अमेरिकामा यसरि पनि धनि बन्न सक्ने

इनेप्लिज २०७३ मंसिर ७ गते २:१७ मा प्रकाशित

bijay 1

अमेरिकामा चिट्ठा खेल्दा राम्रो l अमेरिकामा रातारात धनि हुने उपाय यो पनि एउटा हो l तर पर्ने कहिले ? युग बित्दछ l तर अमेरिकामा धेरै नेपालीले चिट्ठा खेल्छन र पारेका पनि छन l

अमेरिकामा धन कमाउने अर्को उपाय खडेमान हुन् सकिन्छ भने कमाईन्छ l खडेमान भनेको उभिने अभ्यास हो l सामान्य मानिसले हप्तामा ४० घण्टा काम गर्छन l l अमेरिकाको शैलीमा काम गर्ने क्षमता छ भने मानिस छोटो समयमा कमाउन सक्छ l छिटो र खडेमान भै काम गर्ने बानि छ भने अमेरिकामा स्थापित हुन्छन l १५- १८ घण्टा सातै दिन काम गर्ने पनि बहादुर नेपालीहरु पनि छन् l उनीहरुलाई धनि हुन् लाई तगारो ले छेक्दैन l

अमेरिकामा बसेर गर्ने काम पनि अत्यधिक हुन्छ l बसेर काम गर्दा पनि लामो घण्टा हान्नेको राम्रो आर्थिक उन्नति हुन्छ l तर धनको डकार कहिले पनि आउदैन | मुद्रा नहुदा जीवन अन्धकारमय पनि हुन्छ | धनको पछाडी नलाग्ने बेबकुफ हुन्छ | परिवार ,सामाजिक प्रतिष्ठा ,ईज्जत तथा समुदायको लागि कमाउनु अपरिहार्य हुन्छ |

सपनाको संसार अमेरिका आउनुको एउटा मात्र उद्धेश्य आर्थिक सम्पन्न हुनु हो | यहि क्रममा लाखौ नेपालीहरु अमेरिका आई पुगेका छन् l अमेरिकामा ३ प्रकारका नेपाली समुदाय भेटिन्छ l

पहिलो ,अमेरिका सपरिवार बसाई सराई गर्ने l यतै कमाई गर्ने | यो वर्गले कमाउछ र धनि हुदै जान्छन | पढे अनुसार राम्रो जागिर पाईने हुनाले यो वर्ग धनि बन्दछन l

दोश्रो ,आधा मन नेपालमा र आधा अमेरिकामा | आवत जावत गर्छन | खर्च ठुलो लाग्ने हुनाले आर्थिक कठिनाईको सामना गर्छन | हातमा लाग्यो सुन्य जस्तो पनि हुन्छ l तर बचत गर्ने पनि हुन्छन l

तेश्रो ,नेपाल फर्कने मानसिकता लिएर अमेरिका छिरेका हुन्छन l काम ,काम र काम मात्रलाई ध्यान दिन्छन | खर्चलाई नियन्त्रण गर्छन l अनि पैसै पैसाको थुर्प्रो | १५ – १८ घण्टा सम्म दिन रात काम गर्छन | स्वास्थ्य बिमा पनि गर्दैनन l उनीहरुको बस्ने शैली पनि फरक हुन्छ l मिलेर या घर साहुको कुनै बैठक कोठा या स्यानो आश्रय लिएर थोरै पैसामा गुजारा चलाएका हुन्छन l प्रारम्भिक चरणमा नबस्ने भए पनि एक दशक अगाडी देखि अधिकांस मानिसले अमेरिका बस्ने निर्णय गर्ने संख्या अत्यधिक बढेको छ l

अधिकांस नेपाली समुदायले नेपालमा भएको आफ्नो सम्पत्ति बेच बिखन गरेर अमेरिकामा व्यापार तथा अन्य काममा लगानी गर्ने गरेका छन् | नेपालको घर र सम्पत्तिले अमेरिकामा घर किन्ने बाढी आएको छ | र राम्रो कमाई र ब्यबसाय हुन् थालेका हजारौ हजार नेपाली छन् l

अर्को तरिकाले नेपालीहरुले कमाउने भनेको घर भाडा या बहालमा दिने प्रचलन बढ्दै गएको छ | यसरी पनि मुद्रा कमाउने जुक्ति भएको छ l जसको कारण घरको किस्ता भन्दा डेढ गुणा पैसा कमाई हुन्छ | यसले गर्दा घरको एक सदस्यले काम नगरे पनि घर खर्च चल्ने देखिएको छ l

घर भाडामा दिने नेपाली समुदाय पनि ३ प्रकारमा छन् | पहिलो ,घर किन्ने र पुरै घर बहालमा दिने | यसले गर्दा कमाई राम्रो हुन्छ किनभने दम्पत्ति नै काम गर्ने हुनाले अझ आम्दानी र कमाई राम्रो हुन्छ |

दोश्रो ,आफुलाई चाहिने कोठाहरु राखेर घरका अन्य कोठाहरु बहालमा दिने प्रचलन भएकोले त्यसो गरि कमाइ पनि गरिने हुन्छ l जसको कारण घर किस्त्तामा निकै बोझ कम् हुन्छ र कमाइ बचत हुन्छ |

तेश्रो ,घर भाडा दिने बिषयमा पूर्ण खिलाफ हुन्छन किनभने उनीहरु गोपनियता चाहन्छन | घर भाडामा लगाई सके पछि गोपनियता भंग हुने कुरामा भयभित हुन्छन | उनीहरु थोरै कमाई भए पनि चित्त बुझाउछन | सन्तोषम परम सुखम भन्ने सिद्धान्तमा बाचेका हुन्छन |

जसले जे जति कमाई गरे पनि धन कमाए पनि कसैलाई दिने हैन l आफ्नो कमाई आफैलाई मात्र हुने हो l कसैको टाउको नदुखोस किनभने परिवारको आफनै समस्या हुन्छ |

अर्काको कमाईको रिस र डाहा गर्नु दरिद्र मानसिकता हुन्छ | आफ्नो समस्या अर्काले आएर समाधान नगर्ने हुनाले जे भयो ठिकै भयो ,जे हुन्छ ठिकै होला भन्ने सम्झनु नै उत्तम | तै चुप मै चुप | अमेरिकामा अर्को चासो नगर्नु भन्ने भएकोले नजाने गाउँको बाटै नसोध्नु नै बेस |

प्रतिक्रिया