निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप तथा न्युयोर्कका पूर्व नगर प्रमुख रुडी गुलियानी तथा न्युजर्सीका गभर्नर क्रिस क्रिस्टी बीच भेटघाट

इनेप्लिज २०७३ मंसिर ६ गते १:१२ मा प्रकाशित

chris-2

अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले न्युजर्सीको बेड मिन्स्टरमा पूर्व नगर प्रमुख रुडी गुलियानी तथा न्युजर्सीका गभर्नर क्रिस क्रिस्टी संग भेटघाट गरेका छन् l पूर्व योजना अनुरुप ट्रंपले संक्रमण कालिन मन्त्रीमंडल टोलि निर्माण हेतु भेटघाटलाई तीब्रताको साथ निरन्तरता दिई रहेका छन् l

बिभिन्न व्यक्तिहरुसंग भेटघाट गर्नु अगाडी ट्रंप तथा उन्का निर्वाचित उप राष्ट्रपति माइक पेन्स तथा अन्यको साथमा बेड मिन्स्टरको ईशाई मन्दिरमा गएका थिए l आज ट्रंपले विल्बर रोस तथा रहं इमानुअल संग पनि भेटघाट गरेका छन् l

rudy-1यसै गरि कन्सास राज्यका सचिब क्रिस कोबच ,एरि इमानुअल ,रोबर्ट जन्सनलाई समेत भेटेका छन् l म्याड डगका जेनेरल जेम्स माटिसलाई नोवेम्बर १९ मा भेट गरि सामाजिक संजाल मार्फत ट्रंपले उनको प्रशंसा गरेका थिए l उनलाई रक्षा बिभागको प्रमुखमा जिम्मेबार दिने देखिएको छ l

हलिवुडका प्रतिभाशाली प्रतिनिधि एरि इमानुअल जस्को दाजु रहम इमानुअल सिकागो शहरका नगर प्रमुख निर्वाचित नहुनु अगाडी राष्ट्रपति बराक ओबामाका प्रमुख कर्मचारी रहेका थिए l ट्रंपले धेरै राम्रो र उत्कृष्ट मानिस भनेर प्रसंशा गरेका थिए l भेटघाट कै क्रममा ट्रंपले अरबपति लगानी कर्ता विल्बर रोस संग भेटि बाणिज्य सचिबमा नियुक्त गर्ने संचार माध्यमले लेखेका छन् l रोसले सम्बाददाता संग संक्षेपमा समयले बताउने मात्र भने l

2016-11-20t140719z_2081529906_s1aeunxwprac_rtrmadp_3_usa-trump-mattis_cc0ae1e0eae9426d5a6835a8a42542d7-nbcnews-ux-600-480गल्फ क्लब अगाडी बसेका संचार कर्मीलाई क्रिस क्रिस्टी लाई कुनै प्रशासनिक पद मिल्ने सम्भावना छ भन्ने जिज्ञाशामा क्रिस्टी एक होनहार व्यक्ति हुन् भनेका थिए l र ट्रंपले थप्दै न्युजर्सीका गभर्नर चुस्त तथा कडा पनि भएको बताए l

क्रिस्टी वास्तबमा महा न्यायाधिवक्ता पदमा ईक्षा गरेको पत्रिकाले लेखेका छन् तर उक्त पदमा सिनेटर जेफ सेसन लाई दिने भएको लगभग निश्चित छ भनि लेखेका छन् l यसै गरि नागरिक अधिकार अधिवक्ता पिटर किर्सानोब तथा जोनाथनलाई पनि भेट दिएका छन् l

kris

प्रतिक्रिया