कुनै दिन यस्तो नआओस कि आफ्नै साथीलाई जेलमा भेट्न जान परोस्। – महेश भट्टराई

इनेप्लिज २०७३ मंसिर ८ गते ९:०२ मा प्रकाशित

picsart_11-22-11-08-07

NRN USA को Articles हेर्दा एक नम्बर को लक्ष्यमा US मा NRN हरुको interest, right and privileges हेरेर कानुन अनुसार सहयोग गर्ने भन्ने लेखिएकोछ । त्यसै गरि उदेश्यमा Nepali NRN र Americans resources हरुको उपर्यूत रुपमा परिचालन गरि नेपालीहरुलाई सहयोग गर्ने भन्ने लेखिएकोछ।नेपालको बिकासमा सहयोग गर्ने भन्ने चौथो उदेश्यमा परेको रहेछ।

हालसम्म मैले देखेको र बुजेको कुरा भन्नु पर्दा अमेरिकामा बसेका residents को हक हित र सहयोग खासै काम भएको मैले देखेको वा अनुभूत गरेको छैन। नत यहा भएका Resources को Proper Utilization र Coordination नै गरेको देखेकोछु । हामीहरुले भोगेका दैनिक जल्दा बल्दा समस्याहरु लाई मनन गरि NRN ले केहि काम गरेको मैले देखेको छैन ।
चुनाब को बेला मा २०-३० बुदे घोषणा-पत्र प्रचार प्रसार गरे पनि कार्यकालको अन्त्यमा प्रतिबद्ता पुरा भएको देखीएको छैन ।जब हाम्रो NRN मा संगठन को Goals र Objectives स्पष्ट छँदैछ भने फेरी यो बुँदे घोषणा-पत्र किन चाहियो?? संस्थाको बिधान ठुलो कि ब्यक्ती घोषणा पत्र ??

सामाजिक संजालमा नेताहरु संगको फोटो र भाषण गरेका पोस्ट गरि Likes र Comments मै मख्ख पर्ने, मेरो नेपालको सबै नेताहरु संग राम्रो Approach र Connection छ भनि गफ दिने, पैसा, जागिर र वरिष्ठताको गफ दिने, मैले विधार्थी कालमा यस्तो गरेको थिए, मेरो गाउँ वा जिल्लामा यस्तो थिँए भन्ने गफ दिने काम सामान्य नै भईसकेको छ । गफ सुन्दा यस्तो लाग्छ नेपालमा भएको भए प्रधानमन्त्रि वा मन्त्रि त पक्का ।।

NRN, Non-Profit Social Organgation को रुपमा सस्था दर्ता भए पनि नेतृत्व पार्टी कै झन्डा समाउनेहरु कै हातमा परेको छ। तेसै ले होला बुद्दिजिबी र केहि जान्ने बुज्ने यो राजानिक फोहोरको डंगुर देखि टाढा बस्न मन पराएको । अमेरिकामा पनि सफल नेपालीहरु Doctor, Engineer, IT Specialist, Businessman, Lecturer , UN, WHO, World bank , State , Federal Government Jobs , Ph.D. , Researcher …….High Rank का Successful मानिसहरु हरुको लामो लाईन छ । यदि यी Resources लाई राम्ररी परिचालन गर्ने हो भने अमेरिकामा नेपालीको आर्थिक स्तर माथि उठ्न बेर लाग्दैन। तर अफसोच NRN चुनाबमा कसलाई President बनाउने भन्ने नेपालको पार्टी र नेताले तोक लाउनु पर्ने हुन्छ ! यो र यस्तै यस्तै बानि र ब्यबहारले गर्दा होला बुद्धिजीबी वर्ग सधै टाढै रहन चाहन्छन ।
खुलेरै भन्नु पर्दा मेरो विचारमा NRN कांग्रेसीहरुको पकडमा परेको छ । एमालेको स्थिती राम्रो नभएर होला बिरोध र बहिस्कार तिरै वढी लागेको देखिन्छ। रा. प्र. पा. को “Sour Grapes” भन्नु पर्ने अवस्था छ । कांग्रेसीहरुले आफै भित्र गुट, उप-गुट बनाएर ब्यक्तिको चरित्र हत्या गर्ने र नेपाल कै नेताको पुच्छर समाई बैतर्णी तर्ने बाहेक केहि गरेनन् ।

बास्तबमा NRN को नेतृत्वमा आस र भरोसा लाग्दा मानिसहरु देखिए पनि, जो सुकैले जित्दा पनि हामीले दैनिक भोगीरहेका समस्याको समाधान कसैले पनि गरेनन वा गर्न सकेनन । Articles लाई एकातिर थन्क्याएर ब्यक्तीले आ-आफ्नै विचार र सोच बाट NRN लाई संचालन गरेको देखियो !
“शिक्षा, स्वास्थ्य, रोजगार, कानुनी सल्लाह” केन्द्र (Information and Resources Center) खोलेर प्रत्येक State हरुमा सेवा दिनु आजको NRN को प्रमुख आबश्यकता, मैले देखेको कुरा यही नै हो । सबै State Chapter हरु लाई बलियो बनाइयो भने मात्र यो सम्भव छ । अमेरिकामा बसेर सधै भरि Facebook मा “नेपाल, नेपाल, नेपाल” भनेर केहि हुने वाला छैन । प्रमुख प्रश्न भनेको अमेरिकामा बस्ने नेपालीको जिबनस्तर कसरि उठाउन सकिन्छ भन्ने नै हो ।

जब सम्म अमेरिकामा भएका संघ-सस्थाहरुले स्थायी आम्दानीको श्रोत र साधनको उचित श्रोत र ब्यवस्थापन खोजिदैंन, तब सम्म केवल सदस्यता शुल्कको आम्दानीको श्रोतले मात्र कसरि काम गर्न सकिन्छ। जब सम्म आर्थिक श्रोत बारे नेतृत्व वर्गले केहि सोंच्न सक्दैन, तबसम्म समाजसेवाको नारा केवल नारा मात्र रहनेछ । सधैं भरी देशमा बाढी, पहिरो र भुकम्प जाला र पैसा उठाउँला भन्न त सकिंदैन नि !

तर अफसोच अमेरिकामा भएको नेपाली धेरै संघ सस्थाहरुको नेतृत्व वर्गहरुलाई हेर्दा र बुज्दा उनीहरु तिन प्रकारका भेटिन्छन। पहिलो समुह नेपालमा गएर राजनीति गर्ने र मन्त्रि बन्ने सपना देख्दैछन। दोस्रो समुह नेतृत्वको स्वार्थमा आफ्नो ब्यापार ब्यबसाय बढाउने वा “Human Trafficking” मानव तस्कर गर्ने र जसरि नि पैसा कमाउने मनसाय देखिन्छ। तेश्रो समूह नेतृत्वको स्वार्थमा बर्षैदिन मंचहरुमा आसन ग्रहण गर्ने, खादा लगाउने, भाषण गर्ने, नेपाली बजारमा सधैं चर्चामा रहने र समाजसेवी भन्न मन पराउने, Facebook का लागि फोटो सेसन गर्ने अनि likes र comments मा मख्ख पर्ने देखिन्छ।

समाजसेवा सजिलो काम भने पटक्कै होईन, कहिँ बाट जस नपाईने काम भने पक्कै हो । मन, धन र समय हुनेहरु को लागि पबित्र सेवा गर्ने अवसर भने पक्कै हो । तर यहाँ त नाम कमाउन, धन कमाउन र मनोरंजन गर्ने महत्वाकाक्षीहरुको गुट भएको छ यो र यस्तै यहाँका संस्थाहरु।

मेरो विचार एउटा टिमलाई २ वर्षको बिशेष कार्य योजना र प्रतिक्रियाहरु सहित, सबैको सहमति र सहयोगले जिम्मा दिए कसो होला ? चुनाब र खिचडी समितिले केहि होला जस्तो मेरो विचार र अनुभबमा लाग्दैन। किनकि प्रजातन्त्र को जति नै कुरा गरे पनि हारलाई स्विकार गर्ने हाम्रो हिम्मत र बानी छैन। मुख्य प्रस्न Out Put वा Result को नै होइन र ?
सामाजिक संस्थाको नाममा अमेरिकामा गैर राजनीतिक क्रियाकलाप, आर्थिक हिनमिना, मानब तस्कर जस्ता काम NRN भित्र नपसोस्। बेलैमा सर्वसाधारण देखि NRN नेतृत्व वर्गहरुले ध्यान पुर्याउन । कुनै दिन यस्तो नआओस कि आफ्नै साथीलाई जेलमा भेट्न जान परोस् ।

मेरो बिनम्र अनुरोध ! “नेपाली राजनैतिक पार्टीसंग आबद्ध कुनै पनि ब्यक्ती अमेरिकन सामाजिक संस्थाबाट अलग्ग बसी दिनु भए हामी सबैको पक्कै भलो हुने थियो।” आगामी चुनाब जसले जीते पनि हामी सबै अमेरिकावासी नेपालीहरुले प्रत्यक्ष सहयोग र सेवा लिन दिन अनि NRN प्रती गर्वको अनुभूत गर्न पाईयोस् ।

सबैलाई शुभकामना !!!
-महेश भट्टराई, कोलम्विया, मेरिल्याण्ड

प्रतिक्रिया