफ्नो शुभ-यात्रा शुरु गरेको दयाहांग राई तथा प्रियंका कार्कीको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र आज अमेरिकाको मिचिगन राज्यमा पनि लगभग संगसंगै प्रदर्शन भएको छ। Grand Rapids, Michigan मा भएको आजको पहिलो शो Housefull सहित शुरुआत भएको छ भने भोलिको शो को पनि सम्पुर्ण टिकट लगभग सकिसकेको जानकारी प्राप्त भएको छ।  #NamasteEntertainment का स्थानीय साथीहरू Tyson Gurung, Anup Gurung र  Amrit Rai को सहकार्यमा भएको आजको यो शो: को शुरुआत संगै “पुरानो डुङ्गा” अब अमेरिका र क्यानाडाका विभिन्न ४० भन्दा बढी शहरहरुमा यो चलचित्र प्रदर्शनी हुने तयारीमा रहेको छ। यसै गरी हाम्रो बाल्टिमोरमा पनि यो चलचित्र यहि डिसेम्बर ४,५ र ६ तारिख प्रदर्शनी हुने भएको छ।

received_10154762930639494

चलचित्रको प्रदर्शनी संगसंगै यस चलचित्रमा रहेको “हो निरा!! जहिले रिसाउने” बोलको चर्चित गीत फेरि एक पटक अमेरिका र क्यानाडा भर जोड्तोडले गुन्जिने भएको छ।

picsart_11-16-11-06-18-1

नेपालमा र अमेरिका एकै पटक नेपाली चलचित्रको प्रदर्शनीलाई सम्भव बनाउँदै युवा फिल्म र एभरेष्ट इन्टर्टेन्टमेन्ट्ले अमेरिका भुमीमा नेपाली चलचित्रको नयाँ इतिहास रच्न सफल भएका छन्। अन्तमा, यदि तपाईंहरु पनि आफ्नो शहरमा यस चलचित्रलाई आफ्नो शहरहरुमा प्रदर्शन गर्न चाहनुहुन्छ भने इच्छुक महानुभाव तथा संघसंस्थाहरुले यथासिघ्र तल उल्लेखित फोन-नम्बरहरुमा सम्पर्क गर्नहुन सवैमा अनुरोध गर्दछौं।
Apar Shrestha: 443-418-4344
Dilip Shrestha: 646-420-2399
Srijan Tamrakar: 443-675-8889
Keshav Khadka: 401-999-7150
Ashish Shrestha: 405-812-1637

 सम्पुर्ण #puranodungaUSA टिमलाई हाम्रो तर्फबाट चलचित्रको सफलताको लागि हार्दिक शुभकामना !!
इनेप्लिज परिवार

: श्रीजन ताम्राकार, बाल्टिमोर

प्रतिक्रिया